© २०२३
माछाको भुरा उत्पादनमा मत्स्य विकास केन्द्र, भैरहवा ब्राण्ड बनेको छ । शुद्ध नश्लको मस्त्य बीज तथा फ्यूचर ब्रुड ट्यागसहित बिक्री वितरणमा केन्द्रले ब्राण्डको पहिचान बनाएको हो । नेपालभर शुद्ध नश्लको माउ व्यवस्थापन तथा मत्स्य बीज व्यवस्थापन गर्ने एक मात्र केन्द्र भएपछि केन्द्र संघीय संरचना अन्तर्गत परेको छ । कृषि विभाग अन्तर्गत देशभर ११ वटा कार्यालयमध्ये यस प्रकृतिको काम गर्ने केन्द्र यो मात्र हो ।
मत्स्य विकास केन्द्रका प्रमुख तथा मत्स्य विकास अधिकृत महेशचन्द गुप्तका अनुसार आर्थिक बर्ष २०६७÷०६८ देखि चीनबाट माछा ल्याई शुद्ध नश्लको बीज उत्पादनको थालनी गरिएको हो । जुन परिक्षणका लागि पोखरी नै छुट्याइ चार जातका चीनियाँ माछा राखिएका छन । पोखरीमा कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्प जातका माछाहरु रहेको उनले बताए । यसबाट उत्पादन भएको भुरा २० ग्रामभन्दा माथिको तौल भएपछि ति भुरामा पिट ट्याग राखि शुद्धता कायम गरिएको उनले जानकारी दिए । यसरी ट्याग लगाइएको भुरा सरकारी तथा नीजि ह्याचरी र नर्सरीकर्तालाई बिक्री वितरण गर्ने गरिएको छ । त्यसबाट उत्पादन गरिएको माछाको भुरा मत्स्य कृर्षकहरुलाई बिक्री वितरण गरी माछाको उत्पादनमा बृद्धि गरी किसानको आम्दानी बढाउने सरकारले लक्ष्य राखेको छ ।
माछाको भुरालाई ट्याग लगाउने प्राबिधिक काम केन्द्रकी मत्स्य विकास अधिकृत लक्ष्मी कार्कीले गर्ने गरेकी छिन् । विगत तीन बर्षदेखि केन्द्रको शुद्द नश्ल बीज उत्पादनमा ट्याग लगाउँदै भूमिका निर्वाह गर्दै आएकी छिन् । सरकारी तथा निजी ह्याचरी फार्ममा रहेका पुराना माउहरु क्रमिक रुपमा विस्थापित गर्दै ट्याग गरीएका शुद्ध नश्लका फ्युचर ब्रुरुडहरु उपलव्ध गराउने र गुणस्तरयुक्त मत्स्य विज उत्पादन तथा विक्री वितरण गर्ने उद्देश्यले केन्द्रमा शुद्ध नश्लको बीज उत्पादन गरिएको उनले बताइन । यसले माछाको गुणस्तर राम्रो हुन्छ । माछा ठूलो हुन्छ । माछा छिटो बढ्छ । माछामा रोग लाग्ने संभावना कम हुन्छ र माछाको जातीय शुद्धता हुन्छ भन्ने तर्क छ । जसलाई मत्स्य पालनको क्षेत्रमा आमा जस्तै शुद्ध (त्चगभ तय ःयतजभच० भन्ने गरिन्छ ।
अधिकृत कार्कीका अनुसार माछामा लगाइने एक ट्यागको मूल्य ४ सय २५ रुपियाँ पर्दछ । उनले ९ एम एमको बायोमार्क कम्पनीको ट्याग प्रयोग गर्ने गरिएको बताइन । ट्याग गरिएको भुरा किसान तथा फर्महरुलाई ४ सय २५ मूल्यमा ७५ प्रतिशत अनुदान दिई प्रतिगोटा २५ रुपियाँ जोडेर प्रति गोटा १ सय ३२ मा बिक्री वितरण गर्ने गरेको जानकारी दिइन ।
कार्कीले जनकपुर, हेटौडा, चितवन, कैलाली, बाँके, नवलपरासी, धनुषा, सिराहा, रुपन्देही, पर्सामा बिक्री वितरण गरिरहेको छ । उनले चार हजार ट्याग गरिएका भुरा बिक्री गरिएको बताइन । भैरहवाको मत्स्य विकास केन्द्र कृषि विभाग अन्तर्गत देशभर ११ वटा कार्यालयमध्ये ४ वटालाई संघीय अन्तर्गत राखेको छ । त्यसमध्ये शुद्ध नश्लको माउ व्यवस्थापन तथा मत्स्य बीज कार्यक्रम संचालन गर्ने यो मात्र केन्द्र हो । प्रयोगशालाको रुपमा रहेको काठभाण्डौं, तालिमको रुपमा जनकपुर, प्राकृतिक जलाशय हेर्नका लागि हेटौडा र शुद्ध नश्लको लागि भैरहवालाई कायम गरिएको हो । आर्थिक बर्ष २०७४÷०७५ मा मत्स्य विकास निर्देशनालय अन्तर्गतका कार्यालयहरुमध्ये मत्स्य विकास केन्द्र, भैरहवा उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ ।