© २०२३
सवारी चालक अमुमती पत्र (लाईसेन्स) कार्यालय बुटवलले चालु आर्थिक बर्षको पहिलो चौमासिकका ७ हजार बढिलाई सवारीचालक अनुमती पत्र प्रदान गरेको छ । केही समयदेखि बुटवलमा नै अस्थायी प्रकृतिको परिक्षणकालिन सवारीचालक अनुमती पत्र प्रदान गर्दै आएको कार्यालयले मंसिर महिना सम्ममा ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमती पत्र प्रदान गर्न सफल भएको हो ।
यातायात कार्यालय (सवारी)का प्रमुख तेजनारायण यादवले चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा कार्यालयले २२ हजार ४ सय १६ जनाको सवारीचालक अनुमती पत्रको बायोमेट्रिक दर्ता गरिएको छ । यस्त्ौ सोही अवधीमा १७ हजार ६ सय ६३ जनाको सवारी चालक अनमुती पत्र नविकरण गरिएको छ भने ८ सय ४५ जनाको नविकरण र प्रतिलिपि प्रदान गरिएको छ । कार्यालय प्रमुख यादवका अनुसार ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमती पत्र समेत जारी गरिएको छ ।
कार्यालयले २० हजार ३७ वटा थप वर्ग सहितको सवारीचालक अनुमती पत्र जारी गरेको छ । यस्तै २७ हजार २ सय ४६ जनाको लिखित परिक्षा लिइएकोमा हालसम्म २५ हजार ८ सय ५० जनाको ट्रायल समेत लिईसकिएको छ ।
यातायता कार्यालय बुटवलमा ३० हजारभन्दा बढि सवारी चालक अनुमती पत्र प्रीन्ट भएर विभागबाट आएको भएपनि सम्बन्धीत व्यक्तिहरु समक्ष जानकारी नहुँदा यत्तीकै थन्कीएर बसेका थिए । सोही अनुसार कार्यालय प्रमुख यादवले एक जना कर्मचारीलाई नै व्यवस्थापन गरी सम्बन्धीत ग्राहकको फोन नम्बरमा सम्पर्क गरी लाईसेन्स लिन आउनको लागि खबर गर्ने गरेका छन् । कार्यालय प्रमुख यादव भन्छन्–‘३० हजार भन्दा बढि प्रिन्ट भएर बसेका थिए, हामी यहीबाट कल गरेर लिन आउने भनेका छौ, दैनिक ५ सय जनालाई कल जान्छ, अहिले जम्मा ६ हजार यस्तै बाँकी होलान् । ’
हाल कार्यालयले नयाँ वर्गको तर्फ प्रयोगात्मक परिक्षामा उत्र्तीण भएकाहरुको लागि राजश्व दाखेला गरेकै दिन परिक्षणकालिन लाईसेन्स वितरण गर्दै आएको छ । यस्तै ३ बर्ष देखि स्मार्ट लाइसेन्स कार्ड प्रिन्ट नभएको भनिएका छुट भएकाहरुको छुट्टै लिष्ट तयार गरी विभागमा पठाउने तयारी समेत गरेको छ । यस्तै सेवा ग्राहिहरुको मागलाई मध्यनजर गर्दै विहान ८ बजे देखि नै बायोमेट्रिकको दर्ता हुने व्यवस्था अहिले यातायात कार्यालयमा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी