ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

विश्व मधुमेह दिवस, सावधानी अपनाऔं

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

आज विश्व मधुमेह दिवस । हरेक वर्षको नोभेम्वर १४ को दिनलाई विश्व मधुमेह दिवसका रूपमा मनाउने परम्परा भए अनुसार नेपालमा पनि मधुमेह दिवस बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० सेकेण्डमा पाँचजना मधुमेह रोगी थपिदै गएको छ भने यसले क्यान्सर जस्तैगरि आफ्नो प्रभाव विश्वमै खतराका रूपमा देखाईरहेको छ । मधुमेह जसलाई नेपालीमा सुगर पनि भनिन्छ । यसको नियन्त्रणका लागि स्वास्थ्यमा सचेतनावाहेक अर्को विकल्प अहिलेसम्म फेला परेको छैन् । नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान गरिएको छ । चिकित्सकहरूले मधुमेश हुने सबैभन्दा जिम्मेवार कारणमा हाम्रो जीवनशैली रहेको औंल्याएका छन । त्यसैगरी बंशाणुगत कारण मधुमेहको जोखिम धेरै बढेको छ । ४० वर्ष उमेर पूरा भएकाहरूमा यो रोगको खतरा ८० प्रतिशत बढी हुने भएकोले यसको रोकथामका लागि सवैले सजगता अपनाउनु जरुरी छ । मधुमेह दिवसका अवसरमा आज नेपालका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिदैछ । दिवसका अवसरमा गरिने सचेतनामूलक कार्यक्रमले कम्तीमा पनि मधुमेह रोगवाट वच्न सकिने अवसरका रूपमा दिवसलाई लिन सकियो भने निश्चित रूपमा यसवाट टाढै रहन मद्दत पुग्न सक्छ । मधुमेहको लक्षण, रोकथाम, रोग लाग्नवाट बच्न अपनाउनु पर्ने सचेतना र सावधानीका विषयमा आज आम नेपाली जनता चनाखो भैसकेका छन । अर्कोतर्फ नेपालमा सुगरका नामले समेत यो रोग परिचित रहेकोले यसको नियन्त्रणका लागि आम नेपाली सजग हुनु आवश्यक छ । उता रोगका विषयमा ज्ञान भएरपनि खानपानमा नियन्त्रण नगर्ने र लापरवाही गर्नेहरूको संख्या पनि बढेको छ । धेरै भात खाने र अल्छी तथा जभाभावी खानेकुरा खानेहरूलाई यो रोगको संभावना बढी हुन्छ । तसर्थ अव नेपालीहरू सचेत हुने बेला आएको छ ।

मधुमेह हुने प्रमुख कारणमा मोटोपना पनि एक हो । अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् । त्यसैगरी आधुनिक हुने नाममा लापरवाही गर्दा पनि मधुमेहको शिकार हुनुपरेको छ । मधुमेहको अर्को कारण भनेको तनाव पनि एक हो । मानिसमा उच्च रक्तचाप भएका र कोलेस्ट्रोल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । अव स्वास्थ्यको ख्याल नगरी सुगर निम्त्याउने हो भने अकाल मृत्युवरण गर्नुपर्ने अवस्था नआउला भन्न सकिदैन् । विश्वमा यो रोगका कारण वर्षेनी ४० करोड बढीको मृत्यु भैरहेको छ । नेपालमा पनि वर्षेनी यही रोगका कारण १० हजार बढीको मृत्यु भैरहेको तथ्याँक छ । यो रोगको मेडिकल औषधीभन्दा पनि रोग लाग्नै नदिनेतर्फ हाम्रो ध्यान जानु आवश्यक छ ।

स्वास्थ्यमा थोरैमात्र ख्याल गरेर रोगवाट टाढै हुने प्रयास गरियो भनेपनि रोगवाट मुक्ति हुन संभव छ । तसर्थ अवको समय नेपालीले आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिनैपर्ने छ । होइन भने खानपानमा ध्यान नदिने र जथाभावी गर्ने हो भने मधुमेहसंगै यसवाट उत्पन्न हुने अन्य धेरै रोगको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिदैन् । तसर्थ आजको आवश्यकता रोग लाग्नै नदिनेतर्फको सचेतता पहिलो प्राथमिकता हो । अतः मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाई छ । मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने अरू विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मधुमेह धेरै बढ्दा मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका हाम्रा महत्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । आफूपनि बचौं र अरूलाई पनि उचित सल्लाह, परामर्श दिएर मधुमेहबाट बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?