ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

लुम्बिनीमा होटल अतिथि सत्कार तालिम, सेवा गुणस्तर सुधारमा जोड

२८ कार्तिक २०८२, शुक्रबार
२८ कार्तिक २०८२, शुक्रबार

लुम्बिनी, २८ कात्तिक ।

लुम्बिनी क्षेत्रमा पर्यटक बसाइ लम्ब्याउने र होटल व्यवसायमा सेवा गुणस्तर वृद्धि गर्ने उद्देश्यले “होटल अतिथि सत्कार तालिम” सम्पन्न भएको छ। पाँच दिने यस तालिमको आयोजना लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा भएको थियो भने यु.एन.डी.पी. र पर्यटन परिषदको सहयोग रहेको थियो।

तालिममा लुम्बिनी र वरपरका होटल, रेस्टुरेन्ट तथा ट्राभल व्यवसायमा संलग्न ३० जना सहभागीले ग्राहक सेवा, आतिथ्य शिष्टाचार, स्वच्छता, संवाद कौशल र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरे ।

कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजनले गरेकी थिइन् । उनले होटल व्यवसायलाई पर्यटन प्रवद्र्धनको मुख्य आधार भन्दै सेवाग्राहीप्रति आत्मीयता, मुस्कान र व्यावसायिकता देखाउन आवश्यक रहेकोमा जोड दिइन् ।

तालिमका प्रशिक्षक लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले स्थानीय तहको पर्यटन क्षेत्रमा भूमिका र जिम्मेवारीबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइन् । उनले पर्यटन पूर्वाधार विकास, सरसफाइ, आतिथ्य सत्कार प्रवद्र्धन र जनचेतना अभिवृद्धिमा स्थानीय तहले महत्वपूर्ण योगदान गर्न सक्ने बताइन् ।

यसैगरी डा. हरिध्वज राईले लुम्बिनीको पर्यटनको हालको अवस्था, समस्या र सुधारका उपायबारे प्रशिक्षण दिनुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक दयानिधि गौतमले बुद्ध शिक्षामा पेशा, व्यवसाय र अतिथि सत्कारको सम्बन्धमा जानकारी दिए । सञ्जय शाक्य, वसन्त विडारी, डा. कुलप्रसाद खनाल र डा. श्री प्रसाद भट्टराईले पनि विभिन्न विषयमा प्रशिक्षण प्रदान गरे ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन मणिक रत्न शाक्य, निरु गौतमलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । तालिममा सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत ग्राहक सन्तुष्टि, प्रभावकारी संचार र होटल व्यवस्थापनका विविध पक्षसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । लुम्बिनी होटल संघका पदाधिकारीहरूले यस्ता तालिमले स्थानीय युवा र व्यवसायीमा दक्षता अभिवृद्धि गरी पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?