ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

रुपन्देहीमा हेल्लो साक्षी अभियान

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सरकारवादी (फौजदारी) मुद्दालाई लक्षित गरी हेलो साक्षी अभियानको थालनी गरेको छ । मुद्दालाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले अभियानको थालनी गरिएको कार्यालयले जनाएको छ ।
बिहीबार सरकारवादी ४ वटा मुद्दामा साक्षीलाई उपस्थित गराई वकपत्र गरी अभियानको थालनी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ता कोषहरि निरौलाले बताए । कार्यालयले बहुबिबाह, मानव बेचविखन, लागूऔषध र जवरजस्ती करणी मुद्दाका साक्षीहरुलाई अदालतमा उपस्थित गराई अभियानको सुरुवात गरेको हो । सरकारवादी मुद्दामा यसरी साक्षी अदालतमा उपस्थिति गराइएको यो पहिलो हो । खासगरी साक्षीको बयान पीडक पक्षले सजिलै थाहा पाउने हुँदा सुरक्षालाई ख्याल गरी साक्षीहरुले वकपत्र नदिने गर्दछन् भने स्वयं व्यक्ति अदालतमा उपस्थिति भई बयान दिनु पर्ने जस्ता कारणले पनि साक्षीहरु खुलेर बयान दिन मान्दैनन् र उपस्थित पनि हुँदैनन् । यस्तै आर्थिक अवस्था, टाढा टाढाबाट आउँदा झन्झटिलो हुने जस्ता कारणले पनि साक्षी सहजै वकपत्र गर्न आउँदैनन् ।
यसैलाई मध्यनजर गरी महान्यायधीवक्ताको कार्यालयले सबै जिल्लाहरुमा हेलो साक्षी अभियानको थालनी गर्न वकिल कार्यालयलाई निर्देशन दिएको थियो । न्यायधीवक्ता कार्यालयको अभियान अन्तर्गत रुपन्देहीमा पनि साक्षी अभियान थालिएको हो । सरकारले सरकारवादी मुद्दालाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले साक्षी अभियान थालनी गरेको न्याधिवक्ता निरौलाले बताए । सरकारवादी मुद्दामा साक्षी बस्नेलाई सरकारले दैनिक खर्च व्यहोर्ने समेत भएको छ । सरकारवादी मुद्दामा वकपत्र गर्न आउने साक्षीलाई वकपत्र पश्चात् नेपाल सरकार राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले पाउने सरहको दैनिक भ्रमण भत्ता पाउने व्यवस्था गरिएको छ । उक्त भत्ता प्रहरीले उपलब्ध गराउने रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।
अदालतका श्रेस्तेदार संजीव पोखरेलले साक्षी नहुँदा पीडक पक्षका वकिलहरुले मुद्दा सार्दै आउँदा पीडित झनै पीडामा पर्ने बताए । उनले अभियानको थालनीले साक्षी स्वयं अदालतमा उपस्थित भई वकपत्र गरेपछि पीडितहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । प्रमाण ऐन २०१३ को दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित कानून बमोजिम तयार भएको कुनै लिखितमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन सकिने कानूनी व्यवस्था छ । साक्षीले बयान दिएपछि अनुसन्धान गर्ने प्रहरी, मुद्दा दायर गर्ने सरकारी वकिल कार्यालय दुवैलाई प्रमाण जुटाउन सहज हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?