© २०२३
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गत आर्थिक बर्षमा विभिन्न व्यक्तिका खल्तीमा गएको ४ करोड रूपैयाँ र व्यक्तिकै नाममा जान लागेको २५ विघा सरकारी जग्गा जोगाएको छ । आर्थिक बर्ष २०७४/०७५ मा ४ करोड ८ लाख २९ हजार ५ सय ६३.४७ रूपैयाँ रकम असुल उपर गरेको हो । यस्तै कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेको एक सामुदायिक वनको जग्गा व्यक्तिले आफ्नो नाममा बनाउँदै गर्दा अख्तियारले नियन्त्रण लिएर २५ विघा १० कठ्ठा ११ धुर जग्गा समेत नेपाल सरकारको नाममा फिर्ता ल्याउन सफल भएको छ ।
अख्तिायर कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार जुन रकम र जग्गा करिव करिव व्यक्तिको नाममा हुन लागेको थियो । विशेष सूचनाको आधारमा अख्तियार बुटवलले चासो देखाएर उक्त रकम अशुल उपर गरेको हो ।
कार्यालय प्रमुख पन्थ भन्छन्–‘भष्ट्राचार जुनसुकै क्षेत्रमा हुन्छ भने हामी त्यसको निगरानी गरिरहेका हुन्छौं, कसैलाई पनि छोड्ने कुरा हँुदैन ।’ पछिल्लो समयमा नीति निर्माण तहमा भष्ट्राचार हुने गरेको भन्दै उनले यसको अलवा सानो तहदेखि ठूलो तहका कर्मचारीहरूलाई सेटिङ्ग गरेर भष्ट्राचार हुने गरेको बताउँछन् । यस्तै जसले जहाँ पायो त्यहि नै घुस खाने प्रवृत्ती पनि रहेको उनको भनाई छ ।
हाल १० वटा जिल्लामा कार्यक्षेत्र रहेको अख्तियार कार्यालय बुटवलले गत आर्थिक बर्षमा जम्मा ८ सय ५७ वटा उजुरी दर्ता गरेको छ । उक्त आर्थिक बर्षमा ४ सय ७२ उजुरी फछ्र्याैट भएको छ । जिल्लागत रूपमा कार्यालयमा रूपन्देहीबाट सबैभन्दा बढि उजरी दर्ता भएका छन् भने विधागत रूपमा शिक्षा क्षेत्रका उजुरी धेरै परेका छन् । रूपन्देहीबाट ३ सय ८ वटा उजुरी दर्ता भएकोमा १ सय ८४ वटा फछ्र्याैट भएको पाइएको छ ।
यस्तै नवलपरासीबाट कुल १९७ वटा दर्ता भएकोमा १०७ वटा फछ्र्याैट, कपिलवस्तुबाट १७९ वटा दर्ता भएकोमा ९२ वटा फछ्र्याैट, अर्घाखाँचीबाट ७२ वटा दर्ता भएकोमा ४० वटा फछ्र्याैट, पाल्पा जिल्लाबाट कुल ५३ वटा उजुरी दर्ता भएकोमा ३२ वटा फछ्र्याैट र गुल्मी जिल्लाबाट ४८ वटा उजुरी दर्ता भएकोमा १७ वटा उजुरी अख्तियारले फछ्र्याैट गरेको छ ।
मन्त्रालयगत तथ्यांक अनुसार शिक्षा मन्त्रालयसंग सम्बन्धित कुल ३ सय २१ वटा उजुरी परेका थिए । जसमा १७८ फछ्र्याैट भएका छन् । यस्तै स्थानीय विकास मन्त्रालयसंग सम्बन्धित २०१ दर्ता भएकोमा ७९ फस्र्यौट, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत ७०, फछ्र्याैट ४५ फस्र्यौट भएका छन् । यस्तै गत आर्थिक बर्षमा कार्यालयमा गृह मन्त्रालयसँग सम्बन्धित ४८ वटा उजुरी परेकोमा ३८ फछ्र्याैट, स्वाथ्यसँग ३९ मा २७ फछ्र्याैट, वन संग ३६ परेकोमा २२ फछ्र्याैट, भौतिक पुर्वाधार संग ३१ वटा मुद्दा परेकोमा १५ फछ्र्याैट भएका छन् । यस्तै अन्य क्षेत्रको कुल १११ वटा उजुरी दर्ता भएकोमा ६८ वटा उजुरी फछ्र्याैट भएका छन् ।
अख्तियार बुटवलले रङ्गेहात पक्राउ गत आर्थिक बर्षमा ५ जनालाई गरेको थियो । जसबाट घुस बापतमा कुल ६ लाख रकम नियन्त्रणमा लिएको थियो । यस्तै मुद्दा दायरबाट विगो दाविको रकम कुल ६ लाख रूपैयाँ समेत असुल गर्न सफल भएको छ ।
अख्तियार कार्यलयले आर्थिक बर्ष २०७३÷०७४ मा कुल ३०० वटा उजुरी फछ्र्याैट हुन बाँकी रहेका थिए । यस्तै गत आर्थिक बर्ष २०७४÷७५ मा कुल ३ सय ८५ वटा उजुरी फछ्र्याैट हुन बाँकी रहेका छन् ।
यस्तै अख्तियार कार्यालयले प्रदेश ५ का दुई वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अख्तिायारको अख्तिायारी समेत प्रदान गरेको छ । गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अख्तिायारको उजुरी दर्ता गर्ने अधिकार दिएको छ । सोही अनुसार गत आर्थिक बर्षमा गुल्मी ज जिल्लामा ३ वटा उजुरी दर्ता भएकोमा ३ वटा नै फछ्र्याैट भएका छन् भने अर्घाखाँचीमा कुल १२ वटा उजुरी दर्ता भएकोमा ९ वटा फछ्र्याैट भएका छन् भने ३ वटा बाँकी रहेका छन् ।