© २०२३
नवलपुर, २५ साउन ।
३० औं विश्व आदिवासी दिवसको अवसरमा नवलपुरका आठ वटै स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ ।
नवलपुरमा रहेको कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, गैडाकोट नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले स्थानीय विदा दिएको हो ।
गैडाकोट नगरपालिकाले राजपत्रमा नै सार्वजनिक विदा दिएको छ भने अन्य पालिकाहरुले कार्यपालिकाको निर्णय अनुसार साउन २५ गते शुक्रबार विश्व आदिवासी दिवसको अवसर पारेर सार्वजनिक विदा दिएको सूचनामा जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले साउन २५ गते शुक्रबार आदिवासी जनजातिका अधिकारका सवालमा नवलपुरका राजनीतिक दलका प्रतिनिधि र नवलपुरका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरी मनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
त्यसैगरी साउन २६ गते नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २५ औं स्थापना दिवस आदिवासी जनजातिका अधिकारका सवालमा पत्रकार र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया र शुभकामना आदानप्रदान गरी मनाउने भएको छ भने साउन २७ गते अहिंसा बौद्ध पार्क कावासोतीमा वृद्धा रोपण गरी मनाउने भएको छ ।
त्यसैगरी नवलपुरका गैडाकोट, विनयी त्रिवेणी लगायतका पालिका तथा वडा स्तरमा पनि विविध कार्यक्रम गरी विश्वआदिवासी दिवस मनाउने भएको छ ।
विश्वभरका आदिवासी जनजातिहरुले यस बर्ष अगष्ट ९ का दिन ३० औं विश्व आदिवासी दिवस ‘‘संविधान प्रदत्र् अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्र् क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर” भन्ने नाराका साथ मनाउने तय गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी