ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

७ वर्षमा पनि पूरा भएन १२ किलोमिटर सडक, निर्माण नसकिंदै भत्कियो पिच

३० श्रावण २०८०, मंगलवार
३० श्रावण २०८०, मंगलवार

सुनवल, ३० साउन ।

पश्चिम नवलपरासीमा साढे १२ किलोमिटर हुलाकी सडक निर्माणको काम ७ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । २०७३ सालदेखि निर्माण सुरु भएको सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने उक्त सडक कालोपत्रे गर्ने कार्य हालसम्म पनि परा हुन नसकेको हो । गुणस्तरीय काम नगर्दा निर्माण सम्पन्न नहँुदै सडक पिच गरेको स्थानमा खाल्डाखुल्डी परिसकेको छ । सडक विस्तारको जिम्मा पाएको कञ्चनजङ्गा विरुवा जेभि काठमाण्डौले तीन वर्षदेखि ९० प्रतिशत काम पूरा भएको बताउँदै पटक पटक थप समय माग गरेपनि काम पूरा गरेको छैन ।

चौथो पटक थपिएको म्याद गत वर्षको चैत मसान्तमै सकिएपनि असार मसान्त सम्ममा काम पूरा गर्ने अपेक्षा गरिएपनि काममा प्रगति नदेखिएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले बताए । मन्त्रिपरिषदले नयाँ योजनाका सन्दर्भमा बनाएको मापदण्डको आधारमा अब ठेकेदारलाई थप समय उपलब्ध गराउने कि नगराउने भन्ने निर्णय लिईने पाण्डेले जानकारी दिए ।

ठेकेदारले आर्थिक अभाव र निर्माण सामग्रीको अभाव देखाउँदै आएको उनले बताए । फेरि पनि योजना कार्यालयले उक्त ठेकेदारलाई सडक निर्माणको काम सक्न म्याद थपको तयारीमा छ । “ठेक्का तोडेर फेरि आह्वान गर्दा झनै समस्या हुने हो कि भनेर हामी के गर्ने भन्ने निष्र्कषमा पुगेका छैनौ”–पाण्डेले भने । काम नगर्ने ठेकेदारलाई पटक पटक समय उपलब्ध गराउने तर कालो सूचीमा राख्नेदेखि ठेक्का तोड्ने सम्मको काम गर्न सरकारी निकाय ईच्छुक नदेखिएकोप्रति सर्वसाधारण आक्रोशित भएका छन् ।

सडक निर्माण सुरु भएको यतिका वर्ष सम्म पनि सो सडक खण्डमा पर्ने पुल र कल्भर्ट निर्माणको लागि हाल सम्म ठेक्का प्रक्रिया सुरु भएको छैन । उक्त सडक खण्डमा जीर्ण कल्भर्ट भत्काएर तत्काल बनाउने प्रतिवद्धता जनाएपनि हाल सम्म कुनै काम भएको छैन । डाईभर्सनको माध्यमबाट यात्रा हँुदै आएको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले सडक र पुल जीर्ण भएकाले पटकपटक संघीय सरकार अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालयलाई ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको गुनासो गरे । “हुलाकी राजमार्ग कार्यालयमा पुगेर कमसेकम कल्भर्टमा वैकल्पिक व्यवस्था गरेर सहज यात्राको वातावरण बनाईदिन आग्रह गर्दा समेत कार्यालयले सुनवाई गरेन”– नगर प्रमुख यादवले भने, “संघीय सरकारको काममा भएको ढिलाईले जनताले हामीलाई गाली गरिरहेका छन् ।”

ठेकेदारको लापरवाहीका कारण जिल्लामा तीन खण्डमा विभाजन गरेर हुलाकी सडक विस्तारको काम भईरहे पनि सबै खण्डको काम सुस्त छ । अर्को खण्ड नारायणचोक देखि त्रिवेणी जोड्ने १६ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । यही मंसिर सम्म काम सक्नुपर्नेमा निर्माण कम्पनी बज्र महालक्ष्मी जेभिले हाल सम्म आधा काम काम सकेको छ । आगामी मंसिर मसान्त सम्म काम सक्नुपर्ने हुलाकी सडक अन्तर्गतकै ९ किलोमिटर लामो प्रतापपुर–कठहवा जोड्ने सडक विस्तारमा पनि उस्तै ढिलासुस्ती छ ।

सडकको जीर्ण अवस्थाले अहिले यात्रा गर्न सक्ने अवस्था छैन । जसका कारण सर्वसाधारण आक्रोशित भएका छन् । “काम नसके पनि सडकका खाल्डाखुल्डी त पुरिदेउ न भनी पटक पटक ठेकेदारलाई हारगुहार गर्दा समेत ठेकेदारले सुनेको नसुन्यै गर्छ”–प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले भने । सरावल निवासी सुशान्त घिमिरेले सडकको दुरावस्था हुँदा समेत यस क्षेत्रका जनप्रतिनिधि मौन बसेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

“दैनिक मोटरसाईकलमा यात्रा गर्नेको यो सडक खण्डमा के हालत भएको छ, कसले बुभ्mने ? जनताले कसलाई भन्ने ?” उनले गुनासो गरे । हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तु अन्तर्गत परासी–नारायणचोक, नारायणचोक–त्रिवेणी, बेलाटारी–कठहवा गरी तीन ओटा खण्ड कुल ९३ करोडको लागतमा विस्तारको काम भइरहेको हो । एकातर्फ धेरै काम ओगट्ने र अर्कोतर्फ निकै कम मूल्यमा ठेक्का कबोल गर्दा ठेकेदारले योजना अलपत्र पार्न थालेको स्वयम् हुलाकी राजमार्ग कार्यालयका ईन्जिनियरहरुको भनाई छ । अहिले बाँकी दुई खण्डमा पनि सडक विस्तारको काममा ढिलोसुस्तीले वर्षायाममा हिलोका कारण हिड्न नसकिने अवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?