© २०२३
तालको बीचमा सुन्दर कलात्मक मन्दिर, वरिपरि दृश्यावलोकनको लागि सेड, निश्चित क्षेत्रमा पिकनिक स्पट । माथिबाट दृश्यावलोकनको लागि भ्यु टावर, खुल्ला र सफा कञ्चन ताल । तालको बीचमा जानको लागि मुख्य गेटदेखि नै पुल सहितको बाटो । रूपन्देहीको सबैभन्दा ठूलो ताल गैडहवाको गुरुयोजना पश्चात परिकल्पना हो । गौतम बुद्धको जन्मस्थान लुम्बिनीदेखि मात्र १२ किलोमिटर उत्तर पूर्व र पश्चिम क्षेत्रको प्रमुख व्यापारिक सहर बुटवलदेखि मात्र ३२ किलोमिटर दुरीमा रूपन्देहीको गैडहवा गाउँपालिका–४ मा रहेको छ गैडहवा ताल । सोही तालको नामबाट नै गाउँपालिकाको नामकरण गरिएको छ ।
विश्व सिमसार सूचीमा सुचिकृत उक्त तालको संरक्षणको लागि गाउँपालिकाले योजनाबद्ध विकासको चरण सुरुवात गरेको छ । गाउँपालिकाका अध्यक्ष बच्चु लाल केवटका अनुसार तालको दीर्घकालिन गुरुयोजना समेत यस बर्ष बनेको छ । जसमा उल्लेख भए अनुसार छेवैमा सहिद पार्क समेत निर्माण गरिने भएको छ ।
जसमा आउने आगन्तुक पर्यटकहरूको लागि बनभोज (पिकनिक) स्थल बनाइने छ । गाउँपालिका अध्यक्ष केवट भन्छन्–‘ हामीले गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा ताललाई विकास गर्ने लक्ष्य लिएका छौं ।’ अहिले पनि तालको अवलोकन र दुर्लभ चराको अवलोकनको लागि बर्षेनि आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको अध्यक्ष केवटको भनाइ छ । केही समय पहिला देखि नै दीर्घकालिन गुरुयोजनाको अभावले थला परेको तालको गुरुयोजना निर्माण भएपछि यसले मुहार फेर्नेमा आफू ढुक्क भएको अध्यक्षको भनाइ छ । वि.सं.२०२० साल स्थानिय बलिराम यादवले मानवनिर्मित तालको रूपमा विकास गरेको उक्त तालको बर्षेनी तालको विकास र संरक्षणको लागि भनेर केन्द्र र जिल्ला विकास समितिले निश्चित बजेट विनियोजना हुने गरेको भएपनि उक्त बजेट बालुवामा पानी सरह हुने गरेको स्थानिय बताउँछन् । अहिले स्थानिय तहमा जनप्रनिधीहरू आएपछि थप विकास हुने अपेक्षा गरिएको छ । अहिले पहिलो चरणमा सिमसार क्षेत्र संरक्षण विभागले १० लाख रूपैयाँ विनियोजन गरेको छ । जसबाट तालको सरसफाई, लगायत प्रारम्भीक गुरुयोजाना अन्तरगतका विकास निर्माणका कार्यहरू गरिने जनाइएको छ । ८४ विघा क्षेत्रफलममा फैलिएको उक्त तालमा अहिले जलासय युक्त क्षेत्रफल करिव ५० विघा छ । ताल नजिकै रहेको गिद्द संरक्षणको लागि खोलिएको जटाँयु रेष्टुरेन्टको अवलोकनको लागि समेत आन्तरिक तथा वाह्य पर्यटक आउने गर्दछन् । यस्तै लुम्बिनीमा आउने पर्यटकहरूलाई उक्त तालमा डुङ्गा सञ्चालन गरी थप आर्कषको केन्द्र बनाउन सकिने तर्फ सरोकारवालाहरूको ध्यान जानुपर्ने वसिउद्धिन खाँको भनाई छ ।
तालमा प्रत्येक ५ बर्षमा करिव २० लाख रूपैँयामा ठेक्का दिने गरेको छ । स्थानिय राम अवतार यादवले प्रत्येक बर्ष गाउ विकास समितिबाट तालमा माछा पालनको लागि ठेक्का लगाउने गरेको भएपनि सम्बन्धीत निकायका यसको विकासको लागि ठोस पहल हुन नसकेको बताउँछन् । पछिल्लो समयमा कञ्चन नदिमा बाँध बाधी उक्त नदिको पानि उक्त तालमा ल्याएर राख्ने व्यवस्थापन समेत गाउपालिकाले बनाउन थालेको छ । तालको पनि स्थानियहरूले सिंचाईको लागि प्रयोग गर्ने गरेको कारण हिउँदको समयमा ताल सुखेर पोखरी जस्तै हुने गर्दछ । जसलाई सधैभरी तालकै रूपमा सान्र्दय कायम राख्नको लागि यो योजना अगाडी सारिएको गैडहवा गाउपालिकाका प्रवक्ता हरिनारायण धवल बताउछन् । उनका अनुुसार चराहरूको अध्यय
को लागि प्रमुख स्थानको रूपमा रहेको यो ताललाई चरा अध्यायन केन्द्रको रूपमा समेत विकास गर्न सकिन्छ । प्रत्येक बर्ष लुम्बिनीमा करिव ४ देखि ५ लाख पर्यटक आउँछन् लुम्बिनीमा आएका पर्यटक मध्ये करिव १ लाख मात्र गैडहवा तालमा ल्याउन सकेमा मात्र त्यस क्षेत्रको कायापलट हुने प्रवक्त धवलको भनाई रहेको छ ।