ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बोलबम नगरी ‘तौलिहवा’

५ भाद्र २०७५, मंगलवार
५ भाद्र २०७५, मंगलवार

एसियामै सबैभन्दा ठूलो शिव लिङ्ग रहेको दाबी गरिएको ऐतिहासिक नगरी तौलिहवा पछिल्ला बर्ष यता बोल बम कावर नगरको रूपमा बिकास हुँदै गएको छ । बि.सं.२०६५ उता खासै श्रावणी मेलाको चर्चा नभएको जल यात्रामा पछिल्लो केहि बर्ष यता नेपाल र भारतका ठूलो संख्यामा श्रद्धालु आउने गरेका छन् । तिथीले श्रावण महिना शुरु भए देखी नै भागीरथी नदी (बाणगंगा) बाट जलयात्रा लिई जलापर्ण गर्नेहरूको घुइँचो लाग्ने गरेको हो ।
तौलेश्वरनाथ महादेब मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताका अनुसार यस बर्षको श्रावणी मेलाको चार सातामा १ लाख बढिले जलार्पण गरेका छन । त्यसैगरि १ हजार हाराहारीका श्रद्धालुले रामघाट देखि मन्दिर सम्मको करिब ५ किलोमिटरको दुरी जमिनमा घिस्रिएर जलार्पणमा सहभागी भएको उनले जनाए । श्रद्धालुले तिलौराकोट किनारमा अवस्थित प्राचिन भागिरथी (बाणगंगा) नदीमा स्नान गरि जल लिई भजन किर्तन गर्दै ५ किलोमिटर टाढा रहेको तौलेश्वरनाथ महादेव मन्दिरमा आउने गरेका छन् । महिना भरी शिव मन्दिरमा जलार्पण गर्नाले बिशेष पुण्यफल मिल्ने बिश्वासका साथ भक्तजनहरूले यहाँ जलार्पण गर्ने गरेका छन् । जलार्पण गरेमा पाप काटिने र मनोकांक्षा पूरा हुने भक्तजनहरूको बिश्वास छ । श्रावणी मेलामा पछिल्लो समय भारतबाट आउने श्रद्धालुको संख्यामा समेत बृद्धि हुन थालेको छ । स्थानीय प्रशासनले समेत भारतबाट बोलबमका लागि आउने श्रद्धालुका लागि भन्सारमा सहुलियत दिएको छ । पछिल्लो समय ४० प्रतिशतका हाराहारीका श्रद्धालु भारतको उत्तर प्रदेशको सिद्धार्थनगर, बस्ती, बलरामपुर जिल्लाबाट आउने गरेको समितिका सदस्यको दाबी छ । आफू पछिल्लो पाँच बर्ष यता नियमित जसो कावर जल यात्रामा आउने गरेको भारत सिद्धार्थनगरका सुरेन्द्र चौहानले बताए । आफूले बिगत तीन बर्षदेखि नियमित जमिनमै घिस्रियर जलार्पण गर्दै आएको जानकारी दिदै आफना मनोकाक्षा पुरा हुँदै आएको तौलिहवाका कावर जलयात्री जितेन्द्र गुप्ताले बताए ।
यस बर्षको श्रावणी मेलामा समिति र स्थानीयस्तरको पहलमा श्रद्धालुलाई सर्बत, प्रसाद, औषधी उपचार र आकस्मिक एम्बुलेन्स सेवा समेत प्रदान गरिँदै आएको छ । जमिनमा घिस्रियर आउने श्रद्धालुका लागि पानीले नुहाई दिन कपिलवस्तु नगरपालिकाको एउटा दमकल नै खटाइएको छ । त्यसैगरि मन्दिरमा व्यवस्थापनका लागि सामुदायिक सेवा केन्द्रमा आबद्ध ४० बढि स्वयंसेवक, नेपाल प्रहरी, शसस्त्र प्रहरी र मेडिकल टोली खटिदै आएको थियो । बि.सं. २०६१ सालमा आफू रूपन्देहीको पर्रोहामा जल यात्राका लागि जाँदा तौलेश्वरनाथ मन्दिरमा पनि जलार्पण गर्ने सोंच आएको जलयात्रा समितिका संस्थापक हरिहर प्रसाद कान्दु (शिवदास अकेला) ले बताए । “शुरुका दुई चार बर्ष तौलिहवामा पनि बोलबम हुन्छ र ? आफ्नो केहि मागका लागी जलयात्रा गरेको छ समेत भनियो । तर म सहित १०÷१५ जनाले शुरु गरेको कावर जलयात्रामा अहिले लाखौं श्रद्धालु सहभागी हुदाँ खुसी लागेको छ ।” अकेलाले भने । उनी जस्तै श्री तौलेश्वरनाथ बोलबम कावर जलयात्रा समितिका अध्यक्ष कर्मचारी कुर्मीको टोलीले भारतका बिभिन्न जिल्लाहरू र हाम्रो नेपालकै बिभिन्न स्थानमा पम्पलेट, पोष्टरका साथै माईकिङ्ग गरि प्रचार गर्दा जलयात्रामा सहभागी हुनेको संख्या बढ्दै गएको थियो । यस अघि सम्म कपिलवस्तु जिल्लाका अधिकांस श्रद्धालु भारतको झारखंड राज्यको देवघरमा जाने गर्थे । शिवपुराणमा उल्लेख गरिए अनुसार बाह्र ज्योर्तिलि· मध्य एक भएकाले देवघर (बाबाधाम) जाने प्रचलन थियो । श्रावण महिनामा लाग्ने श्रावणी मेलामा कावर सहित करिब १ सय किलोमिटरको यात्रा तय गरि सुल्तानगंज हुँदै बाबाधाम जाने गरिएको थियो । शिवरात्री र श्रावणी मेला तथा अन्य चाडबाडमा ठूलो संख्यामा श्रद्धालु आउने तौलेश्वरनाथ मन्दिरको प्राचिनताको बिषयमा धेरै किंवदन्तीहरू रहेको पाइन्छ । मन्दिरको शिवलिङ्ग आफै उत्पत्ति भएको मान्यता राखिदै आएको छ । मन्दिर निर्माणको क्रम हेर्ने हो भने गोश्वामी जयकृष्ण पुरीद्वारा बि.सं. १८७२ मा काष्टमन्दिर निर्माण गरेको ईतिहास छ । बि.सं. १९२८ मा मन्दिरमा अग्निकाण्ड भएपछि गोश्वामी लच्छी पुरीद्वारा बि.सं. १९३० मा पक्की मन्दिर निर्माण गरेकोमा बि.सं. १९७४, २०१५ र २०३५ जिर्णोद्वार गरेको तथ्य रहेको छ । शुद्ध आत्माले आराधना गर्नेहरूको मनोकामना पुरा हुने भएकाले समेत अस्था बढ्दै गएको हो । मन्दिरमा अहिलेको अवस्थामा नेपाल र मित्र राष्ट्र भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँगै अन्य प्रदेशका पनि श्रद्धालु भक्तजन आउने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?