ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

खल्तीमै खर्च च्यापेर समृद्धि गफ

१२ माघ २०७८, बुधबार
१२ माघ २०७८, बुधबार

मुख्यमन्त्री सहित मन्त्रीहरुले सार्वजनिक हितमा प्राथमिकता नदिदा लुम्बिनी प्रदेश सरकार देखिन छाडेको छ । जम्बो मन्त्रीमण्डल भएपनि मन्त्रीहरुको ध्यान मन्त्रालयका काममा देखिदैन । सरकारको नेतृत्व परिवर्तन हुने महिना फागुन नजिकिदै गर्दा मुख्यमन्त्री र मन्त्रीहरु सार्वजनिक भन्दा पनि व्यक्तिगत स्वार्थका काममा दौडिन शुरु गरेका छन् ।

जसको कारण लुम्बिनी प्रदेशमा विकास बजेट खर्च प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको आधा वर्ष वितिसक्दा पूँजीगत तर्फको १२.६८ प्रतिशत बजेटमात्र खर्च भएको हो । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष ०७८–०७९ मा पुँजीगत बजेट तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार मध्ये पुस समान्तसम्म २ अर्ब ८४ करोड ९३ लाख ३ हजारमात्र खर्च भएको छ । जबकी गत आर्थिक वर्ष ०७७–०८८ मा सोही समयमा पुजीगत तर्फको १८ प्रतिशत बजेट खर्च भएको थियो ।

त्यस्तै प्रदेशमा चालू तर्फको १८.८३ प्रतिशत बजेट खर्च भएको छ । चालू तर्फको कुल १८ अर्ब ४८ करोड १ लाख ६ हजार मध्ये ३ अर्ब ४ करोड १७ लाख ९४ हजार खर्च भएको छ । प्रदेशमा चालू आर्थिक वर्षका लागि छुट्टाइएको कुल बजेटको १५.४६ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालू तथा पुँजीगत गरी ४० अर्ब ९५ करोड ९७ लाख बजेट छुट्याएको थियो । त्यसमध्ये ६ अर्ब ३३ करोड ११ लाख ३३ हजारमात्रमा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।

आर्थिक वर्षको ६ महिना वित्दा पनि पुँजीगत खर्च नबढ्नुले प्रदेश सरकारको विकास निर्माण कार्य सुस्त भएको देखाउँछ । विगतका वर्षझै यसवर्ष पनि प्रदेशमा विकासका कार्यले गति लिन नसक्दा वर्षको अन्त्यमा बजेट सक्ने हतारो हुने संकेत देखिएको छ । त्यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश सभाको चालू तथा पुँजीगत गरेर २४.४८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालू तर्फको ३२.५९ प्रतिशत र पुँजीगत तर्फ १३ प्रतिशत खर्च भएको छ ।

त्यस्तै प्रदेश लोकसेवा आयोगको चालू तथा पुँजीगत गरेर ५४.२७ प्रतिशत खर्च भएको छ । जसमा चालू तर्फ ५४.१५ प्रतिशत र पुँजीगत तर्फ ५९.३० प्रतिशत खर्च भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको चालू तथा पुँजीगत गरेर ३६.८९ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालू तर्फ ३७.८६ प्रतिशत बजेट खर्च भएको छ भने पुजीगत रकम खर्च हुन सकेको छैन ।

कुन मन्त्रालयको खर्च कति ?
लुम्बिनी प्रदेशमा १२ मन्त्रालय छन् । प्रदेशका अन्तर्गतका मन्त्रालयका खर्च प्रगति पनि सन्तोषजनक छैन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ६ महिनाको चालू तथा पुँजीगत गरी १७.९५ प्रतिशत वजेट खर्च भएको छ । चालू तर्फ १८.०५ प्रतिशत र पुँजीगत तर्फ १५.७७ प्रतिशत रकम खर्च भएको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू तथा पुँजीगत गरी १०.२४ प्रतिशत, उद्योग वन तथा वातावरण मन्त्रालयको ४८.४० प्रतिशत, उर्जा, जल स्रोत तथा सिंचाइ मन्त्रालयको १० प्रतिशत, कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको ०.४३ प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७.४८ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १८.० प्रतिशत, वन वातावरण तथा भु संरक्षण मन्त्रालयको १५.१७ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १५.३३ र ग्रामिण तथा सहरी विकास मन्त्रालयको ९.६८ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै शिक्षा तथा सामाजिक विकास मन्त्रालयको १३.३५ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २९.३४ प्रतिशत र श्रम र रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको १०.०० प्रतिशत बजेट खर्च भएको छ ।

त्यस्तै प्रदेश योजना आयोगको चालू तथा पुँजीगत गरेर ११.२५ प्रतिशत खर्च भएको छ । जसमा चालू तर्फ १६.७६ प्रतिशत र पुँजीगत तर्फ १.१० प्रतिशत खर्च भएको छ । त्यस्तै स्थानीय तह निकासा चालू शिर्षक अन्तर्गत २८.१६ प्रतिशत रकम खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था गरिए पनि आर्थिक वर्षको अन्त्यमा आएर विकासको काम गर्ने विगतको प्रवृतिले निरन्तरता पाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?