ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

व्यावसायिक किसानलाई अनुदानमा समेट्नुपर्ने

१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

दाङ, १० भदौ ।

व्यावसायिक कृषकलाई अनुदानमा समेट्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङकोे आयोजनामा भएको आब २०८०÷०८१ को वार्षिक कार्यक्रमको सार्बजनिकीकरण कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् ।

बबई गाउँपालिकाका प्रमुख प्रमोद बस्नेतले स्थानीय तहको समन्वयमा कार्यक्रम गर्नुपर्ने बताए । उनले गौशालामा रहेका पशुलाई लम्पी स्किनको खोपको व्यवस्था गर्नुपर्ने र वास्तविक किसानलाई प्रोत्साहन गर्नका लागि कार्यक्रम गर्नुपर्ने बताए । ‘भनसुन र पहुँचका आधारमा अनुदान दिनु हुदैन, फिल्डमा पुगेर अनुगमन गरेर मात्रै काम गर्नुपर्छ,’ उनले भने । अनुदानका कार्यक्रम गर्दा स्थानीय तहसंग समन्वय गरेर मात्र काम गर्नु पर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले विनियोजित वजेट असारे बिकाशका रुपमा मात्र प्रयोग गर्न नहुने सल्लाह दिइन् । लक्षित वर्गका लागि आएको वजेट उनीहरुको लागि खर्च गर्नुपर्ने बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिने अनुदानले किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने खालका कार्यक्रम गर्नुपर्ने बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गरेर सबै पालिकालाई आत्मनिर्भर गर्नु पर्ने बताए । उनले भने, किसानमुखी कार्यक्रमले मात्रै किसानको उत्पादनलाई प्रोत्साहन हुन्छ, वास्तविक किसानले व्यवसाय अगाडि बढाउन अनुदानको आवश्यकता हुन्छ । अनुदानको सही सदुपयोग हुने गरेर काम गर्न आग्रह गरे ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख सुदाम भट्टले आर्थिक बर्ष २०८०र०८१ को बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना प्रमुख कृष्ण न्यौपानेले आर्थिक वर्ष २०८०÷०८१मा व्यावसायीक पशुपालन उत्पादन वृद्धि पारिवारिक पोषण, रोजगारी र समृद्धि कार्यक्रमको बारेमा जानकारी गराएका थिए । मत्य बिकाश अधिकृत प्रेम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख शेरबहादुर केसीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?