© २०२३
आमाको हत्या अनि बाबु जेलमा । उनीहरुका छ सन्तान बिचल्लीमा परेका छन् । घटना हो, बा“के कोहलपुर नगरपालिका— ४ बेलनपुरको । गत वर्ष सोही ठाउ“का मोहम्मद अस्ताव बेडुवाले फलसुनको बिभत्स तरिकाले हत्या गरेका थिए ।
हत्यापछि उनी आफै इलाका प्रहरी कार्यालय कोहलपुर पुगेर आत्मसर्मपण गरेका थिए । ज्यान सम्बन्धी मुद्दामा उनी बा“के कारागारमा छन् । आमाको हत्या र बाबु जेलमा परेपछि बालबालिकाको बेसाहारा बनेका छन् । उनीहरुको न बस्ने टुङ्गो छ नत खाने नै । गाउ“मा कसैले खान दिए पेट भरिन्छ नत्र भरिन्न् । कतिसम्म भने यि अवोध बालबालिका अर्काको काम गर्न बिबश छन् ।
उनीहरुको घर बन्द छ । ढोकामा ताला लगाईएको छ । सबैभन्दा कान्छी छोरी दुई वर्षकी
भईन । जेठो दश वर्षको भए । जेलमा रहेका बेडुवाकी बुहारी आसरा खानले बालबालिकाले पढ्न नपाएको बताईन । आफुले सकेजति सहयोग गरेको बताउ“दै भनिन्—‘ हाम्रो पनि अवस्था राम्रो छैन । जति सकिन्छ गरेका छौं ।’ उनले आफ्नो समेत आर्थिक अवस्था कमजोर भएकाले उनीहरुलाई सहयोग गर्न नसकेको बताईन । कसैले सहयोग गरिदिए राहात सुन्दरियाले बताईन ।
जेठो छोरा अस्ताफले कहिलेका“ही गाउ“मा काम गरेर गुजारा चलाउने गरेको बताए । उनले भने,—‘भाई बहिनीका लागि भए पनि मजदुरी गरिरहेको छु । जति पैसा दिन्छन् त्यतिले भाई बहिनीहरुलाई केही किन्छु ।’ उनले भाई बहिनीहरु रुदै आमालाई सम्झिने गरेको पनि बताए । ‘ बहिनी त राती सुत्दा समेत रुन्छिन् तर हामीले के नै गर्न सक्छौं ?’ उनले भने—‘ सम्झाउनै मुस्किल पर्छ ।’
दुई श्रीमती बिहे गरेका बुवा अस्तावले गत साउन काखे कान्छी छोरीलाई लिएर घरबाहिर निस्किएकी श्रीमतीको घाटी रेटेर बिभत्स तरिकाले हत्या गरेका थिए । हत्यापछि बेसाहारा रहेका बालबालिका सहाराको खोजीमा छन् ।