ट्रेंडिंग:

>> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

अनोमाघाटमा पर्यटन पूर्वाधारको आशा

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

नवलपरासी, ३ असोज । जिल्लाको सुस्ता–५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रूपमा विकास गाउँपालिकाले चालु आर्थिक बर्षमा पुर्वाधार विकासका लागि पन्द्र लाख बजेट विनियोजन गरेको छ । नेपालको बोधगया भनेर बौद्धतिर्थ स्थल बनाउनमा काम गर्दै आएको गाउँपालिकाले डिपिआर अनुसारकै काम गर्न पालिका स्तरिय योजनाबाट सो रकम विनियोजन गरेको हो ।

कम आन्तरिक आय भएको सुस्ता गाउपालिकाले उक्त स्थानमा आवश्यक पर्यटकिय पुर्वाधार बनाउनका लागि यो बर्ष पन्ध्र लाख रुपियाँ विनियोजन भएको गाउपालिकाको रातोकिताबमा उल्लेख गरिएको छ । डिपिआरमा उल्लेखित डिपिआरको आधारमा कुन पुर्वाधार तत्कालै आवश्यक छ, त्यसबारे आन्तरिक छलफल गरेर काम हुने गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट (ठाढीघाट) मा पुगेर महाभिनिष्क्रमण लिएको बौद्ध ग्रन्थहरूमा उल्लेख छ । सो कुरालाई आम जनमानसमा झल्काउने गरि तत्काल घोडा, सिद्धार्थ गौतमले मुण्डन गरेको स्थान,सारथी छन्नालाई राजसी पोशाक हस्तान्तरण गर्दै गरेको मूर्ति पनि बनाउन सकिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । ती मूर्तिलाई सिसाले घेरेर सिसमहलको स्वरूप पनि हुने गरि पर्यटक आकर्षित गर्ने पुर्वाधारमा उतm रकम खर्च हुने भनाइ उनको थियो । अनोमाघाटमा काम गर्नका लागि करोडौ बजेट खर्च हुन्छ,त्यसका लागि लुम्बिनी प्रदेश सरकार र संघिय सरकारसँग पनि पहल भई रहेको अधिकृत पौडेलले जनाए ।

सिद्धार्थ गौतम आफ्नो छोरा राहुल र पत्नि यशोधरालाई छाडेर रातीको बेला सारथी छन्ना सहित घरबाट निस्कदा पुर्व दिसामा निस्केका थिए । त्यो बेला शाक्यहरूको कपिलबस्तु राज्य र कोलियहरूको कोलिय गणराज्य भित्र मित्रवत सम्बन्धका कारण सिमा बन्देज थिएन् । तर अनोमा नदी हालको गण्डकी नदी पारी मगध समराज्यको सिमा पर्ने हुदा आर्को राज्यको सिमा भित्र एक राजकिय ब्यक्ति प्रवेश गर्दा सैनिक अनुमति चाहिन्थ्यो,तर सिद्धार्थ कसैलाई जानकारी नदिई गोप्य रूपमा गृह त्याग गरेका कारण त्यस्तो अनुमति पाउने अवस्था पनि थिएन् ।

गृहत्याग गरे पछि फेरी फर्कने अवस्था पनि थिएन् । तर मगधमा सन्यासीलाई कुनै प्रकारको रोक तोक थिएन् । खुल्ला रूपमा घुमफिर गर्न पाउथे । त्यो भएर सिद्धार्थ त्यही अनोमा घाटमा नै राजकिय पोशाक झिके,कपाल मुण्डन गरि सन्यास धारण गरे घोडा कन्टक र सारथी छन्नालाई त्यहीबाट फर्काई दिए । ज्ञान अर्थात बोधीको खोजीमा त्यहीबाट प्रस्थान गरेको कुरा उल्लेख पाईन्छ । उनको बोधी यात्राको अन्तिम स्थान मगधकै बोध गया भयो,भन्ने प्रस्थान विन्दु कोलिय राज्यको अन्तिम सिमा अनोमाघाट भयो । अनोमाघाट अहिले नेपालमा पर्छ । बोधीको प्रस्थान विन्दु अनोमाघाट भएको हुदा सो अनोमाघाटलाई महाभिनिष्क्रमण स्थल मात्रै नभई नेपालको बोध गया भनेर पनि गाउपालिकाले चिनाउने कार्यमा लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?