© २०२३
रूपन्देहीमा वन सम्बन्धी अपराधमा सबै भन्दा बढी काठ चोरी सम्बन्धी मुद्दा दर्ता हुने गरेका छन् । जिल्लामा रहेका बिभिन्न सामुदायिक वनमा चोरीका घटनामा बिभिन्न ब्यक्तिहरूलाई जिल्ला वन कार्यालयले पक्राउ गरिमुद्दा चलाएको थियो ।
गत आर्थिक बर्ष २०७४र०७५ मा मात्र काठ चोरी गर्ने अपराधमा जिल्ला वन कार्यालयले ४ वटा काठ चोरीको मुद्दा दर्ता गरेको थियो । जिल्ला वन कार्यालयले काठ चोरी अन्र्तगत मुद्दा चलाई अवैध रूपमा ओसारपसारगर्न लागेको काठहरू समेत बरामद गरेको थियो ।
आर्थिक बर्ष २०७३र०७४ मा ३ वटा बाँकी रहेको रगत आर्थिक बर्षमा ४ वटा मुद्दा गरि७ वटा काठ चोरीका मुद्दाहरू मध्ये कार्यालयले ६ वटा मुद्दा फछ्र्यौट गरेको जिल्ला वन अधिकृत रोमराज लामिछानेले जानकारी दिए ।काठ चोरीको मुद्दामा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर६ बस्ने लुम्बिनी बिकास कोषका बनस्पति अधिकृत सब्बीरखाँ लाई पनि मुद्दा चलेको देखिएको छ । जिल्ला वन अधिकृत रोमराज लामिछानेले गरेको फैसलामा उनी १ हजारजरिवाना दिएरछुटेको वन कार्यालयको लगत किताबमा उल्लेख छ । उनलाई वन ऐन वर्खिलाप मुद्दा चलाईएको थियो ।
यसै गरिआर्थिक बर्षमा २०७३ र०७४ मा १ वटा वन अतिक्रमणका मुद्दा रहेको वन कार्यालयले प्रगति विवरणमा देखाएको छ । जुन गत बर्ष पनि कार्यालयले फछर्यौट गर्न सकेको छैन । वन सम्बन्धि अपराधहरूमा बिशेष गरिवन्यजन्तु अपराध, अखेटोपहारबेचबिखन, आगो लगाउने लगायतको अपराध पर्ने गरेका छन । गत आर्थिक बर्षमा वन्य जन्तु सम्बन्धि अपराधमा ३ वटा मुद्दा दर्ता गरिकार्यालय ति तिनवटै मुद्दा किनारा लगाएको छ । बंदेल मार्ने, जरायोको सिंग राख्ने, सुन गोहोरो मार्ने बिभिन्न ब्यक्तिहरूलाई कार्यालयले मुद्दा चलाई जरिवाना तिराएको छ । बिभिन्न मुद्दामा गरिकार्यालयले २४ जनालाई प्रतिवादी बनाएको वन अधिकृत लामिछानेले बताए ।
यो संख्या जिल्ला वन कार्यालयले चलाएको मुद्दाको मात्रै हो । यस बाहेक बिभिन्न ईलाकाहरूमा घटेका अपराधहरू सिधै अदालतमा जाने गरेको छ । २०७३र०७४ मा ९ वटा र२०७४र०७५ मा ५ वटा गरि १४ वटा काठ चोरीको मुद्दा जिल्ला अदालतमा बिचाराधिन अवस्थामा रहेको छ । यसै गरि१ वटा वन्यजन्तु सम्बन्धी र१ वटा जडिबुटी सम्बन्धी मुद्दा पनि जिल्ला अदालतमा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी