ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

अवैध उत्खननमा संलग्न सुनवल नगरपालिकाका जेसिभी र टिपर वन कार्यालयको नियन्त्रणमा

१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

सुनवल, १३ भदौ। पश्चिम नवलपरासीमा अवैध उत्खनन् गरेको भन्दै डिभिजन वन कार्यालय परासीले सुनवल नगरपालिका विरुद्ध अनुसन्धान सुरु गरेको छ । वन क्षेत्रको खोलामा अवैध उत्खनन् गरेको भन्दै वन कार्यालयले सुनवल नगरपालिको जेसिभी र टिपर नियन्त्रणमा लिएको थियो । सो सन्र्दभमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु भएको हो ।

तुरिया खोलामा पाचं दिन अगाडी नगरपालिकाको जेसिभी र टिपरले नदीजन्य पदार्थ उत्खनन् गर्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका थिए । ठेक्का नगागेको र आवश्यक प्रकृया पुरा नगरी उत्खनन् गरीएको भन्दै वन कार्यालययले सवारी चालक र नगरपालिका विरुद्ध जिल्ला अदालत नवलपरासीमा विहिबार म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।

तुरिया खोलामा नदिजन्य पदार्थ ठुला उपाकरण जेसिभी प्रयोग गरी उत्खन्न गरेको अरोपमा जेसिभ र टिपर डिभिजन वन कार्यलायको सुरक्षा शाखा क्याम्प बडेराले नियन्त्रणमा लिएको थियो । यसले स्थानीय सरकार र वन कार्यालयको क्षेत्राअधिकार र समन्वयको विषयमा पनि विवाद उत्पन्न भएको छ । जेसिभी र टिपर नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गर्न अदालत बाट म्याद थप भएको सुनवल सब डिभिजन कार्यालयका रेन्जर प्रजिम्स श्रेष्ठले बताए ।

सुनवलमा रहेको कृष्ण मन्दिर अगाडी हिलो भएको र त्यसमा गिट्टी हाल्ने प्रयोजनको लागि भन्दै नगरपालिकाको जेसिभी पठाएर नदीजन्य पदार्थ उत्खनन् गरीएको थियो । सुनवल नगरपालिकाले भने सामाजिक काम र तत्कालै समस्या समस्या गर्नुपर्ने प्रयोजनको लागि नदीजन्य पदार्थ झिकीएको र स्थानीय सरकारको अधिकार क्षेत्रमा वनले हस्तक्षेप गरेको आरोप लगाएको छ । सुनवलमा केहि दिन अगाडी मात्रै नगर प्रमुख बिमला अर्यालले नदिजन्य पर्दाथको अवैध उत्खनन् नियन्त्रणमा सक्रियता देखाएकि थिईन् । नगर प्रमुख अर्यालले चोरी नियन्त्रणको प्रयास गर्दा उल्टै नगरपालिका विरुद्ध प्रहार गर्ने प्रयास भएको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?