© २०२३
बुटवल, १४ भदौ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित दुर्गा टोल विकास संस्थाको चौथौ अधिवेसन सम्पन्न भएको छ । विहिबार सम्पन्न अधिवेसनबाट विष्णु प्रसाद चापागाईको अध्यक्षतामा ११ सदस्यीय नया समिति सर्वसम्मत निर्वाचित भएका छन । जसको उपाध्यक्षमा प्रेम प्रसाद पौडेल, सचिव महेश कुमार थैव, सहसचिव बसन्ती भुर्तेल, कोषाध्यक्ष सीता राना भण्डारी, युवा सदस्य यमलाल अधिकारी, सन्दिप श्रेष्ठ, दिपा टण्डन, राधा पाण्डे, सदस्य रिता गैरे, अब्दुल सहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक रमेश पाण्डेले बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद चापागाईले वडाभित्र उत्कृष्ट कार्ययोजना बनाएर कार्यसम्पादनमा जोड दिने प्रतिवद्धता बताए । नगरभित्रका टोल संस्थाहरुमध्येमा उत्कृष्ट हुने गरि पालिकासंग सहकार्य गर्ने समेत बताए ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य हेमा थामीले नगरको विकासमा टोल संस्थाहरुको भुमिका बारे प्रकाश पारे । शिक्षा, सरसफाई, वातारणको क्षेत्रमा टोल संस्था लाग्नसकेमात्र अभियान सफल हुने उनले बताईन । ‘टोल संस्था स्थानिय सरकारको दपर्ण हो ।’—उनले भनिन । टोल संस्थाले राम्रो गर्दा समग्र नगर नै सफल हुने उनले बताईन ।
कार्यक्रममा भगवती थैव, प्रेम प्रसाद पौडेल, बसन्त जिसी, अब्दुल सहमतले समुदायमा रहेका ससाना विकास र सामाजिक कार्यमा टोल संस्थाको अगुवाई रहदै आएको बताए ।