ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गुण नाप्नेको गुणस्तर कस्ले हेर्ने  ?

४ भाद्र २०७५, सोमबार
४ भाद्र २०७५, सोमबार

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा ९ जना कर्मचारी कार्यरत रहेका छन् । प्राविधिक सहायक ४ जना र अधिकृत ३ जना गरी पहिला जम्मा ७ जना मात्रै कर्मचारी कार्यरत रहेका थिए ।कर्मचारी अभावको कारण कार्य सम्पादनमा अफ्ठारो परेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बरिष्ठ खाद्य निरिक्षक हस्त राई बताउँछन् । उनी भन्छन्–‘२ जना प्रविधिक सहायक र अधिकृत स्तरको कर्मचारी प्रत्येक दिन भन्सार कार्यालयमा नै ड्युटी गर्नुपर्ने हुन्छ, अन्य कर्मचारीले के कती काम गर्ने, हामी कर्मचारीको चरम अभावमा छौं ।’बेला बेलामा फिल्डमा जानुपर्ने, अनुगमनमा जानुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुको साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जा जिल्लामा समेत परियोजना सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख राईको भनाइ रहेको छ ।

उनी भन्छन्–‘नमुना संकलन गरिएकोमा बर्षमा मुस्कीलले आधा मात्रै परीक्षण गरेर भ्याउँछौं, दौड धुप बढि छ, कर्मचारीको चरम अभाव छ ।’ यस अवस्थामा रहेको गुणस्तर नाप्ने कार्यालयले कसरी गुणस्तरको अवस्थाको मापन गर्ला भन्ने प्रश्न चिन्ह उब्जिएको छ ।
खाद्यान्न नाम जाँच, गुणस्तर सम्बन्धी पढाइ हुने क्याम्पस पूर्वमा एउटा मात्रै भएको बताइन्छ । जसबाट कम मात्रामा जनशक्ति उत्पादन हुने र उत्पादन भएको जनशक्तिले कम मात्रै सरकारी सेवामा प्रवेश गर्ने र सरकारी सेवामा प्रवेश गरे पनि एउटै व्यक्तिले प्रयोगशाला (ल्याब), एउटै व्यक्तिले अनुगमन, एउटै व्यक्तिले रिपोर्ट लेख्ने लगायतका कार्य गर्नुपर्दा ६/६ बर्षसम्म पनि प्रक्रिया लम्बिने गरेको पाइएको हो । अहिले केन्द्रीय प्रयोगशालाबाट करिब ६०–७० लाखको प्रयोगशालाका सामग्रीहरू आएको भएपनि त्यसलाई राख्ने स्थानको समेत अभाव भएको कारण त्यसलाई स्थापना गर्न सकिएको छैन । नयाँ भवन बन्ने प्रक्रियामा रहेको कारण अहिले तत्काल डिभिजन सहकारी कार्यालयको भवनको माथिल्लो तलामा कार्यालय सञ्चालनमा रहेको छ ।
तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्लाहरूमा कार्य क्षेत्र रहेको उक्त कार्यालयले हाल प्रदेशको बाँडफाँड भएपछि जिम्मेबारी १६ जिल्लामा भएपनि प्रदेशका तत्कालिन मध्यपश्चिमाञ्चलका प्यूठान, दाङ्ग, सल्यान, रोल्पा, रुकुम सम्मका जिल्लाहरूबाट पनि अनुगमनको लागि प्रशासन बाट अनुरोध आउने गरेको कार्यालय प्रमुख बताउँछन् ।
गत आर्थिक बर्ष २०७४/०७ मा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले कुल ४ सय ५० वटा नमुना संकलन गरेको थियो । जसमा जम्मा १ सय ७१ वटा मात्रै नमुनाको परिक्षण गर्न सफल भएको छ । अन्य नमुना यत्तिकै परिक्षणको क्रममा रहेका छन् । १ सय ७१ वटा मध्ये १३ वटालाई जिल्ला प्रशासनमा मुद्धा समेत दायर गरिएको छ । जसमा कतिपयले मुद्दा बापतको रकम बुझाई सकेका छन् भने कतिपय प्रक्रियामा रहेका छन् ।
होटल स्तरिकरण
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले होटलको पनि स्तरीकरण गरेको छ । जसबाट रूपन्देहीका २ वटा होटलहरू उच्च स्तरिकरणमा परेका छन् । तिलोत्तमा १७ कोटिहवामा रहेको टाईगर प्यालेस रिसोर्ट र बुटवल गोलपार्कमा रहेको होटल एभिन्यु प्रालिले अति उच्च स्तरिकरणको प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तो सोही आर्थिक बर्षमा २३ वटा होटलको अनुगमनमा रूपन्देहीमा २ वटा अति उत्तम, ५ वटा उत्तम, १४ वटा सन्तोषजनक (हरियो) र २ वटा होटल बन्द नै गर्नुपर्ने अवस्थामा भेटिएका थिए । होटलले किचन, लगायतका स्थान सुधार गरी सञ्चालनमा आएका छन् ।

फोटो :क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा काम गर्दै कर्मचारी । फाइल तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?