ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

रामग्राममा ३१ देशका १५ हजार पर्यटक

२९ कार्तिक २०८२, शनिबार
२९ कार्तिक २०८२, शनिबार

नवलपरासी, २९ कार्तिक ।

भगवान् गौतम बुद्धको अष्ट धातु रहेको रामग्राम स्तूप क्षेत्रमा सन् २०२५ नोभेम्बर महिनाको पहिलो सातासम्म १५ हजार भन्दा बढी तेस्रो मुलुकमा पर्यटक तथा बौद्ध तीर्थयात्रीले भ्रमण गरेका छन् ।

पर्यटकीय पूर्वाधार नभए पनि बुद्ध प्रति श्रद्धा राख्ने भारत र नेपाल बाहेक ३१ देशबाट धार्मिक पर्यटक तथा बौद्ध तीर्थयात्रीले भ्रमण गरी स्तूपको दर्शन गरेका हुन् ।

सबैभन्दा थाइल्यान्डबाट ६ हजार १ सय ६० जना धार्मिक पर्यटकले भ्रमण गरेको रामग्राम विकास कोषको कार्यालयले जनाएको छ । थाइल्यान्डका पर्यटकलाई बास बस्नका लागि थाईहरूको आफ्नै बौद्ध विहार बनाएको लाईलैण्डका बढी पर्यटक आउने र बास बस्ने गरेको रामग्राम विकास कोष कार्यालयका प्रमुख अरविन्द चौधरीले जानकारी गराएका थिए ।

एक वर्ष देखी रामग्राम स्तूप परिसरमा रामग्राम नगरपालिकाले आफ्नै रामग्राम विकास कोष गठन गरी कार्यालय समेत सञ्चालनमा ल्याएपछि अहिले आउने पर्यटक मध्ये नेपाल र भारत बाहेक तेस्रो मुलुकका पर्यटकहरूको लगत विवरण राखिने गरिएको उनको भनाइ थियो ।

उनका अनुसार तिब्बत तथा अपर मुस्ताड्डका २ हजार २ सय ८६ जना र निचिया पर्यटक २ हजार २ सय ७ जना पर्यटक आएका थिए । केही दर्शन पूजापाठ गरी फर्केका थिए,भने केही कोरियनले बनाएको गेस्टहाउसमा बास बसेका थिए । अधिकांश परासी तथा भैरहवाका होटलमा बास बस्न गरेका थिए ।

त्यसै गरी भुटानी पर्यटक ३ सय ५० जना, कम्बोडियन पर्यटक २ सय १० जना आएका थिए । मलेसियन २ सय ८५ जना बर्माबाट ९ सय ७५ जना पर्यटक आएको तथ्याङ्कमा देखिन्छ ।

दक्षिण कोरियाबाट ७ सय ९६ जना श्रीलङ्काबाट १ सय १३ जनाले भ्रमण गरेको उल्लेख छ । रामग्राम स्तूप क्षेत्रमा आउने पर्यटक ३१ देशबाट आएको प्रमुख चौधरीले जनाए । उनका अहिलेसम्म अमेरिका, अष्टे«लिया, भुटान, क्यानाडा, फ्रान्स, जर्मनी, हंकगँ, इण्डोनेसिया, इटली, जापनन, कोरिया, मंगोलिया, रसिया, साइप्रस, सिँगापुर,स्पेन, स्विडेन, स्वीस, ताईवान, युगाण्डा भियतनामका पर्यटकहरू पनि आएका थिए ।

पर्यटक आउने सङ्ख्या विगत भन्दा अहिले बढ्दै गएको छ, उनले भने,–‘रामग्राम विकास कोषले अहिले आफ्नै कार्यालय सञ्चालनमा ल्याएको छ, तागत विवरण र स्तुपाबारे जानकारी गराउँदै आएको छ ।

केही पूर्वाधार, सरसफाइ तथा विभिन्न सांस्कृतिक कार्य पनि गर्दै आएको उनले सुनाएका थिए । अहिले यस क्षेत्रमा आउने पर्यटकले होटल तथा बास स्थान खोज्दा नपाएर भैरहवा नै फर्किने हुँदा स्तुपा क्षेत्रमा पर्यटकका लागि खाना बासको लागि निजी क्षेत्रबाट पूर्वाधार निर्माण आवश्यक रहेको उनले जनाएका थिए ।

तत्कालीन सम्राट् अशोक स्तूप उत्खनन गराउँदै ८४ हजार स्थानमा स्तूप बनाउने गरी स्तूपको उत्खनन गराउने क्रममा अन्तिम समयमा रामग्राम स्तूपको उत्खनन गर्न आई पुगेका थिए । तर स्तूपमा पूजा ध्यान गर्दै आएका नागबंशीहरूको आग्रहमा रामग्राम स्तूप उत्खनन गरेनन् । बरु रामग्राम स्तूप नजिकै स्नान गर्न पोखरीको निर्माण गराई दिए ।

भिच्छेलाई बस्नका लागि बौद्ध विहार बनाई दिए । उपासकहरूको बसोबासका लागि पनि आवास बनाई दिएका थिए । अहिले सो स्थान रामग्राम ७ देउरवामा रहेको छ । त्यसै गरी सम्राट्कै निर्देशन अनुसार हजारौँ भिच्छु सङ्घका लागि आराम गर्ने स्थान संघाग्राम र ठुलो पोखरीको निर्माण रामग्राम १७ देवगावमा बनाउन लगाएका थिए ।

जुन अहिले पुरातात्त्विक खोजले पहिचानमा ल्याइ रहेको छ । मगधमा मौर्यकालको अन्त्य पश्चात मौर्यबंशका अन्तिम राजा वृहद्रत मौर्यको हत्या गरी उनका सेनापति पुष्पमित्र सुगँले सत्ता हत्याए । मगध राजधानी पाटलीपुत्र (हालको भारत विहार प्रदेशको राजधानी पटना) मा सेनापति विरुद्ध जनताले विद्रोह शुरु गरिदिएका थिए ।

त्यसको त्रासले सुगँले मगध राजधानी मध्य प्रदेशको उज्जैनमा सारेर शासन सत्ता गर्न थाले र बौद्ध विहार, बौद्ध स्थललाई ध्यस्त बनाउने र भिच्छुहरूको हत्या हिंसा गर्दै भगाउने अभियान चलाएका थिए ।

सोही क्रममा उज्जैनबाट नै आएका सुगँ शासनका सैनिक रामग्राम स्तुपलाई नष्ट गर्ने,संघाग्राम नष्ट गर्ने र बौद्धभिच्छुलाई लखेटने कार्य गरेको हुन सक्ने जानकारहरू बताउँछन् । उज्जैनबाट आएका सैनिकहरू बस्ने स्थान नै सम्भवतः कालान्तरमा उजैनी गाँउको रूपमा परिणत भएको हुन सक्ने स्थानीय बताउँछन् ।

सुगँ शासनले बौद्ध धर्म नष्ट गरी सनातनी हिन्दु धर्मलाई स्थापित गराउनका लागि स्तूप नजिकै झरहीखोला पश्चिममा रामजानकी मन्दिर बनाउन लगाएको हुन सक्छ । पछि मगधमा गुप्त शासन स्थापना भयो, गुप्त शासनले हिन्दु दर्शन होसा वा बौद्ध दर्शन दुबैलाई संरक्षण, ब्यवस्थापन, प्रवद्र्धन गराउने क्रममा स्तूपको संरक्षण र हिन्दु धर्मको प्रवद्र्धन गर्न मन्दिर निर्माण गरी धार्मिक सहिसुष्णता कायम गर्नका लागि काम गरेको हुन सक्ने स्थानीय बताउँछन् ।

रामग्राम स्तूप क्षेत्रमा राजजानकी मन्दिर हिन्दुहरूको आस्थाको क्षेत्र हो, भने रामग्राम स्तूप बौद्धहरूको आस्थाको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?