© २०२३
आज देशमा चारैतिर आर्थिक बिचलनले जरा गाडेको छ । उद्यमी व्यवसायीहरू आर्थिक अन्योलमा किंकर्तव्यबिमूढ बनेका छन् । अस्थिरताले सबै क्षेत्रहरू प्रभावित छन् । जहाँ पनि अनिश्चितता छ । असंगति वर्तमान व्यवस्थाको एउटा विडम्बना पूर्ण विशेषता नै बनेको छ । प्रशासनिक ढिलासुस्ता र भ्रष्टाचार त यो व्यवस्थाको विशेषता ने भैहाल्यो । अन्धकार बाहेक अरू केही देखापर्दैन । राष्ट्रिय अर्थतन्त्रको कुनै क्षेत्रमा सन्तुलन छैन । जताततै असन्तुलन र घाटैघाटा छ । बहुदलीय व्यवस्था प्रारम्भ भएदेखि आजसम्म पटकपटक गरी धेरैे सरकारहरू फेरिए तर ती सरकारले आर्थिक क्षेत्रमा चालेका पाइलाहरू कुनैपनि सफल भएका छैनन् । यसको पछिल्लो उदाहरण सर्वसाधारण जनताले प्रष्टैसित बुझ्न सक्ने अनुभव गरिरहेको सहकारी अपचलनलाई सटिकरूपमा प्रस्तुत गर्न सकिन्छ । सरकारले अपनाएको तीनखुट्टे आर्थिक नीतिमध्ये सहकारीलाई एउटा खुट्टा मानेर अर्थको श्रोत परिचालन गर्ने कार्यविधि बनाई देशैभरी विभिन्न किसिमका सहकारी संस्थाहरू खोल्न र संचालन गर्न उत्प्रेरित गरियो । तर, सहकारीहरू उद्देश्य अनुसार चलेनन् । चलेको पनि अनुगमन भएन । त्यसेले विचलनले प्राथमिकता पाउँदा समस्या खडा भयो । समस्याग्रस्त अधिकांश सहकारीको बचत गैरकानुनी रूपमा घर जग्गा र कम्पनीमा लगानी गर्ने प्रवृत्ति बढ्दै गयो । संचालकहरूमा लोभानी पापानी बढ्दै जाँदा संकलित रकमप्रतिको जवाफदेहिता ओझेलमा पर्न थाल्यो । फलतः गरीब, किसान, मजदुर, श्रमिक र फुटपाथमा या ठेलामा सानेतिनो व्यापार व्यवसाय गरेर जीविका चलाएका ती न्यून आय भएका विचराहरूले आफ्नो र नाबालक छोरा छोरीहरूको गाँस काटी उबारेर जम्मा गरेको वचत फिर्ता नहुने अवस्थामा फस्यो । यो अवस्था सरकारलाई बेलैमा थाहा नभएको होइन । साथै यो क्रम बढ्दै जाँदा जुन गुनाँसो र जनआव्रmोश हरेक सरकारका कानमा नपरेका पनि होइनन् तर जनताका समस्यालाई एक कानले सुनेर अर्को कानले उडाउने बानीमा अभ्यस्त बनेका सबै सरकारहरूको अकर्मण्य चरित्रले सहकारी क्षेत्रमा अहिले यस्तो कहालीलाग्दो रूप खडा भएको हो । कैयन वचतकर्ताहरू आफूले खाईनखाई जम्मा गरेको रकम कुनै हालतमा फिर्ता हुन नसक्ने बुझेपछि हतास मानसिकता र नैराश्यताले विक्षिप्त बनी मृत्यु रोजेका हृदय विदारक घटनाहरू संचार माध्यमहरूबाट धेरे पटक प्रकाशन प्रसारण गरिए । तर, सरकारहरू मानौं देशमा केही पनि भएको छैन भनेझैं गरेर मौंन साँधिरहे । के यही हो जनताप्रतिको उत्तरदायित्व ? ०४७ सालदेखि यताको हरेक सरकारमा अधिकांश मन्त्रीहरूका आलोच्य क्रियाकलापहरूले प्रबद्ध नेपाली जनमतको विश्वास उनीहरू प्रति हराउँदै गयो तर पनि ठूला दलहरूका लागि तिनै पात्र निर्विकल्प बन्दै गए । संसदको प्रत्यासीको लागि दलको टिकट पाउन कतै अवरोध भएन जसको परिणाम यिनको घृणित चरित्र यिनको पतीत चरित्र, यिनको राष्ट्रघाती जनविरोधी हरकतका सामु कसैको केही लागेन । निहित स्वार्थको लागि लाज समेत पचाएर केवल सत्ता र धनको लागि यिनले के गरेनन् ? राष्ट्रघाती टनकपुर सन्धी, देशद्रोही महाकाली सम्झौता, मित्रराष्ट्र चिन र तत्कालीन समाजवादी मित्रराष्ट्र पूर्व सोभियत संघले एक पैसा नलिइकन अनुदान स्वरूप खोलिदिएका देशका ठूला ठूला कारखानाहरू बाँसवारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, भक्तपुर ईटा टायल कारखाना, विरगञ्ज कृषि औजार कारखाना, त्रिपुरेश्वर सूर्यविनायक ट्रलिबस लगायत धेरै राष्ट्रिय औद्योगिक प्रतिष्ठानहरूमा खासगरी काँग्रेसले बहुदल आएपछि हामी नै सर्वेसर्वा हो । हामी नै नयाँ राजा हौं ।
हामीलाई जे गर्न छुट छ भन्ने सोचले कानुनको विपरीत ती उद्योगहरूमा जथाभावी आफ्ना कार्यकर्ता र चुनावमा हुलदंगा एवं धाँधली मच्चाउन उपयोग गरिएका लठैतहरूलाई भर्ति गरेर उनीहरूलाई कामै नगरी तलबभत्ता खुवाउने र सेवा सुविधाहरू उपलब्ध गराउने जस्ता निन्दनीय व्रिmयाकलापको खुल्लम खुल्ला अभ्यासले सबै उद्योगहरू घाटामा लगी बन्द गराउने जस्ता निन्दनीय अपराध गरियो । यस अक्षम्य अपराधका लागि दोषीहरूप्रति जतिसुकै घृणा र क्षोभ प्रकट गरे पनि कमै हुन्छ । एकातिर स्थिति यस्तो रह्यो भने अर्कोतिर विशुद्ध जनपक्षीय राजनीति भैरहेको छ कि स्वार्थ केन्द्रित तत्वहरूले राजनीतिलाई धमिल्याइ रहेका छन् भन्ने समालोचनात्मक दृष्टिकोण हामीमा नभैदिदा राजनीतिमा जहिले पनि विश्वासघातीहरूको पकड कायमै रह्यो । पार्टीमा इमान्दार पात्रहरू किनारा लाग्ने र वेइमानहरूको देश र जनविराधी हर्कतले देश झन झन तरलतातिर उन्मुख हुदै यो अवस्थामा आइपुगेको हो । काठमाडौंको सानो उदाहरणले पनि के छर्लङ्ग हुन्छ भने जनआकांक्षा अनुरूप काम गर्ने बालेनलाई कसरी हतोत्साही बनाइदै छ र अपराधी जत्था उनको विरुद्धमा कसरी खुलेर लागेको छ । राम्रा काम आफूले पनि नगर्ने र अरूलाई गर्न नदिने हो भने कसरी हुन्छ राष्ट्रको सर्वाङ्गीण विकास ? लोकतन्त्र आएपछि सुशासन र विकास पनि संगसगै आउने हुँदा देश युुगान्तकारी परिवर्तनको दिशातिर लक्षित हुनेछ । जनता सार्वभौम बन्नेछन्, समृद्धिले आकाश चुम्ने छ भन्ने सबै नेपालीका सपना माथि कुल्चेर देशभित्र जनतालाई सताउने अनि वाहिर इण्डो पश्चिमा शक्तिहरूसित मिलेर उनीहरूको सैन्य अखडाको रूपमा नेपाली भूमि प्रयोग गर्न दिने साजिस चलिरहेको छ । यसले भोली हामीले पनि युव्रmेनको नियति भोग्नुपर्ने स्थिति निम्तिदै छ । दुष्ट शासकहरू जेलेन्स्कीको तहमा ओर्लिदै छन् । युव्रmेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्की जसले अमेरिका बृटेन लगायत राष्ट्रहरूको उक्साहटमा रुसमाथि हमला गर्ने साजिस रच्दा उल्टै त्यसको प्रतिकारमा रुसले सैन्य कारबाही गर्दा अहिले युव्रmेन खरानी बनिरहेको छ । नेपालमा पनि हाम्रा सत्ताधारीहरूले स्वार्थबस जानीजानी एमसीसी.र एसपीपी. सम्झौताहरूको माध्यमबाट थुप्रै समस्याहरूको भार देशको काँधमाथि बोकाइरहेका छन् । बर्तमानमा यो केही होइन, यसले कुनै समस्या निम्त्याउँदैन भने जस्तो लागे पनि भोलि यसले ल्याउने भयावह अवस्थाको कल्पना गर्दा पनि आङ्ग जिरिङ्क हुन्छ । एमस.सी प्रोजेक्टको सुरक्षाको नाममा चीनको सिमाना नजिकै अमेरिकी सैल्य अखडा रह्यो भने चीनले टुलुटुलु हेरेर बस्ला भन्न सकिदैन । जसको परिणामा नेपाली भूमिमा अमेरिकी सेना र चिनिया सेनाको दोहोरो भिडन्तले हाम्रो अवस्था कस्तो होला ? शासक ग्याङको अपराधी जत्याले लोकतन्त्रको नाममा जनतालाई लुटतन्त्र भिराएर महंगी अभाव, राजनीतिक, आर्थिक र सामाजिक असमानता, भ्रष्टाचार, सिण्डिकेट प्रथा जस्ता विंसगति त भिराएकै छन् । त्यसमा पनि त्यतिले नपुगेर सहकारी ठगी र विदेशी सैन्य हस्तक्षेपलाई समेत खुल्लम खुल्ला भित्र्याएर आपतविपत निम्त्याउदै छन् । उनीहरूको स्वार्थी प्रवृत्ति आफ्नो हितको लागि देशको हितलाई कुल्चेर विदेशीको इसारामा पास गराइएको नागरिकता विधेयक जस्तो घातक कर्मबाट पनि अझ खुलस्त हुन्छ । यी सबै समस्याहरूतर्फ घोत्लिएर विचार गर्दा यी तमाम समस्यासित जुध्न आम नेपाली जनता राजनीतिक रूपमा सचेत हुन जरुरी छ । हामी जुनसुकै पार्टीमा आवद्ध भएपनि नेताको कमारा होइनौं, पार्टी नेताहरूको घृणित स्वार्थ पूरा गराइदिने साधन होइन । राजनीतिक कार्यकर्ता कसैको झोले हुन सक्दैन भन्ने भावले संगठित बनौं । आफ्नो पशुपनलाई फालेर अब नयाँ चेतना जगाऔं ।