ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

सांस्कृतिक डबली कि भूतघर ?

करोडौं रूपैयाँमा निर्मित डबली हालसम्म न त पुरा हुन सक्यो न त निर्मित संरचनाको संरक्षण हुन सक्यो । डबली खण्डहरमा परिणत हुँदै गएपछि स्थानीयको आशा मरेर गएको छ ।
८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

पाल्पा, ८ भदौ । तानसेन कैलाश नगरका स्थानीय बासिन्दा तथा पत्रकार अनिल लिगल आफनै टोल नजिक सांस्कृतिक डबली निर्माणको कार्य थालनी हुँदा निकै खुसी भएका थिए । लिगलसँगै स्थानीय अशोक थापा पर्यटन व्यवसायी हुन । उनी पनि आफ्नै छिमेक मै छरिएर रहेको कला र संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुतीका लागि निर्मीत डबलीको निर्माण कार्य सुरु भएपछि पर्यटन व्यवसाय प्रति थप विकास हुने अपेक्षा राख्दै खुसीको सीमा नै थिएन । थापाको पनि करोडौं लगानीमा श्रीनगरको काखमा हिम श्रृंखलाको अबलोकन गर्न सकिने ठाउँमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्यले तीब्रता पाएसँगै तानसेनबासी कै गहनाको रूपमा भएको भन्दै तानसेन बासीको मन मस्तिष्कमा बसेको खुसी यतिखेर निरासासँगै खिन्नतामा रूपान्तरित हुन लागेको छ ।

पाल्पा जिल्लामा सांस्कृतिक डबली निर्माण गर्ने तत्कालिन सरकारको निर्णय अनुरूप लुम्बिनी सरकारले विनियोजन गरेको रकम अन्तर्गत सात करोड १९ लाख ५८ हजार रूपैयाँमा करिब पाँच सय दर्शक अट्न सक्ने क्षमताको डबली ठेक्का प्रणाली अन्तर्गत काठमाडौको प्रतिष्ठा निर्माण कम्पनीले निर्माणको जिम्मेवारी प्राप्त गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्य मन्त्री शंकर पोखरेलद्वारा शिलन्यास गरिएको डबलीको २०७८ सालको असार ७ गते निर्माण कार्य पुरा गर्ने गरी २०७६ सालको असार १५ गते ठेक्का संझौता भएको हो । करोडौं रूपैयाँमा निर्मीत डबली हालसम्म न त पुरा हुन सक्यो न त निर्मित संरचनाको संरक्षण हुन सक्यो त्यसैले एकपछि अर्को गरी खण्डहरमा परिणत हँुदै गएको स्थानीयहरूको भनाइ रहेको छ ।
निर्माण कम्पनीको काम प्रति नियमन तथा अनुगमन गर्ने निकाय नै नहुँदा निर्माण कार्यको साठी प्रतिशत पुरा हुन नपाउँदै डबलीको भित्री भाग जंगलमा परिणत हुन पुगेको स्थानीय पुजा रावल बताउँछन । कति लागत, कहिले निर्माण कार्य पुरा हुने, के के भौतिक संरचना निर्माण हुने भन्ने जानकारी गराउने सूचना पाटी नै छैन । अहिले देख्दा र हेर्दा सरकारको लगानी वालुवामा पानी नै भएको रावलको बुझाई रहेको छ । लुम्बिनी सरकारको नेतृत्व शंकर पोखरेलले गर्दा सम्म उद्योग वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा डिभिजन वन कार्यलयवाट निर्माण स्थलमा नियमित रूपमा रेखदेख हुन्थ्यो । जव शंकर पोखरेलको नेतृत्व परिवर्तन संगै मन्त्रालय विभाजन भयो । रेखदेखको जिम्ववारी पनि स्थानान्तरण भएको कारणले यस्तो समस्या आएको वन कार्यलयका सम्वद्ध कर्मचारीहरू बताउँछन ।

तानसेन नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ भन्दछन् यस डवलीको स्वामीत्व लिनका लागि नगर सरकारले पटक पटक लिखीत रूपमा माग गर्दासम्म कुनै सुनुवाइ भएको छैन । नगर सरकारले स्वामित्व पाए निर्माण कम्पनीलाई ताकेता गरेरै निर्माण कार्यलाई अगाडि बढाउँदै सञ्चालन गरिने थियो । तर नगर सरकारको मागलाई प्रदेश सरकारले बेवास्ता गरेको उनले बताए । राजनैतिक खिचातानीमा बाँझिएको डबली सरकार परिर्वतन संगै भैरहवाको पर्यटन डिभिजन कार्यालयलाई रेखदेखको जिम्मेवारी दिएका कारण यस्तो समस्या आएको नगर सरकारका पूर्व जनप्रतिनिधिहरू बताउँछन ।

कति संरचना निर्माण भयो कति बाँकी छ भन्ने केही जानकारी नै छैन । निर्माण व्यवसायीलाई कुन निकायले ताकेता गर्ने ? भैरहवाबाट रेखदेख गर्न कठिन भएको छ । यसको नियमन तथा अनुगमनको लागि डिभिजन वन कार्यालयलाई जिम्मेवारी दिएको खण्डमा काममा सहज हुने डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई बताउँछन ।

नियमन तथा अनुगमन हुन नसक्दा निर्माण व्यवसायीले निर्माण कार्य पुरा गरेको छैन । लामो समय भयो काम रोकीएको गेटमा लगाएको तालामा खिया लागि सक्यो । स्थानीयको कौतुहलता पनि मरी सक्यो । राजनैतिक खिचातानीमा बल्झिदा करोडांै रूपैयाँको लगानीमा निर्मीत संरचनाहरू बेबारीसे नै भयो । यसको जिम्मेबारी कसले लिने जस्ता कुराहरू उठन लागेको स्थानीय हरूको भनाई रहेको छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको पाल्पामा पर्यटन प्रवद्र्धन गर्नका लागि भनेरै निर्माण गरिएको हो । यसको निर्माण कार्य संचालनमा आएपछि बल्ल यसको महत्व झल्किने छ ।

यसको निर्माण कार्य पुरा गरेर निर्माण व्यवसायीले हस्तान्तरणका लागि उद्योग बाणिज्य संघले दवाबको कार्य पनि गरेको उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई बताउँछन । यसको संरक्षण नियमनसँगै स्वामित्व समेत स्थानीय सरकारलाई दिएको खण्डमा संरक्षण हुने भएकोले लुम्बिनी सरकारले यसतर्फ ध्यान दिँदै निर्माण कार्यलाई अगाडि बढाउन निर्माण व्यवसायीलाई दवाब दिनुपर्ने अध्यक्ष भट्टराई बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?