ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बाँके राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक ‘नाइट स्टे’ 

३ मंसिर २०८२, बुधबार
३ मंसिर २०८२, बुधबार

नेपालगन्ज, ०३ मङ्सिर ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि उल्लेखनीय रूपमा बढेका छन् । विशेष गरी जङ्गल सफारी, पदयात्रा र जङ्गल–नाइट स्टे जस्ता साहसिक पर्यटनमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल उल्लेख्य छ ।

निकुञ्जले वन्यजन्तु संरक्षणसहित पर्यटनलाई प्राथमिकतामा राख्दै घाँसे मैदान, कृत्रिम तालदेखि वनपथ र मचान सम्मका पूर्वाधार बिस्तार गरेको छ । हाल निकुञ्जभित्र करिब एक दर्जन मचान, २०० किलोमिटरभन्दा बढी वन–पथ, २५ सोलारजडित ताल, ४५० हेक्टर घाँसे मैदान र चार वटा ठुला जलाशय तयार गरिएका छन् ।

नाइट–स्टेमाः पर्यटकलाई ‘फुल–फेसिलिटी’ दिन तैयार निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार नाइट स्टे गर्न चाहने पर्यटकका लागि सुरक्षा, मार्गदर्शनदेखि बस्ने संरचना र अवलोकनका पूर्वाधार सबै तयार छन् ।

‘जिप सफारीका लागि वन–पथहरू पर्याप्त छन्, मचानहरू सुरक्षित छन्, पर्यटकले वन्यजन्तु प्रत्यक्ष अवलोकन गर्न सहज वातावरण बनाइएको छ,’ कँडेलले बताए ।
अघिल्ला वर्षहरूमा पर्यटक आगमन न्यून भए पनि यो आर्थिक वर्षको सुरुवातदेखि नै उत्साहजनक वृद्धि देखिएको छ ।

हालसम्म २४४ नेपाली र ६ जना विदेशी गरी २५० जना पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन् । निकुञ्ज स्थापना सन् २०१० ७२०६७ असार २८७ मा बाघ संरक्षण र जैविक मार्ग संरक्षणका उद्देश्यले ५५० वर्ग किलोमिटर क्षेत्रमा गरिएको थियो। पाटे बाघको पछिल्लो सूचनामा २१ भन्दा बढी सङ्ख्या रहेकाले पनि यहाँको जङ्गल सफारी अत्यन्त रोचक मानिन्छ ।

‘नाइट स्टे’ मा विदेशीको चासो देखेर स्थानीय व्यवसायी उत्साहित भएका छन् । पूर्वाधार विस्तारसँगै निजी क्षेत्र पनि सक्रिय हुँदै गएको छ । बाँके, होटल तथा होमस्टे व्यवसायीहरूले आफ्ना पाहुनालाई नियमित सफारी गराउँदै आएका छन् ।

नाटा बाँके च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देल भन्छन्, —‘नेपालगन्ज र कोहलपुर नजिकै भएको बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई सहज सफारी दिन्छ । अब यसको महत्व अझै व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्छ ।’

नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया पनि ‘बाँके राष्ट्रिय निकुञ्जको हस्पिटालिटी उत्कृष्ट बन्दै गएको बताउँछन् । पहिलो पटक सफारी अनुभव गरेका नेपालगन्जका व्यवसायी नन्दलाल अग्रवाल निकुञ्जभित्र मचान, पोखरी, घाँसे मैदान देख्दा दङ्ग परेको अनुभव सुनाउँछन् ।

गाभर भ्याली र मिनी–गाभर सामुदायिक होमस्टेले सफारी जिप र नाइट–स्टे प्याकेज सञ्चालनमा ल्याइसकेका छन् । मिनी–गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरी भन्छन् — ‘चार घण्टा र आठ घण्टाका सफारी प्याकेजसँगै जङ्गल–नाइट स्टेका छुट्टै प्याकेज छ ।

अमेरिकी पर्यटकलाई करेली मचानमा नाइट स्टे गराएको छु—विदेशी पाहुनालाई नाइट स्टे निकै मन पर्छ ।’ विहान बेलुकाको समयमा पाटे बाघ, चौका, निल गाई, रतुवा लगायतका धेरै थरीका जनावर सहजै देख्न सकिनेभएकाले विदेशी पर्यटकहरू नाइट स्टे नै रुचाउने गरेको उनले बताए ।

उनका अनुसार मिनी–गाभरमा एकै पटक १०० पाहुना बस्न सक्ने क्षमता छ । नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङ, काठमाडौँदेखि भारतका पाहुना पनि यहाँ आउने क्रम बढ्दो छ । बैजनाथका गैससकर्मी धर्मलाल रोकाय भन्छन् ‘निकुञ्जले पूर्वाधार बनाइदियो, अब सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ ।’

निकुञ्जसँग जोडिएका कोहलपुर, राप्ती सोनारी, बैजनाथका स्थानीय अगुवाले पनि निकुञ्ज–केन्द्रित पर्यटन अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज अब जङ्गल सफारीको मात्र गन्तव्य नभई, सुरक्षित नाइट–स्टे सहितको पूर्ण साहसिक पर्यटन आकर्षण बनेको छ ।

निकुञ्जले सुरक्षा, अवलोकन पूर्वाधार, रात्रीबसोवास संरचना र मार्गदर्शन सबै उपलब्ध गराएपछि विदेशी तथा स्वदेशी दुवै पर्यटक यहाँ टिकेर घुम्न, बुझ्न र अनुभूति लिन उत्साहित देखिन थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?