ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

हैजाको जोखिम बढ्यो, सावधानी अपनाऔं

१५ श्रावण २०८१, मंगलवार
१५ श्रावण २०८१, मंगलवार

हैजा एक प्रकारको सूक्ष्म जीवाणु भिब्रियो कोलेरीबाट लाग्ने सरुवा रोग हो । थोरै संख्यामा रहेका जीवाणुले मात्र पनि छिट्टै शरीरमा गम्भीर समस्या निम्त्याउने गर्दछ । यो जीवाणु प्रदूषित पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै झाडापखाला तथा बान्ता सुरु हुन थाल्दछ । यो रोगबाट मानिसमा अति शीघ्र कडा जलवियोजन भई हातगोडा बाउँडिने, थकान महसुस हुनुका साथै कडा जलवियोजनका कारण मानिसको मृत्यु समेत हुने गर्दछ । हैजाका जीवाणुको सङ्क्रमणले प्रकोपको रूप लिन सक्छ । विशेषगरी हैजा रोग सरसफाइको कमी, सुरक्षित खानेपानीको कमी, उचित फोहोर व्यवस्थापन नभएको, ढलको प्रबन्ध राम्रो नभएको स्थानमा बढी फैलिने गर्दछ । हैजा नेपालमा सर्वप्रथम सन् १८८६ मा पहिचान भएको थियो । हालसम्म पनि प्रत्येक वर्ष काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा झाडापखालाको जोखिम हुने गरेको छ । नेपालमा सन् २००९ मा जाजरकोट जिल्लामा हैजाको प्रकोप महामारीका रूपमा देखा परेको थियो । उक्त प्रकोपका कारण करिब ३० हजार मानिस प्रभावित भएका थिए भने १०० जनाले ज्यान गुमाउन परेको थियो । सन् २०१२ मा सुदूरपश्चिम प्रदेशको डोटी र कर्णाली प्रदेशको दैलेख जिल्लामा प्रकोप देखिएको थियो । यसैगरी सन् २०१३ मा काठमाडौँ उपत्यकामा हैजा देखिएको थियो । हैजा प्रकोपका रूपमा बेलाबेलामा देखिने गरे पनि देशका सबैजसो ठाउँमा फाटफुट रूपमा सधैँजसो देखिने गर्दछ । सन् २०१३ पश्चात् सन् २०१६÷१७ मा काठमाडौँ उपत्यकामा १६९ बिरामीमा हैजाको जीवाणु प्रमाणित भएको थियो । त्यसैगरी सन् २०२१ मा लुम्बिनी प्रदेशको कपिलवस्तुमा एक हजार ३५३ जनामा उक्त रोगका जीवाणु भेटिएका थिए भने छ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वमा हैजाका बिरामी बढ्दै गएको पाइएको छ । सन् २०१९ मा विश्वका विभिन्न ३१ राष्ट्रमा हैजाका कारण एक हजार ९११ जनाले ज्यान गुमाएका थिए ।

हैजाको जीवाणु फोहोर हात, दूषित पानी तथा खानाबाट मानिसको शरीरमा प्रवेश गरेको केही घण्टादेखि पाँच दिनसम्मको अवधिमा लक्षण तथा चिह्न देखापर्दछ । यो रोग अति छिटो सङ्क्रमण हुने रोगमध्ये एक हो । झाडापखालाका रूपमा तीव्र गतिमा फैलने यो रोगको प्रमुख लक्षण तथा चिह्नमा पातलो चौलानीजस्तो दिसा तारन्तार हुने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । मानिसको मृत्युसमेत गराउने यो रोगले कडा जलवियोजन हुँदा मानिसको आँखा गड्ने, मुख जिब्रो र घाँटी सुक्खा हुने, हातगोडा बाउँडिने, तीर्खा लाग्ने, थकान महसुस हुने, पिसाब गाढा पहेँलो हुने, पिसाब कम हुने र कहिलेकाहीँ हुँदै नहुने, रक्तचाप कम हुने, छटपटी हुने, मुटुको चालमा गडबडी हुने र अनियन्त्रित हुने गर्दछ । फोहोरमैलाको आवश्यक व्यवस्थापनको अभावमा विभिन्न महामारी प्रकोपको सामना गर्नुपर्ने हुन्छ । त्यसमध्ये हैजा पनि एक हो । यो रोग पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै झाडापखाला तथा बान्ता सुरु हुन थाल्दछ । यो रोगबाट मानिसमा अति शीघ्र कडा जलवियोजन भई हातगोडा बाउँडिने, थकान महसुस हुनुका साथै कडा जलवियोजनका कारण मानिसको मृत्युसमेत हुने गर्दछ । हाम्रो देशमा बेलाबेलामा देखा पर्ने विभिन्न प्राकृतिक विपत्ले खानेपानीको मुहान प्रदूषण हुने र सहरी क्षेत्रमा ढलको उचित निकास तथा फोहोरमैलाको उचित व्यवस्थापन नभएका कारण हैजाजस्तो माहामारी देखा पर्ने गर्दछ । विगत केही महिनादेखि काठमाडौँमा अव्यवस्थित रूपमा फालिएको फोहोर तथा उच्च वर्षात्का कारण यो रोग देखा परेको समाचार प्रकाशमा आएको छ । यसलाई निराकरण गर्न समुदायमा फोहोरमैला व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । साथै शौचालयको प्रयोग, नियमित साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास, स्वच्छ र सफा खाना तथा फलफुल र तरकारीको सेवन, पिउने पानीलाई सकेसम्म उमालेर मात्र पिउने बानी बनाउन सकेमा हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ ।

यो रोगको लक्षण देखा परेमा तुरुन्त जीवनजल पानी सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु आवश्यक हुन्छ । हैजा नेपाली समुदायमा सयौँ वर्ष अगाडिदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपका रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको ध्यान जान जरुरी देखिन्छ । फोहोरमैलाको आवश्यक व्यवस्थापन, शुद्ध पिउने पानीको व्यवस्था सम्पूर्ण नागरिकलाई पु–याउने, चर्पीमा मात्र दिसापिसाब गर्ने बानीको विकास, खाना खानु अगाडि, चर्पीको प्रयोग गरेपछि र फोहोर चिज छोएपछि साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास गर्न सकेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

फोहोरमैला व्यवस्थापनमा विभिन्न पक्ष बाधकका रूपमा रहेका छन । नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो भन्ने र आफ्नो जिम्मेवारी महसुस नगरी अस्तव्यस्त तरिकाबाट फोहोरमैला उत्पादन गर्ने प्रवृत्ति छ । स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयन नहुनु, फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु यस क्षेत्रका देखिएका थप समस्या हुन । फोहोरमैला व्यवस्थापनमा संस्थागत संरचनाको अभाव छ । अर्कोतर्फ फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी पनि समस्याका रूपमा रहेको छ । फोहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव छ । आवश्यक भौतिक पूर्वाधारहरू जस्तै– ल्यान्डफिल्ड साइटको अभाव, प्रयोगशाला, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नुले पनि समस्या समाधान हुन सकेको छैन ।

नेपालमा बेलाबेलामा देखापर्ने प्राकृतिक विपत्जस्तै बाढीपहिरो, भूकम्प आदिका कारण खानेपानीको मुहान प्रदूषण हुने, सहरी क्षेत्रमा ढलको उचित प्रबन्ध नहुनु, फोहोरमैलाको उचित व्यवस्थापन नभएका कारण रोगको जीवाणुको अस्तित्व समुदायमा रहिरहनु र समुदायमा सर्कुलेसन भएका कारण सधँैजसो वर्षात्को समय र अन्य समयमा पनि यो रोग देखा परिरहेको छ । यसलाई निराकरण गर्नका लागि जनचेतना अभिवृद्धि गरी व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा व्यवहारमा परिवर्तन गराउनुपर्दछ । यसैगरी शौचालयको प्रयोग, नियमित साबुनपानीले मिचिमिची हात धुने बानीको विकास, स्वच्छ र सफा खाना, उमालेको पानी पिउने बानीको विकास गर्न सके हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । यसैगरी रोगको लक्षण तथा चिह्न देखा परेमा सकेसम्म छिटो जीवनजल पानी सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त गई उपचार गर्नाले ज्यान जोगाउन सकिन्छ । शरीरमा पानीको मात्रा घट्नाले महìवपूर्ण अङ्गले काम गर्न नसक्नाका कारण बिरामीको मृत्यु हुने भएकाले पुनर्जलीय उपचार महìवपूर्ण मानिएको छ । यसैगरी रोकथामका उपायहरूमा घर तथा वातावरणीय सरसफाइ, ढलको उचित प्रबन्ध, फोहोरमैलाको समुचित व्यवस्थापन, पानीको मुहान तथा स्रोतको सरसफाइ गर्नाले रोगका जीवाणुबाट पानी तथा खानेकुरा प्रदूषित हुन पाउँदैन । रोगको प्रकोप बढ्न नदिनका लागि प्रभावकारी निगरानी प्रणालीको विकास र यसको प्रयोग, सकारात्मक बानी व्यवहारलाई पनि रोग नियन्त्रण तथा रोकथामका आधारका रूपमा लिन सकिन्छ ।

यसका साथै बिरामीको व्यवस्थापनका लागि निम्न उपाय गर्नुपर्दछ । यो रोग करिब ८० प्रतिशत पुनर्जलीय उपचार पद्धतिबाट निको गर्न सकिन्छ । कडा जलवियोजन भएका बिरामीलाई नसाबाट तुरुन्त सलाइन दिएर पुनर्जलीय गराउनुपर्दछ । पुनर्जलीय उपचारका साथै जीवाणु मार्नका लागि एन्टिबायोटिक दिनुपर्दछ । समयमै उपचार गर्नाले बिरामीको मृत्यु एक प्रतिशतभन्दा कमीमा झार्न सकिन्छ ।
हैजाको रोग लाग्नै नदिन अर्थात् शरीरमा हैजाको जीवाणुविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न खोप पनि उपलब्ध रहेको छ । अन्य खोपहरूजस्तै हैजाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको तथा उक्त खोप मुखबाट दिने गरिन्छ । हालसम्म नियमित खोपमा उक्त खोप समावेश नभए पनि प्रकोपको समयमा दिने गरिएको छ, जसको फलस्वरूप सङ्क्रमण फैलनबाट रोक्न सकिएको छ । यो खोपलाई कपिलवस्तुको हैजा प्रकोप क्षेत्रका एक वर्षमाथिका लक्षित समूहमा सन् २०२१ मा खोप दिएर प्रकोपलाई नियन्त्रण गरिएको थियो । हैजा नेपाली समुदायमा सयौँ वर्ष अगाडिदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपका रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको ध्यान जान जरुरी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?