© २०२३
न्युज बुटवल टुडे ।
काठमाडौं १ कार्तिक । संस्कृतिविद् एवं शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको सम्मानमा शोक मनाउन एक दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।