ट्रेंडिंग:

>> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास

भुकम्प प्रभावितलाई चिसोबाट बचाउ

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

जाजरकोट भुकम्प प्रभावितहरू भुकम्प गएको करिब तीनसाता हुँदापनि त्रिपाल र टहरामै बस्न बाध्य भएका छन । सरकारको फितलो समन्वयका कारण १० जना भुकम्प पीडितको चिसोकै कारण ज्यान गएको छ । प्रभावितहरूले जाडोको बेलामा पनि टहरा र त्रिपालमै दिनरात बिताउनु परेको भन्दै सरकारप्रति तीब्र असन्तुष्टी जनाएका छन । सरकारले एकद्वार प्रणालीमार्फत राहत संकलन र बितरणको काम गर्ने भनेपनि राहत वितरणमा राजनीति हावी भएको देखिएको छ । सरकारको ढिलासुस्ती र गैरजिम्मेवारीले भुकम्प पीडितहरूले सास्ती पाएका छन । अझैपनि अधिकांश भूकम्प प्रभावितहरू अझै टहरामै बस्न बाध्य छन् । जाडो मौसम शुरू भैसकेको छ । यो वर्ष अति प्रभावित क्षेत्रका भूकम्पपीडितहरू जाडोमा कठ्याग्रिनु पर्ने निश्चितजस्तै छ । सरकारबाट दिने भनिएको अनुदान रकम समयमै उपलब्ध हुन सकेको छैन । विभिन्न राजनैतिक दलका कार्यकर्ताहरूले भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा संलग्न हुने भनिएपनि प्रभावकारी काम हुन सकेको छैन । राजनीतिक दल तथा नेताहरूले भूकम्पपीडितहरूलाई सपना बाँड्दै छन् । तर भूकम्पपीडितको अवस्था भने जस्ताको त्यस्तै छ । यो जाडोमा पनि भूकम्पपीडितहरूले जाडोमै टहरामा कठ्याङ्ग्रिनुपर्ने निश्चित छ । नेपाली कांग्रेस र नेकपा एमालेले भुकम्प प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्तालाई खटाएका छन । त्यहाँ अहिले पुनर्निर्माणको भन्दा पनि चिसोबाट बचाउन नागरिकलाई न्यानोका आवश्यकता छ । त्यसतर्फ सरकार र राजनैतिक दलहरूले बढी चिन्ता गर्नुपर्ने छ । अर्कोतर्फ विदेशबाट भुकम्प पीडितका लागि आएको सहायता सामाग्री बितरणमा समेत मनोमानी भएको र अनियमितता देखिएको छ । सरकारले समन्वय गर्ने भनेको छ तर समन्वयकारी भूमिका निर्वाह गर्न सकेको छैन । कतै भुकम्प पीडितका नाममा आएको सहयोग र सहायता सामाग्री दुरूपयोग हुने चिन्ता बढेको छ ।

भुकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भनेको स्थानीय जनतालाई चिसोबाट बचाउनु हो । त्यहाँ अहिलेपनि सयौं स्थानीय भुकम्प प्रभावित विरामी परेका छन । सुत्केरीले पोषण पाएका छैनन, उनीहरूको नाबालक बालबालिकाहरूका लागि औषधीको समेत ब्यवस्था छैन । चिसोले हुने दम, निमोनिया लगायतका रोगका कारण थला परेको अवस्था छ । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । विशेषज्ञ चिकित्सकको खाँचो देखिएको छ । अर्कोतर्फ सरकारले राहत सामाग्री उपलब्ध गराएपनि साँझ विहानको छाक टार्न र पकाउने सामाग्रीको अभाव भएको भन्दै पीडितहरूले गुनासो गरेका छन । त्यसतर्फ सरकारको ध्यान पुगेको छैन । तत्कालका लागि त्यहाँ अझैपनि राहतलाई प्रभावकारी बनाउनु जरुरी छ । त्यसपछि बल्ल पुनर्निर्माणको कामलाई गति दिनुपर्दछ । तसर्थ सरकारले भुकम्प पीडितहरूलाई त्रिपाल र टहरामा बसिरहेकाहरूलाई सुरक्षित बनाउनु जरुरी छ । अधिकांश घर भत्किएकोले तत्कालै सवै घर बनिसक्ने अवस्था नभएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्डका सामूहिक बासस्थानको व्यवस्था गर्नु जरुरी छ । त्यसतर्फ सरकारको ध्यान जाओस् । चिसो बढ्दै गएकोले भुकम्प पीडितहरूलाई चिसोबाट बचाउने र उपचार सेवा प्रभावकारी बनाउनेतर्फ कमी नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?