ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

कृतिम जलासय :किसानलाई बरदानः

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

घोराही उप महानगरपालीका १८ सालघारी टोलकी ७३ वर्षिय हिमा सुवेदी अहिले दंग छिन् । आकासे पानीको भरमा खेतीपाती हुने उनको खेतवारीमा अहिले कृतिम तालमा जम्मा भएको पानीले तीन पटक सम्म खेतीहुने गरेको छ । घर नजीकै रहेको सालघारी सोतामा उप महानगरपालीकाले ड्याम बनाएर पानी संकलन गरीदिएपछि अहिले उनको खेतवारीमा सिंचाई सुविधा पुगेको छ ।
अम्वापुर र सालघारीको विच भएर वग्ने सोताले गर्दा आवातजावत गर्न समेत समस्या रहेको थियो । सालघारी र अम्वापुरका स्थनीयहरुको खेतवारीवाट वाली वोकेर ल्याउन समेत समस्या रहेको हिमाले बताईन् । “सोता वारी र पारीका गाँउका विचमा सम्पर्क गर्न समेत गाह्रो थियो” हिमाले भनिन् । सालघारीवासी वजार जानुप¥यो भने डवरी झरेर जान्थे । सोतामा बनेको ड्यामले गर्दा अहिले दुई गाँउ जोडिएका छन् । सोतामा ड्याम बनाएपछि खेतवारीमा सिंचाई गर्न समेत सजिलो भएको उनको भनाई छ । ड्याम बाँधेर बनाएको कृतिम जलासयले अहिले स्थानीयहरुको जीवनशैली समेत फेरीएको छ । सींचाईको सुविधा पुगेकोले तरकारी उत्पादन गरी घोराही वजारमा विक्रि गर्दै आईरहेको सालघारीकै कुन्ता सुवेदीले बताईन् । “कृतिम जलासयको छेवैमा पम्पसेट राखेर सिंचाई गरी उत्पादन गरीरहेका छौ” कुन्ताले भनिन् । अहिले सालघारी टोलका ५० घर परीवारले जलासयको सुविधा लिईरहेको सुवेदीले जानकारी दिईन् । अन्य ठाँउहरुमा अहिले पानी नपरेर धान रोपाई गर्न नपाएको वेला पनि हामिले जलासयको पानीले रोपाई गरीसक्यौ उनले भनिन् ।
त्यस्तै घोराही उप महानगरपालीकाको वार्ड नं १७ मा रहेको आरोग्य तालको पानीले ५० देखी ६० विगाह जमिनमा सिंचाई भैरहेको स्थानीय प्रकाश ज्ञवालीले जानकारी दिए । आरोग्य ताल घोराही नगरपालीकाले ८ वर्षिय अगाडि निर्माण गरेको हो । नगर क्षेत्र भित्र पहिलो पटक निर्माण गरीएको तालले ५० विगाह जमिन सिंचाई पुगेर स्थानीयको आय आर्जनको वाटो खुलेको थियो । आजभन्दा आठ वर्ष पहिले निर्माण गरीएको ताल पुर्ण रुपमा सफल भएपछि घोराही उप महानगरपालीकाले ताल निर्माण गर्नसक्ने स्थानहरुको खोजीगरी ८ वाट जलासय निर्माण सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७४÷७५मा एक करोड ७५ लाखको लगानीमा ४ वाटा नयाँजलासय निर्माणवाट सम्पन्न भएको ईन्जीनियर रामधन श्रेष्ठले जानकारी दिए । “कतै भत्केका जलासयहरुमा मर्मत समेत गरीएको छ भने ४ वटा नयाँ जलासय यसैवर्ष सम्पन्न भएको हो” श्रेष्ठले भने । स्थानीयहरुले सिंचाईको सुविधा लिईरहेका छन् भने माछा पालन समेत गरेका छन् । घोराही उप महानगरपालीकाको १७ नं वडामा मात्रै ४ वटा जलासयहरु रहेका छन् ।
त्यस्तै घोराहीको कुइरेपानि देखी सर्रा जोड्ने वाइपास सडकको ट्रयाक खुलिसकेको छ । घोराही उपमहानगरपालिकाले ९३ लाखको लागतमा ६ किलोमिटर सडकखण्डको ट्रयाक खोलेको हो । घोराहीको कुइरेपानि देखी सर्रा सम्मको सडक १८ मिटर चौडाइ र ६ किलोमिटर लम्बाई रहेको छ । ट्रयाक खोलिएको उक्त सडकको पनि अनुगमन गरीएको थियो । उप महानगरपालीकाका मेयर नरुलाल चौधरीले गएको आर्थिक वर्षमा सडकको ट्रयाक उप महानगरपालीकाको लागतमा खुलेको बताए । यस आर्थिक बर्षमा प्रदेश सरकारले उक्त सडक कालोपत्रेका लागि १० करोड विनियोजन गरेको पनि चौधरीले जानकारी दिए । घोराहीको वाइपासका लागि अहिले खोलिएको दामोदर सडकको ट्रयाक विहिवार निरीक्षण गरीएको छ । पत्रकार सहीत जिल्लाका सरोकारवावालावाट एक आर्थिक वर्षभित्र आफुले गरेका गतिविधिहरुको अवलोकन गराउने कार्यक्रम अन्तरगत विहिवार कृतिम जलासय, कल्भट, सडक, शोलारवाट लिफ्ट सिंचाई लगाएत अनुगमन गरीएको छ ।
अनुगमनमा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरी, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, सहीत पत्रकार, कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । अनुगमनका क्रममा मेयर चौधरीले घोराहीको मुहार फेर्ने गरी आफुले काम गरीरहेको दावि गरे । उनले सबैको सहयोग, सहकार्यमा भएमा घोराहीलाई नमुना शहर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
फोटो घोराहीको पहिलो कृतिम जलासय आरोग्य ताल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?