ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?

मणिग्राम मेलाको आकर्षण बन्यो हल गोरुले उखु पेलेर खुदो पकाएको दृश्य

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

तिलोत्तमा,२ मंसिर ।   पराल दाईं लगाए झैं गरी एकजनाले हल गोरु खुल्ला चौरमा घुमाइरहेका हुन्छन् । तर पराल भने छैन । हल गोरु घुमिरहेको ठाउंको बीचमा अर्का एकजनाले मेसिनमा उखुका लामा लामा लांक्रा घुसारिरहेका हुन्छन् । अनि हल गोरु घुम्दा उखुका लांक्रा पेलिएर रस बन्छ । रसलाई ठूलो भांडामा जम्मा गरिएको हुन्छ । अनि छेउैमा तन्दुर रोटी पकाउने भट्टी जस्तै बडेमानको रसेटो (चुल्हो) छ । त्यहांका दुईवटा चुल्हामा ७० लिटर अट्ने डेक्ची छन् । जुन डेक्चीमा उखुको रस पाकेर खुदो बनिरहेको हुन्छ ।

मेला हेर्न आएका दर्शकले त्यो तातो खुदो किनेर गिलासमा चिया जस्तै खाइरहेका हुन्छन् । संगै रहेको स्टलमा जगमा तातो खुदो, तयारी खुदोको बोतल, गुड, मकैको आटो,कोदोको पीठो, टिमुरको छोप लगायत अर्गानिक खानेकुरा र मकैबाट बनेका चिजबल,पोला आदि सजाएर राखिएको हुन्छ । यो दृश्य तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा सञ्चालन गरेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सवको हो ।

हिपत (हिमाल पहाड तराई) फुड प्रोडक्ट तिलोत्तमा ४ नयांमिलले राखेको यो स्टलको दृश्यले मेला हेर्न आउने जोकसैको ध्यान तानिरहेको हुन्छ । सांस्कृतिक कार्यक्रम हुने स्टेजको अगाडि पट्टी रहेकाले पनि यो स्टलमा धेरैजनाको नजर गइहाल्छ । खासगरी शहरमा हुर्केका बालबालिका र किशोर किशोरी यो दृश्य विल्कुलै नौलो र रोचक मानेर झुम्मिएर हेर्ने गरेका हुन्छन् ।

‘धेरैजना मेलामा हल गोरु ल्याएर किन घुमाएको होला भनेर एकछिन अचम्म पर्छन्’–हिपत फुड प्रोडक्टका सञ्चालक शिवलाल गौतमले भने–‘वास्तवमा हाम्रो स्टल मेलाको नौलो र दर्शकको लागि आकर्षण बनेको छ ।’ आफ्नो स्टलमा खुदो खाने मात्र हैन, तयारी खुदो, गुल्मी थोर्गाको गुड, मकैको आटो,कोदोको पीठो, टिमुरको छोप खरिद गर्ने र अर्गानिक खानेकुराबारे चासो राख्ने दर्शक र उपभोक्ताको उत्साहजनक आगमन हुने गरेको शिवलालले बताए । खुदो र गुड आफन्तलाई दिन र विदेशमा पाहुर पठाउन पनि विक्रि हुने गरेको उनले बताए ।

२०६४ सालमा बिजी ग्रुप नामबाट ३० लाख लगानीमा गुड र खुदो बनाउने गरी शुरु भएको व्यवसाय २०७४ मा नयांमिलमा कोल्डस्टोरसहित स्तरोन्नति भएर ४ जनाको एक करोड २० लाख सामूहिक लगानीमा हिपत फुड प्रोडक्टको नामबाट सञ्चालन भएको
गौतमले बताए । शिवलालसंगै केशव अधिकारी, हरि पौडेल र घनश्याम पौडेलको साझेदारीमा चलेको उद्योगले हाल मकैबाट चिजबल र पोला (ढुंग्रो) उत्पादन गरिरहेको छ । खासगरी गोरु घुमाएर उखु पेलेर खुदो बनाउने काम गर्ने यस क्षेत्रमा आफूहरु मात्र भएकाले पनि मेला आयोजकहरुले जसरी पनि स्टल राख्न अनुरोध गर्ने गरेको केशव अधिकारीले बताए ।

तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले हिपत फुड प्रोडक्टको स्टल मेलाको आकर्षण बनेको स्वीकार्छन् । ‘मेलामा औद्योगिक उत्पादन,कृषि,गार्मेन्ट,रेष्टुरेन्ट,आदिका तीन सय स्टल छन् तर उखु पेलेर खुदो बनाएको लाइभ हेर्न पाइने यो स्टल धेरैका लागि नौलो भएको छ’–उनले भने ।
तिलोत्तमाको भलबारीबाट मेला हेर्न आएका प्रितम पाण्डेले रुघाखोकी,पिनास,टन्सिलको समस्यालाई तातो खुदो खांदा राम्रो हुन्छ भन्ने बुढापाकोको भनाई सुनेर खुदो खान मेलामा आएको बताए ।
सरकारी निकायले खुदो र गुडमा समेत अन्तशुल्क कर लिंदा आफूहरुलाई व्यवसायलाई निरन्तरता दिन कठीन भएकाले यसमा पुनर्विचार गरिदिन सञ्चालक शिवलालले सरकारसंग आग्रह गरे । उद्योगले २५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको भन्दै सरकारी निकायले खुदो र गुडमा कर छुट दिएमा यसको उत्पादन बढाउन र थप रोजगारी सिर्जना गर्न सकिने शिवलाल बताउंछन् ।

मिलबाट प्रशोधन भई बनेको चिनीको तुलनामा गुणस्तरीय गुड मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक भएकाले सरकारले यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उद्योग सञ्चालकहरुको माग छ ।
मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले कृषिजन्य र त्यसमा पनि अर्गानिक उत्पादन गर्ने उद्योगीका माग सरकारले सुन्नुपर्ने र उद्योगी तथा किसानका माग सरकारसम्म पुराउन यस्तो मेला महोत्सवहरुले पनि भूमिका खेल्ने बताउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission