ट्रेंडिंग:

>> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो >> यस वर्षको एसईई चैत ७ गतेदेखि (परीक्षा तालिकासहित) >> आज राष्ट्रिय योग दिवस : नियमित योगाभ्यासले शरीरमा ऊर्जाको सञ्चार र स्फूर्ति बढाउने >> उत्कृष्ठ कार्य गर्ने क्लबलाई अवार्डसहित सम्मान >> रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द >> रुरु क्षेत्रको धार्मिक महत्व र माघे संक्रान्ति मेला >> सांस्कृतिक विविधताको पर्व माघी >> जीर्ण बन्दै ‘सहस्रधारा’ >> माघीमा मस्त थारु गाउँ >> रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’ >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने >> आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा >> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी >> मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारी, भोली कार्यदलको पहिलो संयुक्त बैठक >> लुम्बिनी प्रदेश प्रमुखले स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण गरे >> क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा सुधार >> त्रिभुवन विश्वविद्यालयले २४ क्याम्पसमा प्रमुख नियुक्ति गरेको घोषणा >> चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने  >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> आइसीएफसी फाइनान्सले माघ ९ गतेबाट ऋणपत्र निष्कासन गर्दै >> अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो >> रवि लामिछानेको थुनछेक बहस सुरु >> आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर >> अर्थसहित विभिन्न समितिको बैठक बस्दै >> न्यु होराईजनमा मंगलबारदेखि छात्रा भलिबल हुने >> डलर स्थिर रहँदा यूराे घट्याे >> लमही खानेपानीमा पौडेल निर्वाचित >> बौद्ध धर्ममा बाल अधिकारको कुरा र मान्यता >> लुम्बिनीको गौरव– विश्वकै नवौँ गन्तव्य >> ‘लुङ्गी महिला फुटबल’

कांग्रेसले २६ वर्षमा नगरेको विकास एमालेले ५ वर्षमा ग¥यो : छविलाल

२ कार्तिक २०७९, बुधबार
२ कार्तिक २०७९, बुधबार

देवदह, २ कार्तिक । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले राष्ट्रिय एकतालाई मजबुत बनाउदै राष्ट्रको संरक्षणको लागि तिन दल वीच चुनावी तालमेल भएको बताएका छन् । । उनले राष्ट्र र राष्ट्रियता रहेमात्र राजनीतिक दल रहने भएकोले मंसीर ४ गते हुने निर्वाचनको लागि एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल भएको बताए । रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका विश्वकर्माले संविधानमा महिलाहरुको अधिकार स्थापित गर्न नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको बताए। रुपन्देहीको देवदहमा नेकपा एमाले, राप्रपा र जसपा निर्वाचन संयुक्त महिला भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । नेता विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, को उत्तर दक्षिणलाई विकासको हिसावले जोड्नको लागि दशगञ्जाबाट काम शुरुवात गरेको बताए । उनले रुपन्देहीको क्षेत्र नम्वर १, मा नेपाली काग्रेसले पटक÷पटक निर्वाचन जितेपनि विकास गर्न नसकेको बताउदै काग्रेसले २६ बर्षमा गर्न नसकेको विकास नेकपा एमालेले ५ बर्षमा गरेर देखाएको दावी गरे । नेता विश्वकर्माले धनश्याम भूषाल प्रति ईगित गर्दै एक पटक टिकट नपाउदैमा स्वतन्त्र उम्मेदवार बन्नु राजनीतिक बेईमानी भएको बताए। उनले तिन दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि अवका दिनमा वडा÷टोलमा केन्द्रित हुनु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सभा १(१) का उम्मेदवार आशिषकुमार चौधरीले सुखी नेपाली, समृद्धि नेपाल निर्माणको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेकोमा जोड दिए ।
नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य जानकी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगका सदस्य एवं संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा। कृष्णप्रसाद न्यौपाने, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मधु सिंह, एमाले प्रदेश कमिटी सदस्य रेवती घले, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माधव रिमाल, नेकपा एमालेका नेतृ जागेश्वरीदेवी चौधरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपा थापा, एमाले नेतृ विद्यालक्ष्मी गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए । संयुक्त महिला भेलाले जानकी न्यौपानेको संयोजकत्वमा ११ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसको सहसंयोजकमा रेवती घले, विद्यालक्ष्मी गुरुङ्ग, जागेश्वरीदेवी चौधरी, निर्मला जिसी, उमा राना, टिका न्यौपाने, भगवती चौधरी, मधु सिंह रहेका छन् । यसैगरी क्षेत्र नम्वर १, प्रदेश सभा १(१) मा दिपा थापा संयोजक, लक्ष्मी पंगेनी सहसंयोजक रहेको ६५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरी क्षेत्र नम्वर १(२) तर्फ धनीश्वरी चौधरी संयोजक, विजयलक्ष्मी राय सहसंयोजक रहेको ५२१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?