ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

प्रयोग नहुँदै भत्कियो सवा करोडको कोल्ड स्टोर

कृषकलाई लक्षित गरेर बनाइएको कोल्ड स्टोर कसरी संचालनमा ल्याउने भन्ने बारेमा आफु गम्भीर रहेको वडा नम्बर ५ का वडा अध्यक्ष लिलाबहादुर बुढा बताउछन् । ‘यो पहाडी भेगमा सवा करोड खर्च गरेर किसानले उत्पादन गरेका बस्तुभाउ राख्ने भनेर कोल्ड स्टोर बनाइनु निकै सकारात्मक पक्ष थियो,’ वडा अध्यक्ष घर्तीले भने, ‘तर के गर्नु त्यो कोल्ड स्टोर प्रयोग गर्न नपाई पहिरोका कारण भत्किएको छ । यसमा हामी निकै दुखी छौँ । यो कसरी संचालनमा ल्याउने भन्ने बारेमा हामीले पनि वडा स्तरबाट पटक पटक पहल थालेका छौँ ।’
१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

दाङ, १६ साउन ।

निलो रंगको जस्तापाताले छाएको, वर्गाकार शैलीमा निर्मित घर कुनै व्यक्तिले आवासका लागि बनाए जस्तै छ । अगाडिबाट हेर्दा सबै ठीकठाक देखिन्छ । तर अर्को पाखो पुरै भत्किएको छ । पूर्वोत्तरमा अग्लो ढिस्को काटेर दक्षिण पश्चिमको भाग सम्याएर बनाईको कृषकले उत्पादन गरेका कृषि वस्तु लामो समयसम्म जोगाएर राख्नलाई बनाइएको चिस्यान गृह हो । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटी बजारबाट ३ सय मिटर उत्तरतर्फ बनाईएको सवा करोडको चिस्यान भित्र राखिएका महत्वपूर्ण सामानमा क्षति पुगेको छ । चिसो बनाउने प्यानल बोर्ड भाँचिएका छन् । केही सामान छरपष्ट भएका छन् । तर, यसको हेरचाह गर्ने कोही देखिदैनन् ।

गत वर्षको असोज १८ गते परेको वर्षाले माथिबाट ढिस्कोसहित माटो खसाएपछि चिस्यान गृहको पछाडिको भागमा क्षति गरेको छ । अघिल्तिरबाट राम्रै देखिए पनि पछाडिको भाग पुरै क्षतिग्रस्त अवस्थामा छ । लाखौँ रुपैयाँका महत्वपूर्ण सामान काम नै नलाग्ने गरी क्षति भएको छ । असोजमा भारी वर्षापछि झरेको पहिरोका कारण चिस्यान गृह अर्थात कोल्ड स्टोरको भवनमा क्षति पुगेपछि उपयोगविहीन अवस्थामा एक्लै उभिएर मर्मतको पर्खाइमा छ ।

गाउँमै उत्पादन गरेका कृषि उपज भण्डारण गर्न मिल्ने कोल्ड स्टोर भवन निर्माण हुँदा बंगलाचुलीबासी जति दंग परेका थिए । स्थानीय लोहारपानी कृषि सहकारीको पहलमा कोल्डस्टोर बनाउने काम हुँदा धेरैले यसको अधिकतम उपयोगको सपना समेत देख्न भ्याए । फलफूल र तरकारीको मूल्य नपाउँदा भण्डारण गरी राख्ने र मूल्य राम्रो पाएको समयमा बिक्री गर्ने उद्देश्य पूरा हुन भने सकेन । कोल्ड स्टोरमा सामान राख्ने सपना देखेका किसानले विपनामा यो काम गर्न नपाउँदै भत्किएपछि निराश बनेका छन् । ‘राम्रै कामका लागि बनाएको हो । किनभने हामी सबैलाई चाहिएरै यति धेरै रकम लगानी गरिएको हो । तर के गर्नु पहिलो गासमै ढुंगा लाग्यो’, लोहारपानी कृषि सहकारी संस्थाका अध्यक्ष खिमबहादुर घर्तीले भने ‘हामी सोझासाझा किसानले थोरै थोरै जम्मा गरेर बचाएको पैसा पनि त्यसैमा खर्च भयो, केही होला भनेर गरेको बर्बाद भयो । कसरी अघि बढ्ने भन्ने कुनै निधो गर्न सकेका छैनौँ ।’

पहिरोले भत्काएपछि कोल्ड स्टोर मर्मतको विकल्प छैन । मर्मतका लागि लाखौँ रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि सहकारीसँगै रकम छैन । जसले गर्दा आफुहरु निकै समस्यामा परेको संस्थाका अध्यक्ष घर्तीको भनाई छ ।

‘सहकारीले एक्लै मर्मत गर्न नसक्ने अवस्था भएपछि मर्मतको लागि सहयोगी हातको अपेक्षा गरेका छौँ, यसका लागि पालिकामा, वडामा, नेताहरुमा जानकारीसहित मौखिक रुपमा कुरा राखेको छौँ’, उनले भने ‘हामीले क्षतिको विवरणसहित लिखित रुपमा समस्या समाधानको पहल गर्नु पर्ने हो । त्यो काम गर्न ढिलाई भयो । अब कसरी गर्दा काम हुन्छ त्यसै अनुसार गर्ने योजनामा छौँ ।’

उक्त सहकारीका सचिव मानबहादुर वलीले करीव ३ कट्ठामा निर्मित कोल्ड स्टोरको उत्तरतर्फको भाग माथिबाट खसेको पहिरोले पूरै भत्काएपछि एक पटक पनि प्रयोग गर्न नपाएको बताए । प्रयोग गर्न सबै सामान तयारी अवस्थामा भएका बेला भएको क्षतिले काम नलाग्ने भएपछि यसले सहकारी संस्थाको काममा पनि धक्का लागेको उनले बताए । कोल्ड स्टोर संचालनका लागि अलग्लै विद्युत जडान भएको छ । जसको मासिक न्यूनतम शुल्क सात हजार ४ सय अनिवार्य तिर्नुपर्ने हुन्छ । ‘उद्योग अन्तर्गत विद्युत जडानका कारण मासिक रुपमा ७४ सय अनिवार्य बिल आउने गरेको छ’ सचिव वलीले भने ‘आम्दानी छैन तर, विजुलीको बिल अनिवार्य तिर्नु परेपछि हामीलाई चिन्ता बढेको छ ।

बंगलाचुली, रोल्पा र प्यूठानसँग सीमाना जोडिएको पहाडी भूभाग हो । बंगलाचुलीमा सुन्तला, अदुवा, बेसार, कागती र आलु खेती हुन्छ । पालिकाको मुर्कुटी, साकिने, कुरुले, रिभानलगायत आसपासका किसानले यसको अधिकतम लाभ लिन सक्ने अवस्था पनि छ ।

पछिल्लो समय व्यावसायिक रुपमा फलफूल र तरकारी खेती गर्नेहरूको संख्या पनि बढ्दै जान थालेको छ । गाउँघरका जान्ने सुन्ने र जनप्रतिनिधिले कोल्ड स्टोर आफ्नै ठाउँमा बनेपछि खेतबारीमा उत्पादन भएका फलफूल तथा तरकारी भण्डारण गर्न सहज हुने अपेक्षा उनीहरुको थियो ।

आफ्नै ठाउँमा विकास हुने भयो, काममा सहजता थपियो । कोल्ड स्टोर निर्माण भएको देख्दा खुसी लागेको थियो । तर पहिरोले कोल्ड–स्टोर भत्किएपछि निकै दुख लागेको स्थानीय पदम थापा बताउँछन् ।

कृषकलाई लक्षित गरेर बनाइएको कोल्ड स्टोर कसरी संचालनमा ल्याउने भन्ने बारेमा आफु गम्भीर रहेको वडा नम्बर ५ का वडा अध्यक्ष लिलाबहादुर बुढा बताउछन् । ‘यो पहाडी भेगमा सवा करोड खर्च गरेर किसानले उत्पादन गरेका बस्तुभाउ राख्ने भनेर कोल्ड स्टोर बनाइनु निकै सकारात्मक पक्ष थियो,’ वडा अध्यक्ष घर्तीले भने, ‘तर के गर्नु त्यो कोल्ड स्टोर प्रयोग गर्न नपाई पहिरोका कारण भत्किएको छ । यसमा हामी निकै दुखी छौँ । यो कसरी संचालनमा ल्याउने भन्ने बारेमा हामीले पनि वडा स्तरबाट पटक पटक पहल थालेका छौँ ।’

आर्थिक वर्ष २०७६–०७७ मा बंगलाचुली गाउँपालिकाको करिब ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५३ लाख ४ हजार र लोहारपानी कृषि सहकारी संस्थाको १३ लाख १५ हजार गरी कुल एक करोड २७ लाख लागतमा कोल्ड स्टोर निर्माण गरिएको होे ।

२०७७ सालमै वर्षाले कोल्ड स्टोरको भवनमा आंशिक क्षति पुर्याएको थियो । त्यति बेला मर्मत गरेर काम शुरु गर्ने बेलामा विपदले स्थिती अर्कै बनाईदिएको स्थानीय बताउँछन् ।

स्थान छनोट गर्दा ध्यान नदिँदा करोड बढी लगानी खेर गएको स्थानीयको भनाइ छ । तर, कुनै समस्या नभई कोल्ड स्टोर प्रयोगमा आएको हुन्थ्यो भने मुर्कुटी, साकिने, कुरुले, रिभानलगायत आसपासका किसानले धेरै नै लाभ लिन सक्ने अवस्था भइसक्ने थियो ।

स्थानीय किसानमा ऊर्जा थप्न र उनीहरूलाई व्यवसाय उन्मुख बनाउन सवा करोड बढी खर्चेर कोल्ड स्टोर बनाउन पालिकाले नै पहल थालेको थियो । बनिसकेको संरचना प्रयोगमा नआउँदै भत्किएपछि पालिकाले तत्काल मर्मत गर्न ध्यान दिनुपथ्र्यो तर हुन सकेन । स्थानीय र सहकारीले कोल्ड स्टोर मर्मत गरेर चाँडो संचालनमा ल्याई दिन पहल गरिरहेकाले चाँडै नै संचालन गर्न मिल्ने गरी काम गर्ने योजना रहेको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले बताए ।

उनले भने ‘गत वर्ष बंगलाचुलीमा विपदले धेरै नै क्षति गर्यो । मानवीय समस्या पहिलो प्राथमिकतामा राखेर काम गर्यो । त्यसो गर्दा पालिकासँग भएको बजेट पनि सकियो । तर कोल्ड स्टोर मर्मत हुन सकेन । यसमा पालिका चुकेकै हो । अब हामी यस विषयमा कसरी हुन्छ, मर्मत गरेर संचालन गर्ने गरी अघि बढ्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?