ट्रेंडिंग:

>> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो
सम्पादकीय

लुकीचोरी बढ्दै असुरक्षित गर्भपतन

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

नेपालका सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशमा असुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढेको देखिएको छ । असुरक्षित गर्भपतनकै कारण ज्यान गुमाउने महिलाको संख्या पनि लुम्बिनी प्रदेशमा बढी देखिनुले चिन्ता उत्पन्न हुनु स्वाभाविक छ । गत आर्थिक बर्षमा असुरक्षित गर्भपतनका कारण नेपालमा एक लाखमा १ सय ५१ जना महिलाले ज्यान गुमाएका थिए भने लुम्बिनी प्रदेशमा मात्रै एक लाखमा दुईसय ७ जना महिलाले ज्यान गुमाएको तथ्याँक सार्वजनिक भएको छ । यो तथ्याँकले लुम्बिनी प्रदेशका आमाहरू गर्भावस्थामै असुरक्षित भैरहेको देखिएकोले सम्वन्धित निकायको ध्यान जानु जरूरी छ । यद्यपि असुरक्षित गर्भपतन लुकिछिपी गराउने हुँदा यसको आधिकारीक तथ्याँक कति छ भन्ने बिषय भने अन्यौलमै छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । सुरक्षित गर्भपतन गराउनेहरू नै १८ हजार छन भने असुरक्षित गर्भपतन गराउनेहरूको संख्या कति होला ? सहजै अनुमान गर्न सकिन्छ ।

नेपाल डेमोग्राफी हेल्थ सर्भेको तथ्यांकले नेपालमा भएको कुल गर्भपतनमध्ये २० प्रतिशत लुम्बिनी प्रदेशमा भएको देखिनुले लुम्बिनी प्रदेशका गर्भवतीहरू बढी जोखिममा रहेको स्पष्ट भएको छ । त्यसमा पनि २० वर्ष मुनिका युवतीको संख्या ६ प्रतिशत छ । असुरक्षित गर्भपतन नियन्त्रण नगर्ने हो भने र यसमा कडा नियमन र अनुगमन नगर्ने हो भने यो संख्या यसरी नै प्रत्येक बर्ष बढ्दै जाने देखिएको छ । अर्कोतर्फ २÷३ वटा सन्तान भईसकेपछि गर्भपतन गराउनेको संख्या पनि धेरै छ । महिलाहरूले जानी बुझिकनै गर्भपतन गराउने अवस्था समेत कतिपय सवालमा देखिएकोले नियन्त्रण चुनौतिकै बिषय हो भन्दा अत्युक्ति नहोला । चिकित्सकहरूका अनुसार अनधिकृत औषधीको प्रयोग, नशाको प्रयोग र नसाको रोगमा प्रयोग गरिने औषधिको प्रयोग जस्ता कारणले गर्भपतन बढ्दै छ । गर्भपतन गराउने सुरक्षित स्वास्थ्य संस्थाको अभावका कारण पनि अहिले असुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको छ । यसतर्फ नेपाल सरकारकै ध्यान जानुपर्ने अवस्था छ ।

गर्भपतन गराउने औषधिको गैरकानुनीरूपमा हुने बिक्री वितरण अझै रोकिएको छैन । साथै बढी मूल्य तिरेर भए पनि यस्तो औषधि सेवन गरी असुरक्षित गर्भपतन गराउनेहरू उत्तिकै रहेको तथ्याँक नै काफी छन् । हालै मात्र सर्लाहीकी चमेली यादवले आफूखुशी औषधि पसलबाट गर्भपतनको औषधि किनेर खाँदा उनको झन्डै ज्यान गएको समाचार प्रकाशमा आएको छ । ४५ दिनको आफ्नो गर्भ तुहाउन डाक्टरको प्रेस्कृप्सनविना नै स्थानीय औषधि पसलबाट औषधि किनेर खाँदा उनी बेहोस भएकी थिईन । चमेली यादव पछिल्लो उदाहरण हुन । गर्भपतनको औषधि आफूखुशी सेवन गरी गर्भपतन गराउन खोज्ने उनी मात्र होइनन्, प्रकाशमा नआएका असुरक्षित गर्भपतनका प्रयासहरू थुप्रैछन । अर्कोतर्फ ग्रामीण भेगका मेडिकलमा पाँचसात सय रुपियाँ पर्ने गर्भपतनको औषधि ५ हजारमा बिक्री हुने गरेको समाचारले नै यसको पुष्टि हुन्छ– नेपालमा असुरक्षित गर्भपतनको अवस्था । डाक्टरको प्रेस्कृप्सनविना मेडिकलले गर्भपतनको औषधि बेच्नु कानुनी अपराध हो । त्यसमा पनि बढी मूल्य लिएर महिलाको स्वास्थ्य जोखिममा पार्नु झनै महाअपराध मानिन्छ । यसरी विना प्रेस्कृप्सन गर्भपतन गराउने औषधि बेच्ने कार्य र त्यस्ता औषधि आफूखुशी सेवन गर्ने काम निरुत्साहित गर्न नसक्नु सरकारको गंभीर लाचारीपन हो । दूर ग्रामिण क्षेत्रमा मात्रै होइन सहर बजारका महिलाले समेत असुरक्षित गर्भपतन गराउने गरेको विभिन्न समयमा लिइएका तथ्याँकहरूले देखाईरहेका छन । सुरक्षित गर्भपतन गराउन कानुनले पनि छुट दिएको छ तर असुरक्षित र लुकीचोरी गर्भपतनले महिलाको ज्यानै जाने जोखिम रहेकोले यसतर्फ स्वयं महिलाहरू सचेत हुनु जरूरी छ । अर्कोतर्फ यस्तो काम निरुत्साहित गर्न सरकार र सम्वद्ध निकायले चेतना जगाउनु आम कर्तव्य हो भन्ने हामी सवैले मनन गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%