ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

रगतको अभाव हुन नदिऔं

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

पश्चिम तराईमा अहिले गर्मी बढेसंगै सरकारी तथा नीजि अस्पतालहरूमा विरामीको अत्याधिक चाप छ । बिरामीहरूको चाप बढ्दा रगतको अभाव भएको छ । नेपालगंज, चितवन, दाङ र बुटवलमै पनि रगत अभाव भन्दै बेलाबेलामा आकस्मिक रक्तदान कार्यक्रम गरिदै आईएको छ । यसमा नेपाल स्वयंसेवी रक्तदाता समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । समाजले रगत अभाव भएको अवस्थामा तत्कालै रक्तदान गर्ने गरेको छ । तरपनि पश्चिम तराईमा अहिले रगतको चरम अभाव भएको छ । रगतको अभावलाई कम गर्न विभिन्न संघ संस्थाहरूले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । विगतका बर्षहरूमा पनि गर्मीयामकै बेला नेपाल स्वयंसेवी रक्तदाता समाजले बुटवलमा लगातार आकस्मिक रक्तदान कार्यक्रम गर्दै आएको छ । अत्यावश्यक परेको अवस्थामा समाजका सदस्यहरू रक्तदानका लागि अहिलेपनि तयारै छन । रगतको अभावमा कोही कसैको पनि मृत्यु नहोस् भन्ने नेपाल रेडक्रसको मूलमन्त्र छ । रेडक्रस सोसाईटीले रक्तदान प्रकृयामा खेलेको भूमिकाको जति नै प्रशंसा गरेपनि कम हुन्छ । बुटवलमा रेडक्रसले चलाएको रक्तसंचार केन्द्रबाटै अहिलेसम्म रगतको पूर्ति हुँदै आएको छ । तसर्थ रेडक्रसले सामाजिक क्षेत्रमा मात्र होइन, जीवन बचाउने काममा पनि उत्तिकै भूमिका खेल्दै आएको कुरालाई नजरअन्दाज गर्न सकिदैन् । पछिल्लोसमय नेपालगन्जमा रगतको माग धेरै भएको छ । त्यहाँ भर्ना भएका ठूला अस्पतालमा विरामीको बढेको छ । विरामीको संख्या बढेसंगै रगतको अभाव भएको छ । बुटवलमा जस्तो रक्तदान गर्ने समूह त्यहाँ त्यतिधेरै सकृय नरहेको अवस्थामा बुटवलबाट प्रेरणा लिनुपर्दछ । नेपाल स्वयंसेवी रक्तदाता समाजले रगत अभाव भएको क्षेत्रमा समेत रक्तदानका लागि स्थानीयलाई उत्साहित र प्रेरित गर्नु जरुरी छ ।

दाता कम भएको क्षेत्रमा रगत अभावको अवस्था आएको छ । रगत अभावलाई रोक्न आफुहरूले थप सक्रियता बढाउनुपरेको रक्तदान अभियानकर्मीहरूको भनाई छ । अरू संघ संस्थाले समेत रगतको अभाव हटाउन रक्तदान गर्न आग्रह गरेको छ । जीवन तबसम्म रहन्छ, जबसम्म रक्तसञ्चार भइरहन्छ । त्यसैले जीवन–मरणका चरणमा अपरिहार्य मानिन्छ रगत । यही रगतको अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने मानवीय भावना जागृत गर्नु जरुरी छ । रगतको अभाव हुँदा दुर्घटनाका घाइते, रक्तस्राव भएका व्यक्ति, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौलाका बिरामीलाई गाह्रो पर्छ । थालसेमिया, हेमोफिलियामा समस्या पर्छ, आकस्मिक शल्यक्रिया प्रभावित हुन्छ । यी स्वास्थ्य समस्या भएका व्यक्तिले समयमै रगत नपाए ज्यानै जोखिममा पर्ने खतरा हुन्छ । तसर्थ मानवीय नाताले पनि रक्तदान जीवन दान सम्झेर रक्तदान गर्नु जरुरी छ ।

रगत अभावको पूर्ति गर्ने आधुनिक चिकित्सा प्रणालीमा अर्को विकल्प अहिलेसम्म पत्ता लागेको छैन । रगत चाहिएमा रक्त समूह मिल्ने अर्को व्यक्तिको शरीरबाट रगत निकालेर दिनुपर्छ । रगत दान नगर्दैमा शरीरमा धेरै रगत हुँदैन, न त दान गरेर यो सकिन्छ । रक्तदानबाट कसैको ज्यान जोगिन्छ वा उसले नयाँ जीवन पाउँछ भने किन नदिने ? अहिलेपनि समाजमा रगत दिँदा कमजोर भइन्छ भन्ने भ्रम छ । देशका केही जिल्लामा युवा, विद्यार्थी, सहकारी, मिडियालगायतले हरेक तीन तीन महिनामा रक्तदानको शृंखला नै सुरु गरिरहेका छन् । खासगरि नियमित रगत दान गर्ने बानी बसाल्न सकियो भने नेपालमा रगतको अभाव कहिल्यैपनि हुँदैन । बुटवलमा नियमित रक्तदाता समाजले गरिरहेकोे रक्तदानको क्रमलाई अरू क्षेत्रमा पनि निरन्तरता दिन सक्नुपर्दछ । खासगरि गर्मी बढी हुने नेपालगंज, भैरहवा, बुटवल, दाङ, चितवन, बीरगंज, विराटनगर क्षेत्रमा नियमित रक्तदानको अभियान सुरु गर्नु जरुरी छ । रगत अभावको बेलामा रक्तदान गर्ने होइन कि, नियमित रूपमा रक्तदानको बानी बसाउन सकेमा कहिल्यैै रक्तदानको अभाव हुँदैन । यसतर्फ सवैको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?