ट्रेंडिंग:

>> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने
सालझण्डी–ढोरपाटन मोटर बाटोः

सरकारको कामले पोल्छ गाउँलेको मन

गाउँबाट राष्ट्रिय गौरवको आयोजना जाने भयो भनेर गाउँले खुसी भए । अन्न खाने जमिन पनि मोटर बाटोको लागि कुनै प्रवाह नै नगरि दिए । सडकको दुर्दशा देख्दा गाउँलेको मन पोल्ने गरेको छ ।
६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

पाल्पा, ६ भदौ । रूपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीको सन्धिखर्क हँुदै वाग्लुङको ढोरपाटन जोडने मोटर बाटोले जनतालाई सास्ती दिएको छ । मोटर बाटोले अहिलेसम्म सार्थकता नपाउँदा जनता सास्तीमा परेका हुन् । हिलो र धुलोबाट सास्ती खेपेका जनता आफूले मोटर बाटोको लागि दिएको जमिन सम्झिदै दुःख मान्ने गरेका छन् ।

पर्यटकीय ढोरपाटन क्षेलाई कम दुरीमा लुम्बिनीसँग जोड्ने उद्देश्यले २०६६ सालदेखि सुरु गरेपनि पर्याप्त बजेटको समस्याका कारण पूरा हुन नसकेको हो । यस सडकले पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको यस सडक खण्डको कुल लम्बाई १ सय ८५ किलो मिटर रहेको छ । सरकारले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा यो सडकको कामलाई सुरुवात गरेको थियो ।

सडक खण्डको रूपन्देही ५ पाल्पामा २०, अर्घाखाँची ७०, गुल्मीमा ४० र वाग्लुङ जिल्लामा ५० किलो मिटर क्षेत्रफल ओगटेको छ । यस सडक खण्डको ट्रयाक खोल्ने काम पुरा भएको अब स्तरोन्नतीको काममा कालो पत्रे संगै अन्य धेरै काम बाँकी रहेको छ । बुटबल पाल्पाको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएकाले गुल्मी जिल्लाका जन प्रतिनिधि, राजनैतिक दलका नेताको पहलमा भएको स्थानीयहरूको बुझाई रहेको छ ।

आफ्नै घर नजिक बाट वुटवल पुगिने भयो भनेर खुसी भएका स्थानीयहरू वर्षायाममा पहिरो संग हिलो, हिउँदमा धुल्लामे हुने सास्ती खेप्न बाध्यताबाट छुटकारा नपाएको पाल्पा सत्यवतीकी ज्ञानी खनाल बताउँछिन् । आफ्नो गाउँबाट राष्टिय गौरवको आयोजना जाने भयो भनेर खुसी भए, गाउँका जनता, किसानले अन्न खाने जमिन पनि मोटर बाटोको लागि कुनै प्रवाह नै नगरि दिए । तर अहिलेसम्म सडकको दुर्दशा देख्दा जमिन दिनेलाई नै पश्चातापले पोल्न लागेको छ, उनले भनिन् ।

सडकको ट्याक खुल्यो ग्राभल पनि भयो तर अहिलेसम्म कालो पत्रे भएको छैन कच्ची सडक भएकाले बसको भाडा महड्डो पर्दछ । सडकको स्तर उन्नती तर्फ काम अगाडि बढन नसक्दाको परिमाण अत्याधिक मात्रामा दुर्घटना बढेको स्थानीयहरूको बुझाई रहेको छ ।
यस सडक खण्डमा केही समस्या आएकाले पनि हो । यस सडक खण्डमा पर्ने अर्घाखाँचीको सन्धिखर्कमा सडक बिस्तार गर्ने क्रममा विवाद भयो यो विवाद भयो यो विवाद अहिले पनि सल्टिएको छैन । त्यसै गरी यस सडक खण्डलाई प्रस्तावित गरिएको रकम आठ अर्ब हो तर सरकारले हरेक वर्ष न्यून मात्रामा बजेट विनियोजन गरेका कारण कामले गतिलिन नसकेको सडक आयोजनाले बताएको छ ।

सरकारले वर्षेनी ४०देखि ५० करोड रूपैयाँ बजेट विनियोजन गर्ने गरेको छ । आर्थिक वर्ष ०७८, ०७९ को अवधिमा ४३ करोड, यस आर्थिक वर्षमा ४० करोड रूपैया विनियोजन गरेको थियो । सरकार बाट विनियोजन रकम अनुसार काम भएको छ । हाल सम्म विभिन्न ठाउँमा १९ किलो मिटर सडक कालो पत्रे भएको छ । यस सडक खण्डमा २ वटा पुल निर्माण कार्य भने बाँकी नै छ । बाग्लुड्डको बहुला बास खोलामा र दोभाव खोलामा पुल निर्माणका लागि डिजाइन स्विकृत भई सकेको आयोजनाकी प्राविधिक अन्जु परियारले बताइन ।

सडक कालो पत्रेका लागि यस वर्ष ठेक्का संझौता पनि भएको छ । यस सडक खण्डमा टुक्रा टुक्रा कामहरू छन । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौतीसम्म ठेक्का संझौता भएको छ । त्यसै गरी पाल्पाको कचलदेखि रूपन्देहीको कञ्चन खोला सम्मको काम पनि ठेक्का प्रगतिबाट अब हिउँद लाग्न साथ सुरु हुनेछ । पर्याप्त मात्रामा बजेट आए यति अनुरूपको काम हुने हो सम्बद्ध प्राविधिकहरू बताउँछन । यस सडक निर्माणका क्रममा हालसम्म ३ अरव रूपैयाँ खर्च भएको छ । यस सडक खण्ड बिकासको मेरुदण्ड भएपनि सरकारले मुख्य प्राथमिकतामा राख्न तयार नहुदा निर्माण कार्य कछुवाको गतिमा अगाडि बढेको प्राविधिकहरूको भनाइ रहेको छ ।

सडक निर्माणको क्रममा स्थानीयको तर्फबाट सक्दो सहयोग भएको छ । स्थानीयको सहयोगका कारण पाल्पा सडक खण्डमा कामले दुर्त गति लिएको थियो तर कालो पत्रे सुरु हुन सकेन बल्डेङ गढीका वडा अध्यक्ष देवेन्द्र पुन बताउँछन । राष्टिय प्राथमिता भनिएको यस सडकखण्डमा कालोपत्रे भएर सरर मोटर गुड्नु पर्ने हो तर लामो समयदेखि सडक जस्ताको तस्तै छ । खोलिएका ट्रयाक पनि वर्षायाम आएपछि आवागमन बन्द हुने गरी भत्किने गरेको छ, उनले भने, सरकारको कामको भर नै नहुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?