ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

छिमेकी भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा र यहांका हिल स्टेशनहरुलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा उल्लेख्य सकारात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउंछन् ।
१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

बुटवल ।

बुटवलसंग जोडिएको पाल्पाको बसन्तपुरस्थित कामाख्या धाम पर्यटकीय गन्तव्यसंगै पछिल्लो समय विवाह स्थल (वेडिङ डेस्टिनेसन)का रुपमा विकास हुन थालेको छ ।

केबलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुंदै आएको दुर्गा मन्दिर पनि रहेकाले यो ठाउंलाई नेपाली र भारतीय नागरिकले घुम्न मात्र नभई विवाह स्थलको लागि पनि रोज्न थालेका हुन् ।

दुई दिनअघि मात्रै भारत उत्तर प्रदेशका विजय जैसवाल र चांदनी जैसवाल आफन्तसहित बसन्तपुर आएर विवाह गरेका छन् ।

 कामाख्या देवीको दर्शनले दाम्पत्य जीवन सफल हुने र सन्तान सुख प्राप्ति तथा मानव जीवनमा आइपर्ने संकट मोचन हुने हिन्दु धर्मावलम्बीहरुमा आस्था र विश्वास रहेको छ । यही विश्वासले कामाख्या मन्दिरमा विवाह गर्न आउनेको संख्या बढ्दै गएको मन्दिरका मूल पूजारी सुरेश पौडेलले बताए ।

आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब लगानीमा साढे दुई वर्षअघि लुम्बिनी प्रदेशमै पहिलोपटक लुम्बिनी केबलकार सञ्चालनमा आएको थियो ।

साढे दुई वर्षमा करिब चार लाख पर्यटक भित्रिएको कम्पनीले जनाएको छ । जसमा भारत उत्तर प्रदेशका विभिन्न शहरबाट केवलकार चढ्न र घुम्न आउनेको संख्या उल्लेख्य रहेको व्यवस्थापक प्रज्ज्वल घिमिरेले बताए ।

‘विवाह हरेकको जीवनको एक अविस्मरणीय सुखद घटना भएकाले हामीले नयां डेस्टिनेसन रोजेका हौं’–दुलाहा विजय जैसवालले भने–‘हाम्रो परिवार कामाख्यादेवीको भक्त भएपनि भारतको गुहावटी पुग्न धेरै टाढा भएकाले नेपालको कामाख्या धाममा विवाह गर्न आएका हौं ।’

समुन्द्री सतहभन्दा करिब एक हजार मिटर उचाईको बसन्तपुर डांडो हरियालीयुक्त, सांच्चिकै मनमोहक, स्वच्छ र शान्त वातावरणको रहेकाले यहां आएर विवाह गर्न पाउंदा छुट्टै आनन्द आएको उनले बताए । उत्तर प्रदेशका नागरिकलाई बसन्तपर जस्तो हरियालीयुक्त चुरे पहाडी क्षेत्र र केवलकारको यात्रा गर्न भारतमा धेरै टाढा जानुपर्ने भएकाले बुटवल हुंदै पाल्पा आउन धेरै सहज र कम खर्चिलो हुने विजयले खुलाए ।

‘अघिल्लो वर्ष भन्दा यो आर्थिक वर्षमा यहां विवाह गर्न आउनेको संख्या बढेको छ, यो मंसिरमा मात्रै ५ जोडीको विवाह हुंदैछ’–पूजारी पौडेलले भने–‘यो सिजनमा विवाह गर्ने पहिलो जोडी भारत उत्तरप्रदेशका हुन् ।’

भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा गराउन र बसन्तपुर हिल स्टेशनलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल बताउंछन् ।

‘बुटवलसंग जोडिएका हिल स्टेशनहरु बसन्तपुर,नुवाकोट र हिलपार्कमा भारतीय पर्यटक भित्राउन सम्बन्धित सरकारी निकायले यहांका केबलकार सञ्चालक र निजी क्षेत्रसंग सहकार्य गर्नुपर्छ’–अर्याल भन्छन्–‘जेन जी आन्दोलनपछि शिथिल भएको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने सजिलो माध्यम पर्यटन क्षेत्र नै हो ।’

बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र पाल्पा बसन्तपुरलाई जोडेको छ । बुटवलस्थित तल्लो स्टेशनबाट करिब ३ किलोमिटर दुरीमा रहेको माथिल्लो स्टेशनमा १२ मिनेटमै पुगिन्छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कूल पर्यटक मध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । साढे दुई वर्षमा झण्डै एक लाख भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ ।

दशकौं वर्र्षसम्म सुनसान पाल्पाको बसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको तिनाउ गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

बसन्तपुरमा जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको छ ।

केबलकारले जन्मदिनमा निशुल्क यात्रा, हरेक महिनाको १ गते सांझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर लगायत विभिन्न संघसंस्थासंग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए ।

बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको म्यानेजर घिमिरेले बताए ।

धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको घिमिरेले बताए ।

केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर वापत दिएको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।

विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।

केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।
केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?