© २०२३
नवलपुर, भदौ ४ गते । पुर्वि नवलपरासीमा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकालि गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने प्रवक्ता पौडेलले बताए । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १६४.८ मिलिमिटर वर्षा मापन गरिएको छ । यसैगरी पाल्पाको अर्चलेमा पछिल्लो ६ घण्टामा ११२.६ मिलिमिटर, चितवनको देवघाटमा १०४.६ मिलिमिटर, चितवनको शक्तिखोरमा १०४.८ मिलिटिर वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यहाँ थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । लगातारको वर्षाका कारण नवलपुर भएर बग्ने नारायणी नदी, केरुङ्गे खोला, झहरे खोला, बहुलाह खोला, पत्थर खोला, लोकाहा खोला, अरुण खोला लगायतका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी