ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बाढी पहिरोको जोखिमः कारण र समाधान

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

आजकल छोटो समय पानी पर्नासाथ खोला वा नदीमा ठूलो बाढी आउने गर्दछ । तुरुन्तै पहिरो चल्दछ । केही दशक पहिलासम्म धेरै दिनझरी लाग्ने गर्दथ्यो । असारे झरी झैं रुन्छ मेरो मन भनेर गि तगाइन्थ्यो । आजकल धेरै समय आकास बादलले ढाक्ने तर मुसलधारे वर्षा केही समय पर्ने र रोकिने भैरहन्छ । एक(दुई घण्टाकै वर्षाका कारण बाढी पहिरो जाने गर्दछ । अकस्मात् ठूलो बाढी पहिरोका कारण मानिस एवम् पशु चौपायाहरूको क्षति भैरहेको छ । प्राकृतिक सम्पति नोक्सान भएको छ । एक(दुई दिन मनसुन भित्रिएको र एक(दुई दिनमै मनसुन बाहिरिएको समाचार आउँछ । वर्षा कुन ठाउँमा कुन बेला हुन्छ निश्चित हुदैन । किन अप्रत्यासित वर्षा भैरहेको हुन्छ ? बर्षा र यसबाट उत्पन्न समस्याका केही कारणहरू र समाधानका उपायहरूको खोजी गरी कार्य गर्नु जरुरी भएको छ । अन्यथा बाढी पहिरोको उच्च जोखिम भएको नेपालको भूगोलका कारण धेरै क्षति ब्यहोर्नुपर्ने निश्चित छ ।

१. एकैचोटी ठूलो वर्षा हुने भएकोले जमिन तुरुन्तै भिज्ने र थप पानी सोस्न नसक्ने हुन्छ । यसले गर्दा वर्षाको पानी जमीनको सतहमा जम्मा हुन्छ । त्यसपछि बाढी आउने गर्दछ । यो प्राकृतिक प्रक्रियालाई मानिसहरूले रोक्न सकिदैन । तसर्थ बाढी आउने खोला वा नदी छेउछाउमा नबस्ने, वर्षाका समयमा खोला तर्दा बाढीको सम्भावनाको मूल्याङ्कन गरी तर्ने, घर बनाउँदा बाढी र पहिरोको सम्भावना नभएको स्थान रोज्ने गर्न सकियो भने क्षति हुनबाट जोगिन्छ । वर्षा भैरहेको समयमा अत्यावश्यक बाहेक काममा हिंड्नु हुदैन । कहिलेकाहीं हिंड्दाहिंडदै पानी पर्छ र ओतिनु पर्ने हुन्छ । तर, यसक्रममा ओत लाग्ने ठाउँ पनि सुरक्षित छ कि छैन हेक्का राख्नुपर्छ । एकैछिन भिजेर केही हुदैन । खोला तर्दै गर्दा बाढीले बगाएका, रूख ढलेर च्यापिएका, पहिरो खसिरहँदा जबरजस्ती गाडी अगाडि बढाउँदा पहिरोमा परी क्षति भएका धेरै समाचार सुनिन्छ । यस्ता क्षति मानिसले विचार नगर्दाका परिणाम हुन् ।

२.पछिल्ला वर्षमा नेपालमा कच्ची बाटाहरू धेरै खनिएका छन् । यी बाटाहरूमध्ये अधिकांशको स्तरोन्नति भएको छैन । गाडी छिर्ने ट्रयाक मात्र खोलिएका छन् । ती बाटोमा नालीको ब्यवस्था छैन । हिउँदमा गाडी चल्ने र वर्षामा पानीले आँफै बाटो बनाएर हिड्ने गर्दछ । यसले गर्दा जथाभावी भल बग्ने, होचो निम्छरो स्थानबाट भल बगेर पहिरो चल्ने, बाटो बनाउँदा खनिएको हल्का माटो लेदोको रूपमा बग्ने र पहिरो चल्ने जस्ता जोखिम बढिरहेका छन् । कतिपय स्थानीय गाउँमा जाने बाटोको कारण मुख्य राजमार्ग लेदो र पहिरोको जोखिममा परेका छन् । यी निर्माण कार्यमा पूर्णरूपमा जेसिभी डोजरको प्रयोग हुने भएकोले बाटो छेउछाउको जमीन खुकुलो र पहिरोको जोखिम भएको हुन्छ । ट्रयाक बनाएपछि पहिरो जान्छ र आँफै बाटो ठूलो हुन्छ भन्ने मानसिकता छ । तसर्थ हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा गरिने बाटोहरू स्तर मिलेको, नाली सहितको र विपद जोखिमको अध्ययन गरी निर्माण गर्ने गर्नुपर्दछ । वातावरणीय प्रभाव मूल्याङ्कनलाई अनिवार्य गर्नुपर्ने देखिन्छ । बाटो निर्माणका क्रममा बाढी पहिरोको अतिरिक्त कृषियोग्य जमीनको विनासपनि ठूलो समस्या बनेको छ । कृषियोग्य जमीनको बचाउका लागि समेत स्थानीय तहहरू सचेत हुनु आवश्यक छ ।
शहरीकरणसँगै खानेपानी, ढल निकास, सडक सञ्जाल जस्ता पूर्वाधार निर्माण गरिनुपर्दछ । शहरीकरणका क्रममा पक्की सडक, पक्की घर बनाइने भएकोले पानी जमीनमुनि जान पाउँदैन । यसले गर्दा सतहमा पानी जम्मा हुन्छ । सडक निर्माणका क्रममा हुने गरेका कमजोरीका कारण पानी सडकमै हिंडिरहेको हुन्छ । नालीको उचित ब्यवस्था नभएका कारण पानीले बग्ने ठाउँ पाउँदैन । भएका नाली सरसफाइ गरी पानी वहाव निश्चि तहुनुपर्दछ । तर, यहाँ नालीहरू फोहोरले पुरिएका वा बुझिएका हुन्छन् र पानी सतहमा हिंड्छ । पानी बग्ने ठाउँ नपाएपछि पसलमा पस्छ । तराईका कतिपय नगरका पसलमा पानी पसेको समाचार देखिन्छ । यसको मुख्य कारण नालीको ब्यवस्थापन राम्रो नहुनु नै हो । तसर्थ नाली र ढलको निकास ब्यवस्थित गर्नका लागि सडक निर्माण कार्य, नाली र ढल निकास कार्य प्राथमिकताका साथ गर्नुपर्दछ । अन्यथा पसल डुबानमा पर्नु कुनै अनौठो विषय होइन ।

३.अहिले ठूलो मात्रामा वन विनास भैरहेको छ । तराईमा वन फडानी गरी केही वर्ष पातलो वस्ती र खेतीपाती गरिन्छ । पछि खेती मासेर वस्ती बढ्छ । पहाडका जङ्गल पनि पातला भएका छन् । कतिपय सामुदायिक वनहरू समितिका कारण विनास भएका छन् । वस्ती, बाटो र अन्य भौतिक संरचना निर्माण र चोरी निकासीका कारण वन विनास धेरै भएको छ । यद्यपि नेपालको करिव ४४ प्रतिशत भू–भाग वन क्षेत्र पर्दछ । स्थानीय मानिसहरूको अतिक्रमण, अब्यवस्थित बसोबास, अनियन्त्रित र गैरकानुनी काठ तस्करी, वन पैदावरको अनियन्त्रित उपयोग लगायतका चुनौतिका कारण वन क्षेत्रको वास्तविक मात्रा धेरै कम छ । वनविनासले गर्दा माटो कमजोर भै पहिरोको सम्भावना बढी हुन्छ । रूख र बुट्यानले माटोलाई स्थिर बनाउने भएकाले पहिरोको जोखिम कम हुन्छ । तसर्थ वन क्षेत्रको संरक्षण र वन क्षेत्रमा रूख तथा झाडी रहिरहन पाउने हो भने पक्कै पनि बाढी पहिरोको खतरा कम हुने थियो ।

४. बाढी पहिरोको जोखिम बढ्नुको अर्को प्रमुख कारण मानवीय क्रियाकलाप हो । शहरीकरण र निर्माण कार्यका कारण प्राकृतिक प्रणालीमा खतरा पैदा भएको छ । वन क्षेत्रमा आगलागी, वन पैदावारमा निर्भरता, वन फडानी गरी वस्ती बसाउने कार्य र वस्तीका लागि आवश्यक निर्माण कार्यको क्रममा वनको विनास लगायतका कारण समस्या बढेको छ । अहिले नेपालको चुरे क्षेत्रमा खानी र वन पैदावरका कारण गतिविधि बढिरहेको छ । यसले गर्दा विनासपनि सँगसँगै बढिरहेको छ । चुरे क्षेत्र संरक्षण हुन नसकेका कारण तराईलाई समेत खतरा महसुस गरिएको छ । तराईमा नदीहरू अनियन्त्रित भैरहेका छन् । डुबानको समस्या ठूलो बन्दै गएको छ । नदीको सतह बढ्दै जानाले डुबानको समस्या बढिरहेको छ । तसर्थ पहाडको पानी जमीनमा सोस्न पाउने र पहाड एवम् चुरे क्षेत्रको पहिरो नियन्त्रण हुने हो भने तराई क्षेत्रको डुबान कम हुने थियो । यसका लागि वन संरक्षणको महत्वपूर्ण भूमिका हुन्छ ।

५.जलवायु परिवर्तनसँगै तापक्रम र आद्र्रतामा आउने परिवर्तनका कारण ठूलो वर्षा हुने गर्दछ जस्ले गर्दा बाढी आउने र पहिरो जाने उच्च सम्भावना हुन्छ । नेपाल जलवायु परिवर्तनको असरबाट ग्रसित भैसकेको छ । चाँदिजस्ता सेता हिमालहरू फलामझैं काला देखिन थालेका छन् । तापक्रम अत्यधिक बढिरहेको छ । यस वर्ष तराईमा ४५ डिग्रीसम्म रह्यो भने शीतल पहाडी भागहरूमा पनि गर्मीले छटपटी भयो । तराईमा केही वर्ष पहिलासम्म बाह्रै महिना पानी आउने चापाकलमा आजकल हिउँदमा पानी आउन छाड्यो । यी परिवर्तनका कारण जमीनको प्राकृतिक पद्धतिमा समेत परिवर्तन आएको छ । यसले गर्दा बाढी आउने र पहिरो जाने क्रम बढिरहेको छ । यद्यपि जलवायु परिवर्तन एउटा विश्वब्यापी कार्य भएपनि नेपालले धेरै सुधारका कार्य गर्न सक्छ । जमीनको सही उपयोगका लागि नीतिगत आधार बनाउनु जरुरी छ । खेतियोग्य जमीनमा बस्ती बस्न रोक्ने, वन क्षेत्रको संरक्षण र रूख फडानी भएका क्षेत्रमा बृक्षारोपण गर्ने, वन पैदावरको उपभोग कम गर्ने, सामग्रीको पुनः प्रयोग, फोहरको सदुपयोग गर्ने कार्यमा जोड दिनु आवश्यक छ । त्यस्तै विश्व समुदायसँग आर्थिक सहयोगभन्दा वातावरण स्वच्छताका कार्यक्रम संचालनमा जोड दिनु आवश्यक छ ।

६. बाढी पहिरोबाट हुने नोक्सानीबाट बचाउने तत्कालका विपद सहायता संरचना र सामग्रीको ब्यवस्था गर्नु स्थानीय तहको दायित्व हो । उच्च जोखिमका समयमा सन्देश प्रवाह गर्ने, जोखिममा परेका मानिसहरूलाई तत्काल उद्धार गर्नाका लागि आवश्यक रसी, बेल्चा, ठूलो लाइट, टेन्ट, एम्बुलेन्स जस्ता सामग्री र साधन तयारी अवस्थामा राख्नुपर्छ । प्रायः पालिकाहरूले स्थानीय प्रहरीको ब्यवस्था गरेको हुन्छ । यसका साथै स्थानीय युवाहरूलाई आधारभूत अभिमुखीकरण गरी विपद परेको स्थानमा तत्काल सहायताकालागि खटिने वातावरण बनाउनु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?