ट्रेंडिंग:

>> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्षदिन वित्दा पनि हटेन निर्वाचन प्रचार सामाग्री

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

पूर्वी रोल्पाको सुलिचौर वजारमा टाँस गरिएका निर्वाचन सामाग्री अझै हटाइएको छैन । निर्वाचन भएको एक वर्ष पुरा भईसक्दा समेत निर्वाचन सामाग्री नहटाउदा सुलिचौर वजारको सौन्दर्यता नै विग्रिएको छ ।
सुलिचौर वस पार्क नजिक वीच सडकमा नेपाली कांग्रेसका उम्मेदरको प्रचारका लागि स्थानीय निर्वाचनमा टाँस गरेको प्रचार सामाग्री अझै झुण्डी राखेको छ । यसैगरि प्रतिनिधि सभा एवम प्रदेश सभा निर्वाचनका वाम गठवन्धनका साझा उम्मेदवारको प्रचारका लागि टाँस गरेका सामाग्री समेत अझै हटाइएका छैनन । सार्वजनिक स्थल र व्यक्तिगत घर तथा सडक छेउछाउमा निर्वाचनको पक्ष विपक्षमा लेखिएका नारा र प्रचार सामाग्री लामो समय वित्दा समेत हटाउने तर्फ कसैको ध्यान नगएको स्थानीयहरुले गुनासो गरेका छन ।
अघिल्लो वर्ष आषाढ १४ गते स्थानीय तहको निर्वाचना सम्पन्न भएको थियो । सो निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा भईसकेको छ । यसैगरि मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको थियो । दुवै निर्वाचनमा प्रयोग भएका ति प्रचार सामाग्री हटाउने तर्फ संवन्धित पक्षको ध्यान नजाँदा स्थानीयहरुले असन्तुष्टी जनाएका छन । वजारको सौन्दर्यता समेत हस हुने गरि टाँस गरिएका त्यस्ता सामाग्री हटाउने पहल नगरिनु दुखद रहेको स्थानीय रिमवहादुर विष्टले प्रतिकृया दिए । निर्वाचन सम्पन्न भए संगै प्रचार सामाग्रीको पनि औचित्य समाप्त भएपनि ती सामाग्री हटाउने तर्फ कसैको ध्यान गएन विष्टले भने । राजनैतिक दल र तिनका कार्यकर्तामा जिम्मेवारीवोध नभएका कारण लामो समय वितिसक्दा समेत सडकमा प्रचार सामाग्री टंगिरहेका छन विष्टले भने । निर्वाचनमा राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले फ्लेक्स प्रीन्टको अत्यधिक प्रयोग गर्नुका साथै भित्ते लेखन समेत गरेका कारण वजारको सौन्दर्यता नै विग्रिएको छ विष्टले भने ।
निर्वाचन सम्पन्न भए लगत्तै त्यस्ता सामाग्री अनिवार्य रुपमा हटाउन संवन्धित निकायवाट कडा निर्देशन आए स्वतः त्यस्ता सामाग्री हट्ने वडा सदस्य तेजकुमारी विष्टले वताईन । निर्वाचन पश्चात जित्नेहरुमा जितको उन्माद र हार्नेहरुमा जिम्मेवारी वोध नहुनुका कारण वजार क्षेत्रमा यस्तो अवस्था देखिने गरेको विष्टको भनाई छ । एक महिना भित्र हटाउनु पर्ने त्यस्ता सामाग्री अझै मुख्य वजार क्षेत्रमा देखिनु सकारात्मक पक्ष नभएको विष्टले वताईन । स्थानीय सरकारहरु सरसफाई, स्वच्छता र वातारण सुधारमा समेत सकारात्मक ढंगले लागि रहेको हुदा त्यस तर्फ पनि ध्यान जानेमा आफु आशावादी रहेको विष्टले प्रतिकृया दिईन । वजार क्षेत्रवाट त्यस्ता सामाग्री तत्काल हटाइने सुनिल स्मृती गाउँपालिका ३ का वडाध्यक्ष गंजवहादुर क्षेत्रीले वताए । वजार सौन्दर्यताका लागी आफुहरुले विभिन्न प्रयास गरिरहेको वताउदै त्यस्ता सामाग्री भए तत्काल हटाउछौ क्षेत्रीले भने । निर्वाचन सम्पन्न हुने वित्तिकै हटाउने पर्ने त्यस्ता सामाग्री अहिले सम्म झुण्डीरहनु सोभनिय नभएको क्षेत्रीको भनाई छ ।
निर्वाचनमा प्रयोग गरिएका प्रचार सामाग्री निर्वाचन सकिए लगत्तै हटाउनु पर्ने प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ । टाँस गर्ने व्यक्ति, पार्टी वा संस्थाले नै हटाउनु पर्ने भएकाले त्यस्ता सामाग्री नहटाएको भए अविलम्व हटाउनु पर्ने कार्यालयले वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%