© २०२३
पाल्हीनन्दन गाउँपालिकाका एक इन्जिनियरलाई गाउँपालिका अध्यक्षले लछार पछार गर्दै कार्यालयबाट लखेट्ने कार्य प्रति आत्मआलोचना गर्दै क्षमायाचना गरे पछि दुई पक्षिय बीच सहमति भएको छ । गाउँपालिकाका अध्यक्ष दिपक भन्ने बैजु प्रसाद गुप्ताले भने अनुसार काम इन्जिनियर शोभाकान्त रौनियारले नगरिदिँदा कुटेर लखेट्ने प्रयास प्रति आत्मआलोचित हुँदै जिल्ला प्रशासन कार्यालय परिसरमा आफू आक्रोसमा आएर यस्तो गर्न पुगेको भन्दै अब उपरान्त कहिले र कुनै पनि कर्मचारी माथि दुब्र्यवहार नगर्ने अध्यक्ष गुप्ताले माफी मागेपछि पिडित रौनियारले उजुरी दर्ता नगराएका हुन् ।
गाउँ गाउँमा हिलो भएको ब्यापक आलोचना हुन थालेपछि गाउँलेको विरोध थाम्न गाउँपालिकाले निर्णय गरि ग्राभेल हाल्ने योजना अनुसार काम भएको थियो । त्यसमा अध्यक्ष गुप्ताले भनेको आधारमा उनले बढि सामग्रीको सिफारिस नगरिदिँदा उनले इन्जिनियरलाई कुट्ने दुष्साहस गरेका थिए । पिडित इन्जिनियर रौनियारका अनुसार आफूले आफ्नो आँखाले देखेको ८ टिप्पर मात्र बाटोमा ग्राभेल खसेको थियो । तर अध्यक्ष गुप्ताले ३२ टिपर ग्राभेल खसेको भनेर प्रतिवेदन दिन दवाव दिएपछि इन्जिनियर रौनियारले आफूले देखेको कुरा मात्र भन्न सक्ने बताएपछि अध्यक्ष गुप्ता आक्रोसित बनेका थिए । आक्रोसमा होस गुमाउँदै उनले इन्जिनियर रौनियारलाई तथानाम भन्दै अन्तमा तँ जस्तो इन्जिनियर चाहिँदैन भनेर उनलाई धक्का दिएर कार्यालय बाहिर लगेका थिए । प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलको कार्याकक्षमा प्रमुखले दुब्र्यवहार गर्दा प्रशासकिय अधिकृत मुक दर्शक बनेका थिए । तर यो घटना बाहिर आएपछि मंगलवार उनी इन्जिनियर र अध्यक्षलाई मिलाउने प्रयास गरि मिलाएका छन् ।
इन्जिनियरलाई बाहिर निकाली रहेको बेला उपाध्यक्ष पवित्रा कोहाँर आइपुगेकी थिईन् । उनले अध्यक्ष र प्रशासकिय माथि खनिँदै के यही सिस्टम हो ? कर्मचारीलाई दुब्र्यवहार गर्ने ? यो कार्यालय कसैको पेवा हो, कि कसैको बाबु को हो ? जनताको कार्यलय हो, यहाँ कसैको दादागिरी चल्दैन सिस्टममा सबै बस्नु पर्छ भनेकी थिइन् । उनले इन्जिनियर रौनियारलाई बोलाएर कार्यालयमा राखेकी थिईन् । आफुले चौध बर्ष देखी सरकारी सेवामा रहेको र यस्तो दुब्र्यहार भएको यो पहिलो पटक भएको सुनाएका थिए । उनले आफुले अध्यक्ष गुप्ता विरुद्ध उजुरी दिइने बताएका थिए । तर घटनालाई ढाकछोप गर्नका लागि केही वडा अध्यक्षहरू सोमवार रातभर प्रयास गरेर मंगलवार मिलाउन सफल भएका छन् । गाउँपालिका कर्मचारीहरूले सो घटनालाई लिएर जिल्ला प्रशासनमा आएका थिए । तर इन्जिनियर रौनियारलाई उजुरी नदिनका लागि विभिन्न निकायबाट दबाब आउने गरेको थियो । जिल्ला प्रशासनमा पनि प्रजिअ देवेन्द्र लामिछानेले एक पटक तपाईंहरू छलफल गर्नुस् मिल्नुस् भने पछि आफुले अहिलेसम्म उजुरी नदिएको इन्जिनियर रौनियारले बताएका छन् । तर पनि यस्तो घटना नदोहोरिएला भन्नेमा शंकामा छन्, उनले भने, प्रशासनले लिखित रूपमा क्षमायाचना गराउन पथ्र्यो । अहिले पनि आफू इन्जिनियरि· एसोसिएसनका साथीहरूसँग परामर्शमा रहेको सुनाए । गाउँपालिकामा भएको घटनाको सिसिटिभीमा रेकर्ड समेत रहेको छ,उनले भने ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले आफू दुबै पक्ष मिल्दा राम्रो हुने भनेर पठाएको र उनीहरू मिलेर गएको सुनाए । सिधै चार गुणा बढि सामग्रीको बिल पास गराएर भष्टाचार गर्न खोजिएको आरोप स्थानीयले लगाएका छन् । मर्मत सम्भारको नाँउमा लाखौं रुपिया घोटाला गर्ने प्रयास भई रहेको थियो । तर इन्जिनियरले भ्रष्टाचारमा संलग्न हुन नमाने पछि उनी माथि नै घटना घटेको कुराले गाउँपालिकालाई नै लज्जा बोध गराएको कर्मचारीले भनेका थिए । गाउँपालिका र अध्यक्ष विरुद्ध अहिले पनि २७ वटा मुद्दा दर्ता भएका छन् । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी