ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रोल्पाका विद्यार्थीमा सैन्य मोह

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

रोल्पा नगरपालिका–४ शिवालयकी विमला श्रेष्ठको लक्ष्य नेपाली सेनामा भर्ना भएर देशको सेवा गर्ने रहेको छ । तारा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत श्रेष्ठ अहिले नेपाली सेनाले संचालन गरेको राष्ट्रिय सेवा दलको तालिममा सहभागिता जनाइरहेकी छिन् । सोही विद्यालयका अर्का विद्यार्थी खड्क बहादुर बुढाको पनि सेनामा भर्ति भएर देश र जनताको सेवा गर्ने चाहाना छ । उच्च शिक्षा अध्ययन पश्चात नेपाली सेनाको अधिकृतमा प्रतिस्पर्धा गर्ने लक्ष्य बोकेका उनले पनि राष्ट्रिय सेवा दलको तालिम लिइरहेका छन् ।
विमला र खड्कबहादुर जस्ता ३६ जना विद्यार्थीले अहिले तारा मावि वामरुकबाट राष्ट्रिय सेवा दलको एक सय दिने तालिम लिइरहेका छन् ।
विद्यालयले १ महिना लामो वर्षे विदा गरेको छ तर उनीहरू भने विदाको समयमा पनि विद्यालय जान्छन । दैनिक विहान १० वजे देखी वेलुका ५ वजेसम्म विद्यालय पुगेर तालिममा सहभागि हुने गर्दछन । यस वर्ष सो तालिममा १८ छात्र र १८ छात्रा तालिममा सहभागि भएको विद्यालयले जनाएको छ ।
तालिम दिनका लागि नेपाली सेनासंग हरेक वर्ष ३६ जनाको मात्रै कोटा हुने भएपनि तालिम लिन चाहाने विद्यार्थीको संख्या भने धेरै रहने गरेको वताइएको छ । धेरै विद्यार्थीले तालिम लिन चाहाना राखे पनि सवैलाई तालिममा सहभागी गराउन नसक्ने भएकाले निश्चित मापदण्डका आधारमा छनौट गर्ने गरेका छौ तालिम प्रशिक्षक तेजवहादुर थापाले भने । पेशागत दक्षताका एवम शारिरिक, मानसिक र वौद्धिक विकासमा समेत तालिमले सहयोग गर्ने भएकाले पनि विद्यार्थीको आकर्षण देखिन्छ थापाले भने ।
युवाहरूलाई अनुशासित वनाउने, ईमान्दार र निष्ठावान बनाउँदै देश र देशबासी प्रति बफादार बनाउने उद्देश्यका साथ नेपाली सेनाले हरेक वर्ष विद्यार्थीहरूलाई सैन्य तालिम दिने गर्दछ । सेनाको पोशाकमा रहने ती विद्यार्थीले शारीरिक व्यायाम, सैन्यकला तथा अन्य महŒवपूर्ण विषयको तालिम लिने गर्दछन । एक सय दिनको कोर्ष रहने सो तालिम ७९ दिन विद्यालयमा गरिन्छ भने २१ दिन जिल्ला वाहिर क्याम्पीङ गरिन्छ । जिल्ला वाहिर लगेर गरिने २१ दिने तालिममा अन्य जिल्लामा तालिम लिईरहेका विद्यार्थीहरू वीच विभिन्न विषयमा अनुभव आदान प्रदान तथा प्रतिस्पर्धा समेत गरिदै आएको वताइएको छ । तालिममा उत्कृष्ट एक छात्र र एक छात्रालाई श्रीलंका र भारत भ्रमणको समेत व्यवस्था मिलाउने गरिँदै आएको छ ।
विद्यालय संचालन भएको वेला दैनिक १ घण्टा र विद्यालय वन्द भएको बेला दैनिक ७ घण्टाका दरले तालिम गरि एक सय दिन भित्र तालिमको कोर्ष पुरा गर्दै आएको वताइएको छ । जिल्लामा वालकल्याण नमूना माविमा अघिल्ला ३ वर्षमा यस्तो तालिम चलेको थियो । अघिल्लो वर्ष र यस वर्ष तारा मावि वामरुकमा तालिम चलेको आयोजकले वताएका छन । अघिल्ला वर्ष तालिम लिएका मध्ये केही नेपाली सेनामा भर्ना भईसकेको वताइएको छ । तालिमले स्वास्थ्य सन्तुलन र भर्ना प्रकृयाका वारेमा सहजता दिने भएकाले सेनामा भर्नाको आकर्षण बढेको वताइएको छ ।
अध्ययन र तालिमलाई साथसाथै अगाडी वढाईरहेको छु पढाई सकेपछि सेनामा भर्ना हुने चाहाना छ सोही विद्यालयकी सोभा विष्टले भनिन । तालिमवाट आफुहरूमा सैन्यकला, अनुशासन र शारिरीक स्फूर्ती समेत वढेको छ विष्टले भनिन । शारिरी व्यायाम, दौड, एथलेटिक्स तथा सांस्कृतिक कार्यक्रम समेत गरिने भएकाले अतिरिक्त कृयाकलापमा समेत विद्यालयले जिल्ला स्तरमा हुने प्रतिस्पर्धाहरूमा विभिन्न स्थान ल्याउन सफल भएको विष्टले जानकारी दिईन ।
तत्कालिन राजा विरेन्द्रको पालामा सुरु गरिएको राष्ट्रिय सेवा दलको तालिम रोल्पा जिल्ला सम्म आईपुग्न भने धेरै समय लाग्यो । विगत ५ वर्ष यता भने जिल्लामा निरन्तर यस्तो तालिम चलिरहेको छ । तालिमवाट जिल्लाका २ वटा विद्यालयका झण्डै ३ सय विद्यार्थी लाभान्वित भइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?