ट्रेंडिंग:

>> औषधी ब्यवसायीको स्थापना दिवस >> दृष्टि मिडियालाई विशेष अदालतको ३ दिने स्पष्टीकरण आदेश >> बहुमतले विनियोजन विधेयक पारित, रास्वपा–राप्रपा अनुपस्थित >> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो

तिलोत्तमाको अति विपन्न नागरिक बिमा कोषः विपन्नका लागि वरदान बन्दै

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

बुटवल।

तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शित्तलकुन्जका चुनबहादुर बस्नेत ६४ वर्षको उमेरमा निःशुल्क स्वास्थ्य बीमा गराउन पाउँदा दङ्ग छन् । वडा कार्यालयबाट स्वास्थ्य बीमा दर्ता सहयोगी घरमै आएर उनको बिमा गराइृदिएपछि अव एक लाखसम्मको उपचार निःशुल्क पाइने कुराले बस्नेतलाई खुशी तुल्याएको छ । “बुढ्यौली उमेरमा पैसा नतिरीकन स्वास्थ्य बिमा सुविधा पाउँदा खुशी छु, अव कुनै रोग लागे एकलाखसम्मको उपचार निःशुल्क हुन्छ भनेका छन्”–उनले भने ।

बस्नतेलाई जस्तै उत्साह तुल्याएको छ तिलोत्तमा–४ बस्ने ७३ वर्षीया ज्येष्ठ नागरिक सुमित्रा आचार्यलाई पनि । उनले पनि निःशुल्क स्वास्थ्य बिमा गराउन पाउँदा खुशी लागेको बताइन् । “निःशुल्क बिमा भएर मात्र हुँदैन, उपचार पनि सहज भैदिए राम्रो हुन्थ्यो”–उनले भनिन् । “पहिला त केही बिरामी भएर अस्पताल जाँदा धेरै खर्च हुने गथ्र्यो, अव भने अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामी जस्ता ज्येष्ठ नागरिकलाई राम्रो भएको छ”, उनले भनिन् ।

तिलोत्तमा नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिक, अति विपन्न परिवार र रातो कार्ड भएका अपाङ्गता भएका व्यक्तिलाई समेत लक्षित गर्दै अति विपन्न नागरिक बिमा कोष स्थापना गरेको छ । उक्त कोषमा चालु आर्थिक वर्ष २०८०÷८१ का लागि १० लाख बजेट बिनियोजन गरिएको छ ।

तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ानप्रसाद पौडेलका अनुसार यो वर्ष उक्त कोषबाट निःशुल्क बिमाका लागि ३० हजार रकम खर्च गरिसकिएको छ । नगरपालिकाले नगरका १७ वटै वडामा रहेका प्रत्येक टोल विकास संस्थाबाट १–१ जना अतिविपन्न नागरिकलाई निःशुल्क बिमाका लागि सिफारिश गर्न आग्रह गरेको छ । त्यसबाहेक ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा अभियान चलाइरहेको छ ।

तिलोत्तमा वडा नम्बर ४ का वडा सचिव काशीराम ज्ञवालीले आफ्नो वडाबाट १६ जना अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाका लागि नगरपालिकामा सिफारिश गरिएको जानकारी दिए । नगरपालिकामा हालसम्म ८ हजार ६५५ जनाले स्वास्थ्य बिमा गरेका छन् । जसमा निःशुल्क स्वास्थ्य बिमा गर्नेको संख्या भने अत्यन्तै न्युन रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । “निःशुल्क स्वास्थ्य बिमा गर्नेको छुट्टै तथ्यांक निकालेका छैनौ, तर यो संख्या अत्यन्तै न्युन छ”–उनले भने ।

स्वास्थ्य बिमा दर्ता सहयोगी शान्ति पाठकले ज्येष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य बिमा गरिदिने गरेको र अति विपन्न नागरिकको हकमा वडा कार्यालयले नगरपालिकामा सिफारिश गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिइन् ।

नागरिकलाई वरदान सरह

गरिबी, आर्थिक हैसियत कम भएका मानिसले उपचार गर्ने एक माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम रहेको छ । अहिले पनि कति नागरिकले बीमा कार्यक्रमबाट थोरै रुपैयाँमा स्वास्थ्य सेवा पाएर जीवन वरदान पाएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए । “अति विपन्न नागरिकलाई निःशुल्क बिमाको पहुँचमा ल्याउनका लागि पनि नगरपालिकाले छुट्टै अति विपन्न नागरिक बिमा कोष स्थापना गरी कार्यान्वयनमा ल्याएको छ”–उनले भने ।

‘उपचारका लागि पाँच हजार रुपैयाँ पनि खर्च गर्ने सक्ने हैसियत नभएका गरिवी, विपन्नको एक लाखसम्म औषधि उपचार गर्न पाएका छन् । कतिले यसलाई बरदान पनि भनेका छन् । गरिवीले महंगो उपचार गर्दा सडकमा आउनुपर्छ । तर बिमामार्फत त्यस्ता गरिब दिनदुःखीको उपचार नगर सरकारले गरेको छ’, उनले भने, ‘कोही पनि पैसाको अभावमा रोग लुकाएर बस्नु पर्दैन । आर्थिक अभाव भएका लागि उपचारका लागि एकमात्र माध्यम स्वास्थ्य बीमा कार्यक्रम रहेको छ ।’

बिमाका बारेमा नबुझेका मानिसलाई बुझाउन आवश्यक रहेको उनले बताए । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, सरकारले तोकेको झन्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । निःशुल्कबाहेकको हकमा पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४५० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?