© २०२३
माओवादी जनयुद्धमा ७ वर्ष पूर्णकालिन कार्यकर्ता भएरभूमिगत जीवन बिताएकी रोल्पा नगरपालिका–४ की भूमिका थापा आचार्य अहिले सफल उद्यमीको रूपमा आफूलाई स्थापित गर्दैछिन । जिल्लामै उत्पादीत अल्लोबाट कपडा तयारगर्ने गरिउनी सहित ११ जनाको लगानीमा खोलिएको उक्त उद्योग वनमा आधारित उद्योग हो । वनमा उत्पादित अल्लो प्रशोधन गरितयारभएको कपडावाट कोट, ईष्टकोट, व्याग,पर्स लगायतका सामान उत्पादन हँुदै आएको छ । लामो समय भारतीय सेनामा विताएका रोल्पा नगरपालिका–४ का रामबहादुरवुढाथोकी फर्निचरउद्योगी भएका छन् । सदरमुकाममा स्थापना गरिएको उद्योगवाट माग अनुसारको फर्निचरउत्पादन गरेका उनले प्रत्यक्ष अप्रत्क्ष रूपमा आधा दर्जन बढीलाई रोजारी दिएका छन् । दराज, कुर्सी, टेबुल, वेञ्च, सोफासेट, खाट जस्ता सामान उत्पादन गर्दै आएको उनको उद्योगको कच्चा पदार्थको श्रोत सामुदायिक वन र निजी वन हो ।
आचार्य रबुढाथोकी मात्र होइन वनसँग आबद्ध रहेका रोल्पालीहरूले वनमा हुने बिभिन्न खालका बनस्पतीसंग जोडिएको उद्योग, व्यापारबाट लाखौंका हरिया नोट कमाइरहेका छन् । जीवन धानिइरहेका छन् । वनमा आधारित उद्योग संचालन गरेरस्वरोजगारवन्ने तथा रोजगारीका अवसरसिर्जना गर्ने वनमा आधारित घरेलु उद्योग संख्या रोल्पामा प्रशस्तै छन । वेरोजगारभई वैदेशिक रोजगारीमा गएकाहरू, विभिन्न काम विशेषले नेपाल वाहिरवस्ने अवसरपाएकाहरू रमाओवादी जनयुद्धमा सहभागी भएकाहरूद्वारा जिल्लामा यस्ता उद्योग खोलिएका छन । विदेशमा यस्ता उद्योग सफल रूपमा चलाएको देखेकाहरू तथा विगतमा माओवादीले संचालन गरेको जनयुद्धमा समेत उद्योग विभागका काम गरेको अनुभव संगालेकाहरूमा घरेलु उद्योग प्रति मोह देखिएको बताइन्छ ।
जिल्लाका कुल क्षेत्र मध्ये ५०.२८ प्रतिशत वन क्षेत्रले ओगटेको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाको कुल क्षेत्रफल १ लाख ८७ हजार१५० हेक्टरमध्ये ९४ हजार९७ हेक्टरमा वन क्षेत्र फैलिएको छ । सल्ला यहाँको मुख्य प्रजातीको रूपमा रहेको छ । खोटो संकलन, फर्निचरउद्योग संचालन लगायतका काममा सल्लाको प्रयोग गर्ने गरिन्छ । गैरकाष्टको रूपमा टिमुर, लोक्ता, अल्लो, चिउरी जस्ता प्रजातीहरू पाईन्छन । सल्लोबाट फर्निचरउद्योग, अल्लोवाट कपडा उद्योग, लोक्तावाट नेपाली कागज उद्योग रचिउरीवाट घिउ उत्पादन गरिँदै आएको छ । जिल्लामा टिमुरउत्पादन समेत अधिक हुने भए पनि टिमुरप्रशोधन उद्योग भने जिल्लामा स्थापना गरिएको छैन ।
जिल्लामा सल्लाको खोटोका साथै गैरकाष्ट वनपैदावरको रूपमा चिराइतो, टिमुर, तेजपात, सुगन्धवाल, पाषणवेद, काउलाको बोक्रो विषफेज, दालचिनिको बोक्रा, जटामसी, कुरिल्लो, सुगन्ध कोकिला, गुच्ची च्याउ जस्ता सयौं थरिका जडिवुटीहरू पाईन्छन । खोटोको साथै अन्य जडीवुटीवाट समेत ठूलो रकम आम्दानी हुने गरेको छ । सरकारद्वारा व्यवस्थित वनबाट मात्रै गत आर्थिक वर्षमा करिब १६ लाख आम्दानी भएको जिल्ला वन कार्यालय रोल्पाको अभिलेखमा उल्लेख गरिएको छ । सामुदायिक वन रनीजि जग्गामा लगाइएका जडीवुटी विक्री वितरणवाट वार्षिक करोडौ रूपैयाँको कारोवारहुने गर्दछ । सामुदायिक वन रनीजि जग्गा धनिले सिधै स्थानीय संकलकलाई जडिवुटी बिक्री गर्ने भएकाले त्यसको आधिकारिक तथ्यांक थाहा पाउन सकिएको छैन । जिल्लामा रहेका सामुदायिक वन मध्ये १ सय १५ वटा सामुदायिक वनहरूवाट गत वर्ष झण्डै २६ लाख किलोग्राम खोटो निकासी भएको थियो । त्यसरी निकासी भएको खोटोबाट जिल्लाका सामुदायिक वनको खातामा २ करोड ६० लाख ४१ हजाररूपैयाँ जम्मा भएको थियो । यसैगरिप्रतिकिलो ८० पैसाका दरले जिविस करस्वरूप विभिन्न ७ वटा खोटो कम्पनीहरूले करिब २१ लाख रकम वुझाएका थिए । यसैगरिमूल्य अभिवृद्धी करस्वरूप करिव ३४ लाख रूपैयाँ खोटोबाट जम्मा गरिएको थियो ।
जिल्ला वन कार्यालय रोल्पा रसहयोगी संस्थाहरूले अघिल्लो वर्ष जडीबुटी सम्बन्धी विभिन्न तालिमका साथै नर्सरी स्थापनामा सहयोग गरे पनि जिल्लामा जडिवुटी खेती विस्तार, व्यवसायीकरण तथा बजारीकरणमा ठूलो लगानी भएको छैन । जिल्ला वन कार्यालयले पकेट क्षेत्रको रूपमा टिमुरखेती विस्तार, टिमुरप्रशोधन, चिउरी प्रशोधन प्लान्ट स्थापना लगायतका कामको सुरुवात भने केही वर्षयता गर्न थालेको छ ।
जिल्ला वन कार्यालय रोल्पाको अभिलेख अनुसारजिल्लामा ५१ वटा वनमा आधारित उद्योग दर्ता भएका छन । जसमध्ये ३५ वटा काष्ठ तथा फर्निचरउद्योग रहेका छन । यसैगरि४ वटा हाते कागज उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका वनमा आधारित उद्योग अन्तर्गत ४ वटा जडिबुटी तथा मसला उद्योग रहेका छन् । यसैगरिजिल्लामा ८ वटा अल्लो उद्योग दर्ता रहेका छन् । यसका अतिरिक्त कैयौं उद्योगहरू दर्ता विना संचालनमा ल्याइएको बताइएको छ । सानो मेसिन जोडेरसंचालन गरिएका घरेलु उद्योगहरू दर्ता नगरिएको वताइएको छ । वनमा आधारित उद्योगवाट स्वरोजारहुने तथा रोजगारी सिर्जना गर्ने संख्या बढे संख्या रोजगारी खोज्न बाहिरजाने मात्रा समेत घट्दै गएको वताईन्छ । उद्योगहरूवाट सफलता हासिल गरेका उदाहरण समेत देख्न सकिन्छ ।
रोल्पाको आफ्नै उत्पादन अल्लोेलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित अहिले उद्योगले अल्लोको कपडा तयारगर्न थालेको छ । सदरमुकाम लिवाङमा अल्लो उद्योग संचालन गरिरहेकी भूमिका थापाले वताईन । जिल्ला बाहिरवाट आउने पाहुनाहरू अल्लोका सामान किन्न मेरै उद्योगमा पुग्ने गरेका छन थापाले भनिन । निजमाति कर्मचारी, सेना रप्रहरीमा समेत अल्लोबाट निर्मित कोट, ईष्टकोट तथा टोपी प्रयोग गर्ने मात्रा बढे सँगै अल्लोको माग समेत बढेको छ थापाले भनिन् ।
जिल्लाका स्थानीय तहले समेत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै अल्लोबाट निर्मित पोषाकलाई औपचारिक पोशाक वनाउने निर्णय गरेका छन् । रोल्पा नगरपालिका रसुनछहरी गाउँपालिकाले उक्त निर्णय गरेरपोषाक तयारी समेत गरिसकेका छन् थापाले भनिन । पुरुष जनप्रतिनिधिका लागी अल्लोको कोट रमहिला प्रतिनिधिका लागी अल्लोको कोट तथा स्थानीय उद्योगवाट निर्मित उनी कपडाको साडी तयारगरिदिएका छौं थापाले भनिन । जिल्लाका अन्य स्थानीय तहवाट समेत अर्डरआउने क्रम चलिरहेको छ थापाको थापाको भनाइ छ । आफुसंगै ९ जना महिला दिदी वहिनीहरूले काम गर्ने गरेको थापाले वताईन । कामको आधारमा हरेकले मासिक ५ देखि २० हजारसम्म कमाई गर्छन् थापाले भनिन् । उद्योगको निरन्तरता रदीगोपना मुख्य चूनौती रहदै आएको उद्योगीहरूले बताएका छन् । विगतमा घरेलु तथा साना उद्योग विकास समितिको प्राविधिक सहयोग तथा मेडेम रजिल्ला विकास समितिको आर्थिक सहयोग हँुदा मेसिन औजारखरिदमा सहजता हुदै आएको थियो । स्थानीय तहको गठन संगै यी संरचनामा देखिएको अस्तव्यस्ताले आफूहरूलाई पनि प्रभाव पारेको उद्योगीको भनाई छ । आधुनिक प्रविधि रमेसिन औजारविना प्रतिस्पर्धाको वजारमा टिक्न गाह्रो हुने भएकाले यस तर्फ स्थानीय सरकारहरूले सहयोग गर्ने उद्योगीको आपेक्षा रहेको देखिन्छ । वनको दीगो व्यवस्थापनको माध्यमवाट सतत उपयोग गरे वन क्षेत्रवाट रोजगारी सिर्जना गर्न सकिने सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मानसिं डागीको भनाइ छ । विगतमा एक सामुदायिक वन एक उद्यमको नारा अगाडि सारिए पनि नारा अनुसारको नीति रसहजीकरण नहुँदा सामुदायिक वनले चाहेरपनि काम गर्न सकेनन् डाँगीले भने । वनबाट संवृद्धी हासिल गर्ने हो भने राज्यले एक वन एक उद्यमको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ अध्यक्ष डाँगीले भने ।