© २०२३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली काग्रेसले मागे अनुसार मुख्यमन्त्री नछाड्ने संकेत गरेका छन् । उनले लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनको बिषय केन्द्रिय गठवन्धनको निर्णय अनुसार हुने बताए । लुम्बिनी प्रदेशको नेपाली काग्रेसको जिम्मेवार नेताले मुख्यमन्त्रीको नेतृत्व गर्ने पालो आफ्नो पाटीको भएको भन्दै गर्दा मुख्यमन्त्री केसीको उक्त कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेशमा गठवन्धन बन्दा आधा आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने सहमती भएको भने मुख्यमन्त्री केसीले स्वीकार गरे ।
रोल्पा लिवाङमा शुक्रवार आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशको नेतृत्व परिवर्तनकोवारे पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिदै मुख्य मन्त्री केसीले भने केन्द्रीय गठवन्धनको निर्णय अनुसार नै लुम्बिनी प्रदेशको गठवन्धन चल्छ । लुम्बिनी प्रदेशमा गठवन्धन वन्दा केन्द्रमा गठवन्धन नभएकाले आधा आधा कार्यकाल प्रदेश सरकारको नेतृत्वगर्ने सहमती भए पनि त्यस पछि कहाँ कसको नेतृत्वमा सरकार रहने भन्ने कुरा केन्द्रवाटै हुनेगरेको मुख्य मन्त्री केसीको भनाई थियो ।
पाँच दलिय गठवन्धनको सूत्राधार लुम्बिनी प्रदेश भएको बताए । केन्द्रमा गठवन्धन वन्नु अघि नै लुम्विनिले गठवन्धनको शुरुआत गरेको हो मुख्यमन्त्री केसीले भने । तत्कालिन अवस्थामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको उच्च स्तरीय नेतृत्वको सहभागितावाट वनेको लुम्विनि प्रदेशको गठवन्धनले खैलावैला मच्चाएपछि मात्रै केन्द्र र अन्य प्रदेशमा गठवन्धन वनेको हो मुख्य मन्त्री केसीले भने ।
गलतधारका विरुद्ध सही धार स्थापनाका लागी वाम लोकतान्त्रिक गठवन्धन वनेको हो मुख्य मन्त्री केसीले भने । जनयुद्धकालिन तिक्तताका कारण आग्रह पूर्वाह देखिए पनि यो धारको संरक्षण गर्दै अघि वढ्नको विकल्प छैन मुख्यमन्त्री केसीले भने । सशस्त्रयुद्ध कालमा आमनेसामने लडेका नेपाली काँग्र्ेस र नेकपा माओवादी केन्द्र नै अहिले गठवन्धनमा रहेकोले त्यती वेलाको समस्या र तिक्तताहरु विर्सनु पर्ने मुख्य मन्त्रीको संकेत थियो ।
सामाजिक संजालमा पूर्व मुख्यमन्त्री शंकर पोख्रेलले गरेका टिप्पणी तर्फ ईकित गर्दै मुख्य मन्त्री केसीले राजनीति र पत्रकारितामा छुद्रताका स्थान नहुने वताए । त्यसरी छुद्र टिप्पणी गर्नेहरुले लुम्विनी प्रदेश सकारले कुनै कमजोरी नगरेका कारण टिप्पणी गर्न सकेका छैनन मुख्यमन्त्री केसीले भने ।
राष्ट्रिय सभाको जीत सामान्य र प्राविधिक जीत मात्रै नभई लोकतन्त्र र संविधान रक्षाका लागी भएको जीत भएको वताए । सत्ताको भ¥याङकारुपमा मात्रै गठवन्धन अघि वढे विपक्षीले भनेझै अन्तिम भोज हुने वताउदै यसको रक्षा र विकासमा सवै लाग्नु पर्ने वताए ।
नेपालमा गठवन्धन संस्कार निकै चूनौतीपूर्ण रहेको बताउदै एकपटक भएको गठवन्धन पुनरस्थापना गर्न झनै गाह्रो भएकाले सचेततापूर्वक गठवन्धनलाई वचाउनु पर्छ मुख्यमन्त्री केसीले भने ।