ट्रेंडिंग:

>> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो

‘ग्वाल’ गएको बेला, अनौठो गुफा प¥यो फेला

१ भाद्र २०७५, शुक्रबार
१ भाद्र २०७५, शुक्रबार

एक किसानले सल्यानमा गाई चराउन जंगल गएको बेला नयाँ र अनौठो खालको गुफा फेला पारेपछि अहिले यसको चर्चा हुन थालेको छ । जिल्लाको छत्रेशवरि गाउापालिका वडा नम्बर तीन सान्नानचौर स्थीत रानी सामुदायीक वनभित्र विभिन्न आकृती र बाजागाजा बज्ने अनौठो खालको गुफा भेटिएको हो । उक्त गुफामा स्थानीयहरु गएर गुफाभित्रै प्राकृतिक अवस्थामै रहेको बाजा बजाएर नाचगान समेत गरेका छ ।
स्थानीय मोतीला घर्तीले केहि साता अघि रानीबनमा गाई ग्वाल गएको बेला उक्त अनौठो गुफा भेटाएका थिए । उनले भने, ‘ग्वाल गएको बेला गुफा देखेँ । यसो हेरेको अनौठा आकृतीहरु देखियो । त्यसपछि गाउँका अरुलाइ खबर गरेँ ।’ मोतीलालले गाउँका अरु व्यक्तिलाइ पनि खबर गरेपछि तीनदिन अघि मंगलबार गुफा हेर्न युवा नेता हिमाल योगी सहितको समूह गएको थियो । शंखमुल झिमपे खर्सुवास सडकखण्ड अन्तर्गत मिलनचोकबाट ३० मिनेटको पैदल यात्रा पछि उक्त गुफा सम्म पुग्न सकिने हिमालले जानकारि गराए । ‘मिलनचोकबाट ३ किलोमिटर भित्र रानीवनमा गुफा रहेछ । हाम्रो टिम त्यहाँ पुग्दा अचम्ममा पर्याे,’ उनले भने ।
उनी लगाएतको समूहले उक्त गुफाभित्र पसेर प्राकृतिक अवस्थामा रहेको मादल बजाएर नाचगान र रमाइलो पनि गरेका छन् । र यसको भिडियो तथा तस्वीर मोवायलमा कैद गरेका छन् । कुनै नाम नदिइएको उक्त गुफा तीन सय मिटर लामो, दुई सय ५० मिटर अग्लो र आठ मिटर चौडाईको रहेको आफुहरुले अनुमान गरेको हिमालले बताए । गुफा पाँच तलाको रहेको छ भने पाँच सय बढि चमेराहरु गुफामा बस्ने गरेको उनले जानकारि दिए । गुफाभित्र विभिन्न देवीदेवता, मादल लगाएतका आकृती रहेको उनले जनाए । हिमालले भने, ‘अनौठो त के छ भने, प्राकृतीक अवस्थामा रहेको मादल मज्जासंग बज्छ । हामीले त्यहि मादल बजाएर गीत पनि गायौँ ।’
गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । बस्तीदेखि टाढा जंगलमा रहेको उक्त गुफा पत्ता लगाउने कुरा त्यत्ति सहज थिएन । स्थानीयहरु निकै बहादुरी देखाएर आफ्नो ज्यान जोखिमा राखेर गुफाभित्र पस्ने आँट गर्नुले नै यतिवेला विचित्र गुफा भनेर उल्लेख गर्न सहज भएको छ । ‘गुफाको मुख्य द्धारबाट प्रवेश गर्दादेखि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले मानिसहरुलाई टक्क अडिएर एकपटक वरिपरि नियाल्न बाध्य बनाउने छ,’ हिमालले भने ।
भर्खरै पत्ता लागेको यस गुफाको संरक्षण, व्यवस्थापन तथा प्रचारप्रशारको आवश्यकता यतिखेर देखिएको छ । खासगरि स्थानीय सरकाले गुफाको संरक्षण र प्रचारप्रसारमा विशेष ध्यान पुर्याएर योजना अघि सार्नपर्ने देखिन्छ । गुफाको महत्व र ईतीहाँस बुझाउन सकेमा अत्यन्तै रमणिय स्थानमा रहेको उक्त अनौठो गुफा सबैको आकर्षणको केन्द्र बन्न सक्दछ ।
स्थानीय तहका जनप्रतिनिधीहरुले पत्रकार, संचारकर्मी र गुफाको महत्व बुझेका मानिसहरुलाइ यस क्षेत्रको अवलोकन गराइ प्रचारप्रसारको थालनी गरि आवश्यक बजेट पनि छुट्यान सकेमा अनौठो खाले गुफाको संरक्षण र विकासमा टेवा पुग्ने छ । छत्रेश्वरी तथा समग्र सल्यानको पर्यटन प्रवद्र्धनका लागी गुफाले महत्वपूर्ण भुमिका खेल्ने बलियो सम्भावना छ । गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%