ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

उद्योगको सडकका गाउँका धारामा फोहर पानी

१५ श्रावण २०७५, मंगलवार
१५ श्रावण २०७५, मंगलवार

उद्योगको खानीसम्म पुग्ने सडक निर्माणका कारण बेलझुण्डी खानेपानीले वितरण गरेका एकहजार धारामा लेदो सहितको धमिलो पानी आउने गरेको छ । खानेपानीको मुहान रहेको क्षेत्रवाटै उद्योगकालागि सडक निर्माण गर्नथालेपछि पानी प्रदुषित भएको हो । सोना सिमेन्ट उद्योगले खानी क्षेत्रमा सडक निर्माण गर्ने र पानी शुद्धिकरणका लागि एउटा टिटमेन्ट प्लान्ट उद्योगले बनाईदिने सहमति भएपनि सिमेन्ट उद्योगले नबनाईदिएका कारण पानीको मुहान दुषित भएको स्थानीयहरु बताउछन् ।
तुलसीपुर उप महानगरपालीकाको १६, १७, १८ र १९ नं वडामा सञ्चालीत बेलझुण्डी खानेपानी यतिवेला प्रदुषित भएको छ । बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गरेका १ हजार ५६ वटा धारामा अहिले लेदो सहितको धमिलो पानी आउने गरेको स्थानीयहरु बताउछन् । सोना सीमेन्टको खानीसम्म पुग्ने सडक निर्माणका क्रममा खानेपानीको मुहान प्रदुषण भएको स्थानीय दामोदर बस्नेतले बताए । सडक निर्माण गरेपनि उप महानगरपालीकाका चार वडाले उपभोग गर्ने पानीको मुहान प्रदुषित गराउन नहुने बस्नेतले बताए । “सडक निर्माण गर्दाको माटो सवै मुहानमा पस्ने गरेका कारण पानिमा लेदो सहितको धमिलो पानी आएको हो” बस्नेतले भने । मुहानै मिचिनेगरी सडक निर्माण गरीरहेको डिभिजन सडक कार्यालयले पानी पिउन पाउने जनताको अधिकारको हनन गर्न नहुने बस्नेतको तर्क छ । सडक निर्माणका लागि नक्साङकन देखी साडट हेर्ने सम्मको जीम्मा पाएको डिभिजन सडक कार्यालयको बदमासी भएको उनको भनाई छ ।
सडक निर्माण गर्दा पानीको मुहानमा समस्या उत्पन्न हुने भन्दै खानेपानी संस्थाले त्यसको रोकथामकालागि उद्योगसंग पटकपटक छलफल समेत गरेको थियो । सोना सिमेन्ट उद्योगले आफैले गरेको सहमति उल्ङ्घन गर्दा समस्या आएको बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रदिप गौतमले जानकारी दिए । वर्षाद्को समयमा हुनसक्ने विपद्को आँकलन गरी २०७४ पौष महिना देखी नै रोकथाम गर्ने विधिका विषयमा उद्योगसंग लिखित निर्णय समेत भएको अध्यक्ष गौतमले बताए । “उद्योगका प्रबन्धक हरी पाठक, स्थानीय राजनीतिक दल र खानेपानी समितिका विचमा पानी शुद्धिकरणका लागि टिटमेन्ट प्लान्ट उद्योगले बनाईदिने सहमति भएको थियो” गौतमले भने । उद्योगले टिटमेन्ट प्लान्ट बनाउनुको साटो बलजफ्ती सडक निर्माण गरेको उनको भनाई छ ।
तर सिमेन्ट उद्योगका कारण पानी प्रदुषण नभएको सोना सिमेन्ट उद्योगका प्रवन्धक हरी पाठक बताउछन् । उनका अनुसार उद्योगका कारण पानि प्रदुषण भएको प्रमाणित भए उद्योगले टिटमेन्ट प्लान्ट बनाईदिने हो तर नहुदा सम्म सम्पुर्ण खर्च उद्योगले ब्यहोर्न सक्दैन । “उद्योगले अहिले रुन्टीगढि लेखमा चुनढुङ्गा उत्खनन् गरेको छैन त्यसैले उद्योगले प्रदुषण कसरी गर्छ” पाठकले भने । सडक निर्माणका क्रममा प्रदुषण भएको हो भने सडक कार्यालयलाई नै प्रश्न उठाउनुपर्ने पाठकको भनाई छ । सामाजीक काममा सहयोग गर्न उद्योग तयार रहेको भन्दै पाठकले उद्योगले नै करोडौको काम गरीदिनुपर्ने सोच बदल्नु जरुरी रहेको बताए ।
२०३५ सालमा स्थापना भएको बेलझुण्डी खानेपानीका ३ वटा मुहानहरु रहेका छन् । २ वटा मुहान तुलसीपुर उप महानगरपालीका १९ नं वडामा र अर्को एउटा रोल्पाको रुन्टीगढि गाँउपालीका क्षेत्रमा पर्दछ । बेलझुण्डी खानेपानीले ९ सय ७४ निजि तथा ८१ वटा सार्वजनीक धाराहरु वितरण गरेको जनाएको छ । बेलझुण्डी खानेपानीले झण्डै ३५ वर्षदेखी साविकका बिजौरी र मानपुर गाविसका उपभोक्तालाई सफा र स्वच्छ पानी वितरण गर्दै आएको स्थानीयहरु बताउछन् । विगत एक महिना देखी पानी प्रदुषण भएका कारण उपभोक्तालाई सफा पानी वितरण गर्न नसकिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।
स्थानीयस्तरमा समस्याको समाधान नभएपछि समिति जिल्ला प्रशासन कार्यालमा लेदो सहितको पानी वोकेर डेलीगेशन समेत गएको थियो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पहिलो प्राथमिकता पानी भएको बताउदै मुहान क्षेत्रको अनुगमन गरी प्रतिवेदन बुझाउन डिभिजन खानेपानी कार्यालयका ईन्जीनियर सहितको समिति समेत बन्यो । गत साता उक्त समितिले मुहान क्षेत्रको अनुगमन गर्दा उद्योगकै उत्खनन्का कारण प्रदुषण भएको अनुगमन समितिका संयोजक तिलक न्यौपाने बताउछन् । उद्योगको स्टोर क्षेत्र र मुहान २ सय मिटरमा र सडक १ सय ५० मिटरको दुरीवाट खनेकोले पानी फिल्टर हुन नसकेको न्यौपानेको भनाई छ । “धेरै प्रदुषण भएका कारण खानेपानी संस्थान संग भएको एउटा फिल्टरले कामगर्न नसक्दा लेदो सहितको पानी आएको हो” न्यौपानेले भने । अनुगमनको बिस्तृत विवरण सहितको प्रतिवेदन विहिवार सम्ममा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरेको न्यौपानेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?