© २०२३
एकपटक विवाह गरिसकेपछि जिवनमा अर्कोे विवाह र सम्बन्ध विच्छेदलाई हाम्रो समाजमा अशुभ मानिन्छ । पुरुषले जे गरेपनी सुहाउने र महिलाहरू भने उनीहरूकै निर्देशनमाम हिँड्नुपर्ने बाध्यता छ । नेपाली महिलाहरू धर्मकै आडमा विभिन्न किसिमका हिंसा सहेर श्रीमान् –श्रीमतीसंगको सम्बन्ध बचाई राख्ने चलन आज पनि उत्तीकै छ ।
कर्णाली प्रदेशमा त महिलाहरू घरबाट निस्कनु हुंदैन भन्ने चलन अझै छ । तर पछिल्लो समएमा सुर्खेत जिल्लामा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गएको पाइएको छ । जिल्ला अदालत सुर्खेतका अनुसार चारवर्षको तथ्याङ्ग हेर्दा सम्बन्ध विच्छेद प्रतीवर्ष केहि मात्रामा बढेको पाइएको छ । आर्थीक वर्ष २०७१÷०७२ मा जिल्ला अदालत सुर्खेतमा दर्ता भएका २ सय २६ सम्बन्ध विच्छेदका मुुद्दा मध्ये १ सय ९५ पैmसला भएका छन् ।
त्यस्तै ३१ वटा मुद्दा जिम्मेवारी सरी आएका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा दर्ता भएका २ सय २७ सम्बन्ध विच्छेदका मुद्दा मध्ये १ सय ५१ फैसला भएका छन् । त्यस्तै ७६ वटा सम्बन्ध विच्छेदका मुद्दा जिम्मेवारी सरी आएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा जिल्ला अदालत सुर्खेतमा दर्ता भएका जम्मा ३ सय २ मुद्दामा २ सय ४५ फैसला भएको कार्यालयले बताएको छ ।
त्यस्तै आर्थीक वर्ष २०७४÷७५ मा सम्बन्ध विच्छेदका लागी दर्ता भएका ४ सय १ मुद्दा मध्ये ३ सय १७ मुद्दा फैसला भईसकेका छन् भने ८४ मुद्दा अझै फैसला हुन बांकी रहेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार विरेन्द्रबहादुर मल्लले बताएका छन् ।
प्रत्येक वर्ष जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गएका छन् । उनले भने ‘प्रत्येक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा सुर्खेत जिल्ला अदालतमा बढेर आएका छन् । यसको कारण एउटा मात्रै नभएर थुप्रै छन् । केहि मात्रामा महिलाहरू हिंसा नसहने कारण पनी छ ।’ मल्लका अनुसार ‘महिलाहरूमा चेतना बढेको छ र आत्मनिर्भर भएको कारणले पनी श्रीमान्को अत्याचार सहेर बस्न चाहाँदैनन् ।’ उनले थपे ‘वैदेशिक रोजगारले पनी पछिल्लो समए सुर्खेत मात्रै नभएर देशभरीनै सम्बन्ध विच्छेदका घटना बढाएको छ । अर्को कारण घरेलु हिंसा र आर्थीक कारोबारोका कारण पनि सम्बन्ध विच्छेदका घटना बढेका पाइएको छ ।’
आवाज संस्था सुर्खेतकी संयोजक पवित्रा शाहि भन्छिन् ‘पछिल्लो समयमा महिलाहरूमा चेतनाको वृद्धिले पनी सम्बन्ध विच्छेदको क्रम बढेको छ । महिलाहरू पहिलेको जस्तो हिंसा सहेर बस्न चाहान्नन् । स्वतन्त्रता पूर्वक बांच्न चाहान्छन् । ’ वर्तमान समयमा श्रीमान् –श्रीमती छुट्टाछुट्टै बस्ने र समाजले कसैसंग बोलेकै भरमा श्रीमान्लाई कुरा लगाईदिएर पनि सम्बन्ध विच्छेद गर्न महिलाहरू बाध्य हुने संयोजक शाहिको भनाइ रहेको छ । उनी थप्छिन्‘ महिलाहरूले मात्रै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न सक्ने हुँदा त प्रति वर्ष यसको दर बढेको छ । अब पुरुषपनि सिधै अदालत जाने व्यवस्था कानुनमा छ । यसले अझै सम्बन्ध विच्छेदको दर बढाउँछ ।’
त्यस्तै अधिवक्ता गीता कोईरालाको बुझाई पनी यस्तै छ । उनी भन्छिन् ‘परिस्थिति पहिलेको जस्तो छैन । महिलाहरूले कानुन बुझीसकेका छन् र कानुन बुझेकै कारण हिंसा सहन सक्दैनन् ।’ महिलाहरूमा हिंसा छंदैछ तर हिंसाको रूपमात्रै परिवर्तन भएको अधिवक्ता कोईरालाको भनाई रहेको छ । उनी थप्छिन् ‘हाम्रो पितृसत्तात्मक सोच र महिलाहरूमा सक्षमता आउनु पनी सम्बन्ध विच्छेदको दर बढ्दै गएको हो ।’à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी