© २०२३
नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिक तीजलाई मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लायन्स क्लव अफ बुटवल बुटवल सिद्धबाबा भृकुटीको आयोजानमा बुटवलमा भएको वृहत तीज मिलन कार्यक्रमका सहभागीहरुले तीजलाई मौलिक परम्परागत रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ वि २ की फष्ट लेडी मिरा ओझाले नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको तीजलाई अझ सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिईन् । उनले मौलिक परम्परालाई उजाकर गर्न यस्तो प्रकृतिको क्लवहरुको ठुलो योगदान रहेको भन्दै त्यसमा सबै लाग्नुपर्ने बताएकी हुन । उनले भनिन्–‘मौलिक परम्परालाई कायम राख्नको लागि यस्तो प्रकृतिको सामाजिक क्लवहरुको ठुलो भुमिका रहेको हुन्छ, हामी सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्दछ ।’ कार्यक्रममा लायन्स डिष्ट्रिक टिजेरर सुनिता श्रेष्ठ बजियमले परम्परा कायम गर्नको लागि विभिन्न सामाजिक क्लवहरुको ठुलो भुमिका रहेको बताएकी थिईन् । यस्तै कार्यक्रममा क्लवकी अध्यक्ष सुष्मा केसी, शान्ता भण्डारी, तुलसी न्यौपाने, मनिसा न्यौपाने, प्रतिभा श्रेष्ठ, कोपिला रसायली, राधिका भुषाल, अमृता कलिराज, सिता भट्राई, अनामिक घिमिरे लगायतले तीजको विषयमा आ आफ्नो धारणा राखेको थिए ।
(भिडियो)