ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

राप्तिमा सवारीको प्रदूषण मापन

१० भाद्र २०७५, आईतवार
१० भाद्र २०७५, आईतवार

तुलसीपुरका यातायात व्यवसायी डिल्ली भण्डारी आफ्नो बा १४ च ९३९१ नम्बरको स्कारपियो गाडीको प्रदूषण मापनका लागि यातायात कार्यालय पुगे । यातायात कार्यालयमा प्रदूषण मापनका लागि ठाउँ नभएकोले बाहिर अर्को कोठा लिएर प्रदूषण मापनको काम भैरहेको थियो । उनी उतै पुगे ।  प्रदूषण मापन गरिरहेका यातायात व्यवस्था कार्यालय राप्तिका ओभरसियर पदम गिरीले भण्डारीको स्कारपियोको प्रदूषण मापन गर्दा १८ दशमलव ४ प्रतिशत कार्वनमनोअक्साईडको मात्रा भेटियो । रातो नम्वर प्लेटको सवारीका लागि कार्वन मनोअक्साईडको मात्रा ६५ प्रतिशत हुनुपर्ने ओभरसीयर गिरीले बताए । भण्डारीको स्कारपियो प्रदूषण जाँचमा पास भएकोले उनको गाडिमा हरीयो स्टिकर टाँस भयो । त्यस्तै बा ९ च १९५० नम्बरको हाईलक्स गाडि लिएर दिनेश श्रेष्ठपनि प्रदूषण मापनका लागि आइपुगे । उनको गाडिमा मापन गर्दा ५३ प्रतिशत कार्वनमनोअक्साईड फालेको भेटियो । उनको गाडिपनि पास भएकोले हरियो स्टिकर टाँसगरी छोडियो । भदौ १ गतेदेखि सरकारले मुलकभर चारपाङ्ग्रे सवारी साधन जाँचपास गराउँदा प्रदूषण मापन गर्ने नियम ल्यायसँगै दाङमा पनि सुरु भएको हो । प्रदूषण मापन गरी पास भएमा हरियो स्टिकर तथा फेल भएमा रातो स्टिकर लिनुपर्ने नियम छ ।

यातायात व्यबस्था कार्यालय राप्तीका अनुसार एक साताको अवधिमा जम्मा ७ वटा सवारी साधनहरू जाँच गरी हरीयो स्टिकर टाँस गरिएको ओभरसीयर गिरीले जानकारी दिए । “भर्खरैवाट लागुभएको नियम धेरैलाई जानकारी नभएर पनि हुनसक्छ अहिले सवारीधनीहरू प्रदुषण मापनको लागि खासै आउनु भएको छैन” गिरीले भने । उनका अनुसार सरकारले डिजलवाट चल्ने सन् १९९५ मोडेल भन्दा अगाडिका, सवारी साधनका लागि ७५ प्रतिशत कार्वनमनोअक्साईडको मात्रा भएमा पास हुन्छ भने सन् १९९५ भन्दा पछाडिका सवारी साधनमा ओपासीटि रेट ६५ प्रतिशत हुनुपर्छ । त्यसैगरी पेट्रोलवाट चल्ने सवारी साधनमा सन् १९८० भन्दा अगाडिका सवारीसाधनमा ४ दशमलव ५ प्रतिशत र सन् १९८० भन्दा पछिका सवारी साधनमा ३ प्रतिशत कार्वनको मात्रा हुुनुपर्ने गिरीले बताए । “अहिले सवारी जाँचपास तथा रुट परमिटका लागि आउने सवारी साधनहरूलाई प्रदुषण मापन गर्न भनेका छौ तर अझै पनि मापनका लागि सवारीसाधनहरू आएका छैनन्” गिरीले भने । नियमानुसार निजी सवारी साधनले वर्षको एकपटक तथा सार्वजनिक सवारी साधनले ६÷६ महिनामा प्रदूषण जाँचपास गराएर हरियो स्टिकर लिनुपर्ने व्यवस्था भएपनि भर्खरै सुरुवात भएकोले प्रदुषण मापनको कामले गति लिन नसकेको यातायात व्यवस्था कार्यालय राप्तिका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । “प्रदूषणको कारणमध्ये सवारी साधनको धुँवा पनि एक भएकोले मापन गर्न सुरु गरीएको हो” ढकालले भने । प्रदुषण मापन गरि हरियो स्टिकर अनिवार्य गरेमा प्रदूषण घट्ने अपेक्षा सरकारले गरेको छ । प्रदूषण जाँचमा फेल भएका सवारी साधनलाई रातो स्टिकर दिइने ढकालको भनाई छ । सवारी जाँचपासको लागि ईन्जिनियरको दरबन्दी रहेपछि उक्त दरबन्दी अहिले खाली रहेकाले प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नसकिएको ढकाले बताए । “प्रदुषण मापन यन्त्र चलाउन एक जना ईञ्जिनियरको दरबन्दी खाली छ, उक्त दरबन्दीमा कर्मचारी आएपछि प्रभावकारी रूपमा जाँचपासको काम अगाडि बढाईने छ” ढकालले भने । सवारी जाँचपास यन्त्र प्रयोगमा आएसंगै कुन सवारी प्रयोग गर्न उपर्युक्त छन्, कुन सवारी चलाउन उपयुक्त छैनन्, भन्ने बारेमा जानकारी हुने छ । अत्याधिक प्रदुषणयुक्त तथा कन्डिनस बिग्रिएका गाडीलाई सञ्चालनमा रोक लगाइने ढकालले बताए ।
डिजेल र पेट्रोलका सवारी साधनको प्रदुषण जाँच्नका लागि छुट्टाछुट्टै मेसिनहरू प्रयोग गर्नुपर्छ । पेट्रोलबाट चल्ने सवारी साधनले फ्याँक्ने धुवाँको मात्रा ग्याँस एनालाइजर मार्फत नापिन्छ, भने डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुवाँ ‘डिजेल स्मोक मिटर’ मार्फत गरिन्छ । सवारी साधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइडको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा धुवाँको मात्रा २ दशमलब ४४ एचएस्यु हुनुपर्ने नेपाल सरकारले मापदण्ड बनाएको छ । दुईपांग्रेका लागि प्रदूषण जाँच गर्ने व्यवस्था नभएकाले नियम लागू नहुने प्रमुख ढकालले बताए ।
रातो स्टिकर पाएका सवारी साधन मर्मतका लागि वर्कसपसम्म मात्रै सञ्चालन गर्न पाइन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० (३) अन्तर्गत सवारी प्रदूषण मापदण्ड फेल हुने सवारी साधनलाई दुई सयदेखि एक हजार रूपैयाँसम्म जरिवाना गर्न सकिन्छ । अहिले पनि बजारमा धेरै धुवाँ फ्याक्ने सवारीसाधनहरू सञ्चालनमा रहेको बताउदै कार्यालय प्रमुख ढकालले ईन्जीनियर आएसंगै मापन प्रकृया सुरु गरेमा त्यस्ता सवारी साधनहरू कम हुने विश्वास लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?