© २०२३
नेपालगन्ज उपमहानगरपालिका भित्र फोहोर व्यवस्थापनमा घरधनीले नै असहयोग गरेपछि यहाँका वडा अध्यक्षले त्यस्ता घरधनीलाई ‘ठाउँको ठाउँ’ जरिवाना गराउन थालेका छन् । शुक्रबार नेपालगन्ज उपमहानगरपालिका—१८ का अध्यक्ष दिपक बर्माले कारकाँदोचोकमा वरपरका फोहोर व्यवस्थापन नगर्ने घरधनीलाई जरिवाना गराए । उपमहानगरका नगर रक्षक, कर्मचारी सहितको टोली लिएर बर्मा अनुगमनमा निस्किए । सुर्खेतरोडमा रहेको होण्डाको सोरुम अगाडि फोहोर थुपारेको देखियो । त्यसअघि पनि उक्त सोरुमले फोहोर व्यवस्थापन गर्न दिएको चेतावनी अटेरी गरेको पाइएको छ । पटक—पटकको चेतावनीलाई बेवास्ता गर्दै फोहोर राखिरहेपछि वडा अध्यक्षले होण्डा सोरुमलाई १५ हजार जरिवानाको पत्र थमाए । वडा अध्यक्ष बर्माले जथाभावी फोहोरको थुप्रो नराख्न चेतावनी समेत दिएका छन् । होण्डाको आधिकारिक बिक्रेता यज्ञलक्ष्मीका प्रोपराईटर रबिन्सन श्रेष्ठ फोहोर व्यवस्थापनका लागि आफूले कुनै कमजोरी नगरेको बताए । उनले नगरपालिकाका कर्मचारीको असहयोगका कारण फोहोर व्यवस्थापन हुन नसकेको जानकारी दिए । वडा अध्यक्ष बर्माले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन नगर्ने जोकोहीलाई जरिवना कारबाही गर्ने बताएका छन् । नेपालगन्जमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कर्मचारीको स्थानीय र उपमहानगरपालिकाका कर्मचारीहरूको लापरबाहीका कारण व्यवस्थापन हुने फोहोर पनि शहरमा थुप्रो भएर बसेको देखिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी