ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

खोप नलगाए घरमा रातो स्टिकर

८ पुष २०७८, बिहीबार
८ पुष २०७८, बिहीबार

बाँके जिल्लाका ४८ प्रतिशत नागरिकले कोभिड – १९ बिरुद्धको पुर्ण खोप लगाएका छन । पहिलो खोप लगाउनेको संख्या ६५ प्रतिशत रहेको छ । खोपबाट बन्चित भएका नागरिकहरुको खोजि अभियान समेत शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक घर घरमा पुगेर सर्वेक्षण अभियान नै शुरु गरेको छ । गैरसरकारी संस्थाको सहयोगमा १८ बर्ष माथिका सबै नगरबासीहरुलाई कोरोना बिरुद्धको पुर्ण खोप लगाइदिने अभियान अनुसार जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितको टिमले नगरका घर घरमा पुगेर खोप लगाएरनलगाएको बारेमा सर्वेक्षण गरी खोपको पहुँचमा आउन नसकेका घररसमुदायर क्षेत्रलाई पुर्ण खोप बनाउने अभियान संचालन गरेको स्वास्थ्य शाखा कोभिड फोकल पर्सन राजन शाहीले जानकारी दिए ।

खोप नलगाएकाहरुको पहिचान गरी उनिहरुलाई पुर्ण खोपको पहुँचमा ल्याउन अभियान संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । पुर्ण खोप लगाउनमा कमजोर देखिएका वडाहरुको पहिचान गरी हाललाई ती वडामा मात्र बिशेष पहल गरिएको छ । पुर्ण खोपको पहुँच भित्र आउन नसकेका, लक्षित गरिए अनुसार पुर्ण खोप लगाउन नसकिएका र लक्ष्य हासिल गर्न नसकिएका वडाहरु ३, ११, १५ र २१ नम्बरमा हाल यो अभियान संचालन गरिएको र पछी अन्य सबै वडामा संचालन गरिने शाहीले जानकारी दिए ।

ती वडाका खोप नलगाएकाहरुलाई गत पुस १ गतेबाट वडा नम्बर २ को हनुमानगढीमाई मन्दिर गौशालामा खोप केन्द्र संचालन गरी खोप लगाइदै आएको उनले बताए । यो अभियान पुस महिना भरी जारी रहनेछ ।

नगर स्वास्थ्य शाखाले घर घरमा पुगेर घरका सबै सदस्यले खोप लगाएकाको घरमा हरियो स्टिकर, आधा सदस्यले मात्र लगाएकाको घरमा पहेलो स्टिकर र घरका कुनैपनि सदस्यले नलगाएकाको घरमा रातो स्टिकर टाँसेको छ । खोप अभियान पनि संचालन गर्दै लैजाने र १० दिन भित्रमा पुनः ती घरहरुमाअनुगमन गरी स्टिकर परिवर्तन गर्ने स्वास्थ्य शाखाले जनाएको छ । यस्र्तै अभियान अन्य पालिकामा समेत शुरु हुँदै छ ।

२०७७ माघ १४ गतेदेखि २०७८ मङ्सिर २९ गतेको समयावधिमा बाँकेका ४८.६ प्रतिशत नागरिकले कोभिड – १९ बिरुद्धको पुर्ण खोप र ६५.१ प्रतिशत नागरिकले सिङ्गल डोज खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले जानकारी दिए ।

शाहका अनुसार, बाँके जिल्लाको कुल जनसंख्या ६ लाख १९ हवार ३ सय ३७ रहेको छ । खोप लगाउनु पर्ने १८ बर्ष माथि उमेर समुहको लक्षित जनसंख्या ४ लाख ६ हजार १ सय ६५ रहेको छ । जसमध्ये, १ लाख ९७ हजार ५ सय १७ जनाले पुर्ण खोप लगाएका छन भने २ लाख ६४ हजार ४ सय ९१ जनाले पहिलो डोज खोप लगाएका छन । १ लाख ४१ हजार ६ हजार ७४ जनाले पहिलो डोज र १ हजार ९७ हजार ४ सय ५२ जनाले दोश्रो मात्राको खोप लगाउन बाँकी रहेको उनले बताए ।

त्यसैगरी, जिल्लाभर पहिलो मात्राको खोप लगाई दोस्रो मात्राको खोप नलगाउने (ड्रप आउट) को संख्या २५.३ प्रतिशत रहेको छ । कोरोनाको सम्भावित त्रासलाई मध्यनजर गर्दै सीमामा समेत निगरानी राखिएको छ । सीमामा आउने माथी निगरानी बढाउनुका साथै जिल्लाभर पुर्ण कार्यक्रमलाई प्रभावकारी बनाइएको स्वास्थ्य प्रमुख शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?