© २०२३
नवलपुर, ४ भदौ ।
पुर्वी नवलपरासीको नवलपुर कावासोतीमा सोमबार हाई भोल्टेज विद्युत प्रवाह हुँदा लाखौँको विद्युतीय सामग्रीमा क्षति पुगेको छ ।
कावासोती नवदुर्गा चोक आरम्भ एकेडेमी आसपासका करिव ५० बढी घरको विद्युतीय सामग्रीमा क्षति पुगेको उपभोक्ताले गुनासो गरेका छन् । नव दुर्गा चोकमा मिष्ठान्न पसल र दुग्ध डेरी सञ्चालन गरेका कृष्ण मरासिनीले डिस्प्ले काउन्टर, फ्रिज, डिफ्रिज, बल्ब, पङ्खा लगायतका सामग्रीमा क्षति पुगेको बताए । उनका अनुसार करिव पाँच लाख बराबरको क्षति पुगेको छ ।
त्यस्तै डिलर सञ्चालक राजु अधिकारीको एसी, ल्यापटप पंखामा क्षति पुगेको छ भने राधिका पोख्रेलको बल्ब, पंखामा क्षति पुगेको बताएका छन । यस्तै रामकृष्ण पुडासैनीको एसी, बल्बमा क्षति पुगेको छ भने सावित्री घिमिरेको दुई वटा पङ्खा र बल्बमा क्षति पुगेको छ । अन्य ५० बढी उपभोक्ताहरूका लाखौँ रुपैयाँ पर्ने विद्युतीय सामग्रीमा क्षति पुगेको गुनासो गरेका छन् ।
स्थानीयले विद्युतको लापरवाहीकै कारण भएको हुँदा क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । पीडित मरासिनीले एकातिरको लाइन अर्कोतर्फ जोड्दा हाई भोल्टेज प्रवाह हुन पुगेको सूचना आफूले पाएको बताएका छन् । यस विषयमा बुझ्नका लागि काम गर्दै आएको ठेकेदारसँग फोन मार्फत कुरा समेत गरेको तर आफू बाहिर रहेको कारण जानकारी नआएको बताएको उनले बताए ।
यता विद्युत प्राधिकरण कावासोतीका प्रमुख सूर्यनारायण मण्डलले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । सोमबार बिदाको दिन भएकाले कार्यालय बन्द रहेको र बिदाको दिन काम नहुने बताएका छन् । उनले मंगलबार कार्यालय समयमा यस बारेमा बुझेर मात्रै के कारणबाट यस्तो भएको हो बल्ल जानकारी दिनसक्ने बताए ।
सभापति चोकदेखि नवदुर्गा चोक सम्म केही दिन अघिबाट नयाँ पोल गाडेर तार टाग्ने काम चलिरहेको छ । उक्त काममा खटिएका केही कामदार मादक पदार्थ सेवन गरेर काममा खटिएको देखेको स्थानीयको भनाई छ ।
अदक्ष कामदारबाट नै काम हुँदा हाई भोल्टेज प्रवाह हुन पुगेको स्थानीयको भनाई छ । यस विषयमा छानविन हुनुपर्ने र तत्काल क्षतिपूर्ति दिइनुपर्ने पीडितको माग छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी