ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

स्वास्थ्यमा रुरु क्षेत्र बन्यो पहिलो

२ आश्विन २०८१, बुधबार
२ आश्विन २०८१, बुधबार

गुल्मी, ०२ असोज ।

गुल्मीमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका पहिलो बनेको छ । आर्थिक बर्ष २०८०/०८१ को समिक्षामा रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत अंक प्राप्तगरि जिल्लामै पहिलो बनन सफल बनेको हो । उक्त कार्यक्रममा सत्यवति गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो बनेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जनाकारी दिएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजना एवं रेसुंगा नगरपालिकाको आतिथ्यतामा सदरमुकाम तम्घासमा दुइ दिनसम्म सञ्चालन गरिएको बार्षिक समिक्षा गोष्ठिमा १२ पालिकाहरु मध्य रुरुक्षेत्र, सत्यवती र छत्रकोट गाउँपालिका अब्बल देखिएका हुन । एक आर्थिक बर्षमा जिल्लाका १२ वटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुले गरेका कामहरुलाइ स्वास्थ्य कार्यालय गुल्मीले २९ वटा सुचकका आधारमा मुल्यांकन गरेको थियो । कार्यालयले खोप, सुरक्षा, पोषण, टिवि, परिवार नियोजन, लगायतका सुचकहरुका आधार बनाएर मुल्यांकन गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत पुस्पा थापाले बताईन् ।

जिल्लाका दुइ नगरपालिका सहित १० गाउँपालिका अन्तरगतका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरमा आफ्नो गाउँपालिकाबाट भए गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा आआफ्ना प्रस्तुतिकरण गरेका थिए । जिल्लामा स्वास्थ्य क्षेत्रको वास्तविक अबस्थाको पहिचान गरि नमुना कामहरुको अनुसरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको पहिचानका लागि उक्त वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले यस्ता प्रकारका समिक्षाहरुले आफुले गरेका कामहरुको बारेमा जानकारी दिने र आगामी वर्ष गरिने कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा जानकारी आदान प्रदान गर्न थप सहज पुग्ने बताए । उनले समस्या समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिनका कार्यक्रमलाई सुदृढ र प्रभावकारी रुपमा सम्पन्न गर्न मद्दत मिल्ने बताए । उनले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोग शहरबाट गाउँ तिर बढ्दो क्रममा रहेको भन्दै ग्रामीण क्षेत्रमा यसको बारेमा सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्नु आवश्य रहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला स्थीत सम्पुर्ण सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभगिता रहेको थियो । समिक्षा कार्यक्रमलले जिल्लामा स्वास्थ्यकर्मीहरुले आफुले एक आर्थिक वर्षसम्म सम्पादन गरेका मुख्य मुख्य काम र त्यसबाट प्राप्त उपलब्धिहरुको बारेमा खुलेर छलफल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?